जुलाई ९ को हप्ताको तालिका
जुलाई ९ मा सुरु हुने हप्ता
गीत ३५ र प्रार्थना
❑ मण्डली बाइबल अध्ययन:
gt अध्या. १७, १८ (२५ मि.)
❑ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: इजकिएल ११-१४ (१० मि.)
न. १: इजकिएल ११:१४-२५ (४ मि. वा कम)
न. २: व्यावहारिक डोऱ्याइको खोजी—नैतिक मूल्यमान्यता—ph पृ. ६ (५ मि.)
न. ३: कोमल स्वभावको हुनु भनेको के हो र यसले हामीलाई सकारात्मक हुन कसरी मदत गर्न सक्छ?—मत्ती ५:५ (५ मि.)
❑ सेवा सभा:
५ मि: घोषणाहरू।
१५ मि: प्रभावकारी तरिकामा पुनःभेट गर्नुहोस्। तल दिइएका प्रश्नहरूमा आधारित छलफल: (१) हरेक पटक उद्देश्यसहित पुनःभेट गर्नु किन राम्रो कुरा हो? (२) भर्खर-भर्खर मात्र पुनःभेट गर्नु थाल्नुभएको हो भने किन धेरैबेर बस्नुहुँदैन? (३) पुनःभेट जाँदा हामीले आफूलाई कसरी चिनाउनुपर्छ? (४) घरधनीले चासो छैन भनेमा हामी के भन्न सक्छौं? (५) घरधनीले पहिल्यै पर्चा, पुस्तिका वा पत्रिका स्वीकारिसकेका छन् भने कहिले र कसरी बाइबलले सिकाउँछ किताब देखाउन सक्छौं? (६) पुनःभेट गर्न जाँदा घरधनीलाई घरमा भेट्न सकिरहेका छैनौं भने तिनको चासो सेलाउन नदिन के गर्न सक्छौं? (७) पुनःभेट गर्दा नयाँ प्रकाशकलाई कसरी प्रशिक्षण दिन सक्छौं?
१५ मि: “तपाईंसित ‘रमाउने कारण’ छ?” प्रश्न-उत्तर। अनुच्छेद ४ छलफल गर्दा हरेक महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन सबैलाई प्रोत्साहन दिनुहोस्। हाम्रो राज्य सेवकाई, डिसेम्बर २००६, पृष्ठ ९-१० (व्यवस्थित किताब [अङ्ग्रेजी], पृष्ठ ८८-९०) बाट सम्बन्धित बुँदाहरू पुनरावृत्ति गर्नुहोस्।
गीत ९ र प्रार्थना