जून २२ को हप्ताको तालिका
जून २२ मा सुरु हुने हप्ता
गीत ९ (३७)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: लेवी १०-१३
न. १: लेवी ११:२९-४५
न. २: यूसुफले सपनाको अर्थ सही तरिकामा बताउन सक्नुको कारण के हो? (my-NP कथा २३)
न. ३: बप्तिस्माप्राप्त चेलाहरूले पाउने आशिष्हरू
□ सेवा सभा:
गीत १७ (१८७)
५ मि: घोषणाहरू।
१० मि: के तपाईं पारिवारिक उपासनाबाट लाभ उठाउँदै हुनुहुन्छ? हाम्रो राज्य सेवकाई, अक्टोबर २००८, पृष्ठ ८ मा आधारित भाषण। सबैलाई हरेक हप्ता पारिवारिक बाइबल अध्ययन गर्ने समय तोक्न प्रोत्साहन दिइएको छ भन्ने कुरामा जोड दिनुहोस्। यस सम्बन्धमा प्राचीन र सेवकाई सेवकहरूले असल उदहारण बसालेको हुनुपर्छ। (१ तिमो. ३:४, १२) एक जना जवान भाइ वा बहिनी र उनकी आमाको अन्तरवार्ता लिनुहोस्। परिवारको शिरले पारिवारिक उपासनामा नेतृत्व लिइरहेकोमा उनीहरू तिनको कदर कसरी गर्छन्, सोध्नुहोस्।
१० मि: जुलाई १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्। पत्रिकाबारे छोटकरीमा बताइसकेपछि प्रस्तुत गर्नको लागि कुन-कुन लेखहरू तयारी गर्दैछन् र किन, श्रोतालाई सोध्नुहोस्। पत्रिकाको कुनै लेख प्रस्तुत गर्न के-कस्ता प्रश्न सोध्ने र कुन-कुन बाइबल पद देखाउने प्रयास गर्नेछन्? उक्त पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्।
१० मि: धर्मसम्बन्धी कुरामा आपत्ति जनाउँदा के गर्ने? छलफल सुरु गर्ने पुस्तिकाको पृष्ठ १०-११ को ‘मेरो आफ्नै धर्म छ’ शीर्षकमा आधारित श्रोतासित छलफल। एउटा वा दुइटा तरिका प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ७ (५१)