ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्।
१. प्रस्थान २३:१९ मा दिइएको निषेधाज्ञाबाट हामी के सिक्न सक्छौं? [w-NP०६ ६/१ पृ. ३१ अनु.१-५]
२. ऊरीम र तुम्मीम के थियो र प्राचीन इस्राएलमा तिनीहरूको प्रयोग कसरी गरिन्थ्यो? (प्रस्थ. २८:३०) [w-NP०६ १/१ पृ. २८; w-NP०१ ९/१ पृ. २७]
३. यहोवाले मोशासित कसरी “आमने सामने” कुरा गर्नुभयो? (प्रस्थ. ३३:११, २०) [w-NP०४ ३/१५ पृ. २७]
४. बासस्थान निर्माण गर्न इस्राएलीहरूले उदार भएर आफ्नो सर-सामान तथा सीप दिएकोबाट हामी के पाठ सिक्न सक्छौं? (प्रस्थ. ३५:५, १०) [w-NP९९ ११/१ पृ. ३१ अनु. १-२]
५. प्रस्थान ४०:२८ मा उल्लेख गरिएको पर्दाले परमेश्वरको महान् आध्यात्मिक मन्दिरमा केलाई चित्रण गर्छ? [w-NP०० १/१५ पृ. १५ अनु. ७-८]
६. वेदीमा पूर्ण रूपमा चढाइने “होमबलि”-ले येशूको बलिदानको कुन पक्षलाई चित्रण गर्छ? (लेवी १:१३) [w-NP०४ ५/१५ पृ. २१ अनु. ३]
७. “बोसो जति सबै परमप्रभुको हो” भन्ने तथ्यले हामीमाथि कस्तो प्रभाव पार्छ? (लेवी ३:१६, १७) [w-NP०४ ५/१५ पृ. २२ अनु. २]
८. वेदीको आधारमा रगत खन्याउनु अनि त्यसलाई वेदीका सीङहरूमा लगाउनुको अर्थ के हो? (लेवी ९:९) [w-NP०४ ५/१५ पृ. २२ अनु. ५]
९. लेवी १२:८ बाट हामी येशूको लालनपालनबारे के थाह पाउन सक्छौं र यसबाट हामी के पाठ सिक्न सक्छौं? [w-NP९८ १२/१५ पृ. ६ अनु. ५]
१०. इस्राएलको वार्षिक प्रायश्चितको दिनमा गरिने क्रियाकलापले कसरी येशूको छुडौतीको बलिदानलाई चित्रण गर्थ्यो? (लेवी १६:११-१६) [w-NP९८ २/१५ पृ. १२ अनु. २]