ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अप्रिल २७, २००९ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्। स्कूल निरीक्षकले मार्च २ देखि अप्रिल २७, २००९ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. यूसुफले दिनहुँ आफूमाथि आउने प्रलोभनप्रति देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं? (उत्प. ३९:९) [w-NP०४ १/१५ पृ. २९]
२. साँचो ख्रीष्टियानहरू किन जन्मदिन मनाउँदैनन्? (उत्प. ४०:२०-२२) [bh-NP पृ. १५७ अनु. ७]
३. हामी विरुद्ध पाप गर्नेहरूलाई क्षमा दिने सम्बन्धमा यूसुफ किन अत्युत्तम उदाहरण हुन्? (उत्प. ४५:४, ५) [w-NP९९ १/१ पृ. ३१ अनु. २-३]
४. “तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू” भनेर यूसुफले दिएको आज्ञाले कस्तो प्रभाव पाऱ्यो? (उत्प. ५०:२५) [w-NP०७ ६/१ पृ. २८ अनु. १०]
५. चुनौतीपूर्ण जिम्मेवारी पाउँदा केले हामीलाई निर्धक्क हुन मदत दिन्छ? (प्रस्थ. ४:१०, १३) [w-NP०४ ३/१५ पृ. २५ अनु. ४]
६. फिरऊनसित यहोवाले गर्नुभएको व्यवहारले कस्तो नतिजा ल्यायो र ती घटनाहरूले हामीलाई कसरी असर गर्नुपर्छ? (प्रस्थ. ९:१३-१६) [w-NP०५ ५/१५ पृ. २१ अनु. ८]
७. प्रस्थान १४:३०, ३१ ले हाम्रो समयको लागि कस्तो अर्थ राख्छ? [w-NP०४ ३/१५ पृ. २६ अनु. ५]
८. प्रस्थान १६:१-३ को विवरणअनुसार गनगन गर्नुमा के-कस्ता खतरा छन्? [w-NP०६ ८/१ पृ. ७ अनु. ४-५]
९. प्रस्थान १९:५, ६ मा उल्लेख गरिएको व्यवस्थाको करारअनुसार इस्राएललाई कुन हदसम्म ‘पूजाहारीहरूको राज्य र एक पवित्र राष्ट्र’ भन्न सकिन्थ्यो? [w-NP९५ ७/१ पृ. १६ अनु. ८]
१०. लोभको सन्दर्भमा दिइएको दसौं आज्ञाले कसरी मानिसले रचेको आज्ञालाई माथ गऱ्यो? (प्रस्थ. २०:१७) [w-NP०६ ७/१ पृ. १५-१६ अनु. १६]