अप्रिल २७ को हप्ताको तालिका
अप्रिल २७ मा सुरु हुने हप्ता
गीत २३ (२००)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: प्रस्थान १९-२२
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
□ सेवा सभा:
गीत ८ (५३)
५ मि: घोषणाहरू।
१५ मि: नैतिकता खतरामा पर्न सक्ने भएकोले होसियार हुनुहोस्! इन्टरनेटको दुरुपयोग गर्दा हुने खतराहरूबारे डिसेम्बर १, २००६ मितिको सोसाइटी-को पत्रमा आधारित प्राचीनद्वारा भाषण। एक जना बुबा आफ्नी छोरीलाई दयालु हुँदै तर प्रस्टसँग कसरी सम्झाउँछन्, प्रदर्शन देखाउन लगाउनुहोस्। छोरी इन्टरनेटमा के-कसो गर्दैछिन् भनेर आफूले चासो लिनुको कारण बुझ्न उनी छोरीलाई मदत दिन्छन्। हाम्रो राज्य सेवकाई, नोभेम्बर १९९९, पृष्ठ ३-५, अनुच्छेद १-१८ पनि उल्लेख गर्न सकिन्छ।
१५ मि: बुद्धिमानीसाथ समय प्रयोग गर्नुहोस्। हाम्रो राज्य सेवकाई, नोभेम्बर १९९९, पृष्ठ ५-६, अनुच्छेद २४-३६ मा आधारित श्रोतासित छलफल। अनुच्छेद ३० छलफल गर्दा एउटा प्रदर्शन गर्न लगाउनुहोस्। सेलुलर फोनमा साथीहरूसँग कुराकानी गर्न धेरै समय बिताएकोले सभाको तयारी गर्न नभ्याएका एक किशोर भाइलाई प्राचीनले मायालु सल्लाह दिएको देखाउनुहोस्।
गीत २६ (२१२)