ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून २८, २०१० मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले मे ३ देखि जून २८, २०१० सम्मका हप्तामा प्रस्तुत गरिएका असाइनमेन्टहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. दाऊदले अबनेरको निम्ति विलाप गरेको कुराबाट हामी के सिक्न सक्छौं? (२ शमू. ३:३१-३४) [w०५ ५/१५ पृ. १७, अनु. ५; w०६ ८/१ पृ. १४, अनु. ९-१०]
२. उज्जाको घटनाप्रति दाऊदले देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं? (२ शमू. ६:८, ९) [w०५ ५/१५ पृ. १७]
३. दाऊदले मपीबोशेतका लागि गरेका कार्यहरू किन करुणाको अभिव्यक्ति थियो र यसले हामीलाई कस्तो असर गर्नुपर्छ? (२ शमू. ९:७) [w०२ ५/१५ पृ. १९, अनु. ५]
४. आफ्नो प्रार्थनाको सफल परिणाम निकाल्न दाऊदले कसरी सकारात्मक तवरमा योगदान पुऱ्याए? (२ शमू. १५:३०-३७) [g९५ १०/८ पृ. १९-२०]
५. सीबाले मपीबोशेतलाई दोष लगाउनु गलत थियो भनेर हामी शास्त्रपदहरूबाट कसरी तर्क गर्न सक्छौं? (२ शमू. १६:१-४) [w०२ २/१५ पृ. १४-१५, अनु. ११, पादटिप्पणी]
६. दाऊदले ८० वर्षका बर्जिलाइलाई आफ्नो राजकीय सदस्य हुन आग्रह गर्दा बर्जिलाइले किन किमहामलाई सिफारिस गरे? (२ शमू. १९:३३-३७) [w०७ ६/१ पृ. २४, अनु. १३]
७. यहोवाको नम्रताले दाऊदलाई कसरी महान् तुल्यायो? (२ शमू. २२:३६) [w०७-E ११/१ पृ. ५, अनु. २; w०४ ११/१ पृ. २९]
८. दाऊदले किन बेतलेहेमको मूल-ढोकानेरको पानी खान इन्कार गरे? (२ शमू. २३:१५-१७) [w०५ ५/१५ पृ. १९]
९. दाऊद जीवितै हुँदा अदोनियाहले किन राजगद्दी हत्याउन खोजे? (१ राजा १:५) [w०५ ७/१ पृ. २८, अनु. ५]
१०. यहोवाले बुद्धि र समझको लागि सुलेमानले गरेको प्रार्थनाको जवाफ किन दिनुभयो? (१ राजा ३:९) [w०५ ७/१ पृ. ३०, अनु. २]