डिसेम्बर २८ को हप्ताको तालिका
डिसेम्बर २८ मा सुरु हुने हप्ता
गीत १७ (१८७)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: यहोशू १२-१५
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
□ सेवा सभा:
गीत २३ (२००)
५ मि: घोषणाहरू। “के तपाईं सभाहरूमा यहोवाको स्तुतिगान गाउन तयार हुनुहुन्छ?” लेखतर्फ ध्यान खिच्नुहोस्। सबैलाई जनवरीदेखि नयाँ गीति पुस्तिकाको आ-आफ्नो प्रति लिएर आउन प्रोत्साहन दिनुहोस्।
१० मि: कसरी जवाफ दिनुपर्छ? तपाईंको इलाकामा सामान्यतया जनाइने आपत्तिहरूबारे श्रोतासित छलफल। यीमध्ये कुनै एउटा आपत्ति चलाउँदै एउटा छोटो प्रदर्शन देखाउनुहोस्। (छलफल सुरु गर्ने पुस्तिकाको पृष्ठ ७-१३ हेर्नुहोस्।)
१० मि: बाइबल अध्ययनहरू सुरु गर्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्ने अर्को दिन कहिले हो, मिति घोषणा गर्नुहोस्। बाइबल अध्ययन गर्ने प्रस्ताव राख्दा स्थानीय इलाकामा कस्ता उपलब्धि हासिल भएका छन्? स्थानीय इलाकामा कस्तो प्रस्तुति प्रभावकारी साबित भएको छ, त्यसबारे बताउन वा प्रदर्शन गरेर देखाउन एक जना अग्रगामी वा प्रकाशकलाई आग्रह गर्नुहोस्।
१० मि: जनवरी महिनामा प्रस्तुत गरिने प्रकाशन। प्रस्तुत गरिने प्रकाशनको विशेषतालाई छोटकरीमा पुनरावलोकन गर्नुहोस्। अनौपचारिक साक्षी दिंदै बाइबल अध्ययन सुरु गर्न त्यस महिना प्रस्तुत गरिने प्रकाशनलाई कसरी प्रयोग गर्न सकिन्छ, एक जना प्रकाशकसित छलफल गर्नुहोस्। यस महिना बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ८ (५३)