हामी पारिवारिक आनन्द पुस्तक अध्ययन गर्नेछौं
१. हामी जनवरी २०१० देखि के अध्ययन गर्ने प्रतीक्षा गर्न सक्छौं?
१ जनवरी ४, २०१० मा सुरु हुने हप्तादेखि मण्डली बाइबल अध्ययनमा पारिवारिक आनन्दको रहस्य पुस्तक अध्ययन गर्नेछौं भन्ने कुरा थाह पाउँदा तपाईंहरू खुसी हुनुहुनेछ होला। आनन्दित पारिवारिक जीवनको लागि व्यावहारिक बाइबल डोऱ्याइहरूको यो पुस्तक अध्ययन गर्दा कसैले पनि छुटाउन चाहने छैनन्। प्रत्येक अनुच्छेद र दिइएका शास्त्रपदहरूको विस्तृत जाँच गर्न सक्नेगरि अध्ययन तालिका तयार पारिएको छ।
२. पारिवारिक आनन्द पुस्तकले हामीलाई कुन-कुन पक्षमा मदत गर्छ?
२ यस पुस्तकले पारिवारिक आनन्दको लागि नभई नहुने चार महत्त्वपूर्ण कुरामा ध्यान दिन्छ: (१) संयम, (२) अगुवाइ स्वीकार्नु, (३) राम्रो पारस्परिक कुराकानी अनि (४) प्रेम। पारिवारिक आनन्द पुस्तकमा दिइएका सल्लाह लागू गर्ने सबै परिवारले ईश्वरीय शान्ति प्राप्त गर्न मदत पाउनेछन्। साथै यो अध्ययनले तपाईंलाई यस पुस्तकको विभिन्न पक्षसित राम्ररी परिचित हुन मौका दिनेछ। त्यसले गर्दा प्रचारकार्यमा यो पुस्तक अझ प्रभावकारी तारिकामा प्रस्तुत गर्न सक्नुहुनेछ।
३. हरेक अध्यायको अन्तमा दिइएको शिक्षण पेटी कसरी छलफल गर्नुपर्छ?
३ यस अध्ययनको एउटा महत्त्वपूर्ण पक्ष हरेक अध्यायको अन्तमा दिइएको शिक्षण पेटीको छलफल हुनेछ। त्यसकारण पेटीमा दिइएका प्रश्न र शास्त्रपदहरू छलफल गर्न प्रशस्त समय छुट्याउनुपर्छ।
४. यस अध्ययनको लागि हामी प्रत्येकले के गर्न सक्छौं र यसो गर्दा कस्तो नतिजाको आशा गर्न सकिन्छ?
४ मण्डली बाइबल अध्ययन सञ्चालकहरूलाई यस अध्ययनको तयारीमा विशेष ध्यान दिन आग्रह गरिन्छ। साथै, राम्ररी तयारी गर्दा र प्रस्तुत गरिने असल निर्देशनहरूको आशा गर्दा मण्डली बाइबल अध्ययनको छलफल अझ रमाइलो हुनेछ। यसो गर्दा एक-अर्काबाट अझ धेरै प्रोत्साहन पाउन सक्नेछौं।—रोमी १:११, १२, NRV.