प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 जून पृ. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००९
हाम्रो राज्य सेवकाई—२००९
km09 जून पृ. ४

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू जून: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने ज्ञान पुस्तक अथवा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९१ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। जुलाई र अगस्त: यी ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चलाउन सकिन्छ: जागा रहो!, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, हेर! म सबै थोक नयाँ तुल्याउँदैछु, के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्न्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? र परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्‌। घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने यसबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्‌।

◼ तपाईं घुम्न जान लागेको मुलुकको नाउँ हालैको सेवा वर्षको रिपोर्टमा उल्लेख गरिएको छैन वा हालैको यरबूक-को अन्तिम पृष्ठको ठेगानामा छैन भने अपनाउनुपर्ने सावधानी र पछ्याउनुपर्ने कुनै विशेष निर्देशनबारे पक्का हुन कृपया आफ्नो देशको शाखा कार्यालयमा सम्पर्क राख्नुहोस्‌। तपाईं जान लागेको स्थानमा राज्य गतिविधिमाथि केही खास प्रतिबन्ध लगाइएको पनि हुन सक्छ। (मत्ती १०:१६) कुनैकुनै देशमा घुम्न गएकाहरूले स्थानीय मण्डलीलाई वा त्यहाँका भाइबहिनीलाई सम्पर्क राख्नु उपयुक्‍त नहुन सक्छ। अनौपचारिक साक्षी दिने वा साहित्यहरू लैजाने विषयमा तपाईंलाई अन्य जानकारी दिइन पनि सक्छ। दिइएको निर्देशन पालन गर्नुभयो भने तपाईं झमेलामा पर्नुहुनेछैन वा राज्य गतिविधि अनावश्‍यक झन्झटमा पर्नेछैन।—१ कोरि. १४:३३, ४०.

◼ नयाँ उपलब्ध प्रकाशन:

न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्‍चियन ग्रीक स्क्रीप्चर्स्‌—कन्‍नडा, तामिल, मल्यालम, हिन्दी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने