फेब्रुअरी २३ को हप्ताको तालिका
फेब्रुअरी २३ मा सुरु हुने हप्ता
गीत २९ (२२२)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: उत्पत्ति ३२-३५
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
□ सेवा सभा:
गीत ७ (५१)
५ मि: घोषणाहरू। मार्च महिनामा प्रस्तुत गरिने साहित्यहरूतर्फ ध्यान खिच्नुहोस्।
१० मि: मार्च १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्। पत्रिकाबारे छोटकरीमा बताइसकेपछि कुन-कुन लेखहरू स्थानीय इलाकामा अझ प्रभावकारी हुन सक्छन् र किन, श्रोतालाई सोध्नुहोस्। वार्तालाप सुरु गर्न कुन प्रश्न सोध्ने र पत्रिका प्रस्तुत गर्नुअघि कुन पद पढ्ने विचार गरेका छन्, सोध्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गर्न लगाएर समापन गर्नुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: तपाईं दैनिक पद पढ्दै हुनुहुन्छ? दिनहुँ धर्मशास्त्र जाँच्ने—२००९ पुस्तिकाको प्राक्कथनमा आधारित भाषण र श्रोतासित छलफल। बाइबल पद र पुस्तिकामा दिइएको टिप्पणी दिनदिनै पढ्न समय निकाल्नु किन महत्त्वपूर्ण छ, छलफल गर्नुहोस्। दैनिक पद पढ्न भाइबहिनीले कस्तो तालिका मिलाएका छन् र त्यसबाट कसरी लाभ उठाइरहेका छन्, टिप्पणी गर्न निम्तो दिनुहोस्।
गीत २३ (२००)