प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 नोभेम्बर पृ. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परिवारको रूपमा सुसमाचार प्रस्तुत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 नोभेम्बर पृ. ७

प्रश्‍न पेटी

■ मण्डलीका सभाहरू टेलिफोनद्वारा सुन्‍न सक्ने प्रबन्ध मिलाउने सन्दर्भमा किन विचार पुऱ्‍याउनुपर्छ?

थुप्रै मण्डलीले कहिलेकाहीं बिमारी वा पन्छाउनै नमिल्ने अन्य परिस्थितिका कारण राज्यभवनमा सभा धाउन नसक्नेहरूलाई घरमै बसेर टेलिफोनद्वारा सभाका कार्यक्रमहरू सुन्‍ने प्रबन्ध मिलाइ दिएका छन्‌। यो मायालु प्रबन्ध साँच्चै नै आवश्‍यक परेकाहरूले मात्र प्रयोग गरिरहेका छन्‌ भनेर पक्का गर्न राम्ररी विचार पुऱ्‍याउनुका साथै उचित व्यवस्था मिलाउनुपर्छ। तसर्थ यस्ता प्रबन्धहरूको निरीक्षण गर्ने प्राचीनहरूले “सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले” होस्‌ भनेर यसको बन्दोबस्त मिलाउनुका साथै निगरानी गर्नुपर्छ।—१ कोरि. १४:४०, NRV.

दीर्घकालीन रोग, असक्‍तता वा अन्य कारणले गर्दा घरबाट निस्कन असमर्थ आफ्ना मण्डलीका प्रकाशकहरूले प्राथमिकता पाएका छन्‌ कि छैनन्‌ प्राचीनहरूले सुनिश्‍चित गर्नेछन्‌। त्यसैगरि, केही समयसम्म बिरामी परेको अथवा चलहल गर्न नसक्ने भएको प्रकाशक अथवा घरमै कोच्रिनुपरेको प्रगतिशील बाइबल अध्ययनले पनि यस प्रबन्धबाट लाभ उठाउन सक्छन्‌। मण्डलीको उपस्थितिको गन्ती लिंदा तिनीहरूलाई पनि समावेश गर्न सकिन्छ। साँच्चै आवश्‍यकता परेकाहरू सबैलाई पुग्ने गरी टेलिफोन लाइन उपलब्ध नहुँदा सायद अन्य प्रबन्धहरू गर्न सकिन्छ। जस्तै, मण्डलीका कार्यक्रमहरू रेकर्ड गरेर लगिदिनु।

निस्सन्देह, मण्डलीमा आफै उपस्थित हुँदा पाउने लाभलाई अरूसित दाँज्न सकिंदैन। राज्यभवनमा भाइबहिनीहरूसित संगत गर्दा ‘एउटाले अर्काबाट प्रोत्साहन पाउन सक्छौं’ र नयाँहरूले चाहिं मण्डलीमा उपस्थित हुनुको महत्त्वलाई अझ राम्ररी बुझ्न सक्नेछन्‌। सभामा उपस्थित हुँदा हामीले विभिन्‍न प्रस्तुतिबाट लाभ त उठाउँछौं नै तर त्यसको अलावा प्राचीनहरूले हामीलाई व्यक्‍तिगत रूपमा मदत दिन सक्नेछन्‌ अनि हामी आफैले भाइबहिनीको न्यानो माया अनुभव गर्न सक्नेछौं। राज्यभवनबाट बाहिर निस्कँदै गर्दा न्यानो आलिङ्‌गन पाएपछि एक वृद्ध बहिनीले यसो भनिन्‌: “यस्तो कुराको अनुभूति फोनबाट कहाँ गर्न सकिन्छ र!” यी बहिनीको कुरा कत्ति साँचो!—रोमी १:११, १२, NRV.

कहिल्यै ‘मन्दिर नछाड्‌ने’ हन्‍नाजस्तै आज हाम्रा थुप्रै वृद्ध भाइबहिनी आफ्नो स्वास्थ्य र परिस्थितिले दिएसम्म ख्रीष्टियान सभाहरू नियमित रूपमा धाउँछन्‌। (लूका २:३६, ३७) आवश्‍यक पर्दा तिनीहरू टेलिफोनद्वारा सभाका कार्यक्रमहरू सुन्‍ने गर्छन्‌। तर यसलाई तिनीहरूले राज्यभवनमा सभा धाउनुको सजिलो विकल्पको रूपमा लिंदैनन्‌। तिनीहरूको असल उदाहरण अनुकरण गर्दै हामी पनि महान्‌ परमेश्‍वर यहोवाको उपासना गर्न मण्डलीका सभाहरूमा व्यक्‍तिगत रूपमा उपस्थित हुने प्रयास गरेर रमाइरहन सकौं।—भज. ९५:१-३, ६; १२२:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने