मे ६ को हप्ताको तालिका
मे ६ मा सुरु हुने हप्ता
गीत २६ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ९४ र ९५ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यूहन्ना १-४ (१० मि.)
न. १: यूहन्ना ३:२२-३६ (४ मि. वा कम)
न. २: ‘पवित्र शक्तिको भरमा हिंड्नुको’ अर्थ के हो?—गला. ५:१६ (५ मि.)
न. ३: अन्य भाषामा बोल्नु अस्थायी प्रबन्ध मात्र थियो—td ८घ (५ मि.)
□ सेवा सभा:
१० मि: मे महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हाम्रो इलाकामा यी पत्रिकाहरू कसरी चाखलाग्दो हुन सक्छ ३० सेकेन्डदेखि १ मिनेटभित्रमा बताउनुहोस्। अनि प्रहरीधरहरा-को आवरण लेख चलाउँदै इलाकाका मानिसहरूको चासो जगाउन कस्ता प्रश्न सोध्न सकिन्छ तथा कुन शास्त्रपद प्रयोग गर्न सकिन्छ, श्रोतालाई बताउन लगाउनुहोस्। ब्यूँझनुहोस्!-को लागि पनि यही तरिका चलाउनुहोस्। समयले दिन्छ भने यी दुई पत्रिकामध्ये कुनै एउटाबाट थप एउटा लेख बारे बताउनुहोस्। प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, दुइटा छुट्टाछुट्टै प्रदर्शन देखाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: परमप्रभुलेनै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्। (भज. १२७:१) वार्षिक पुस्तक २०१३ (अङ्ग्रेजी), पृष्ठ १४९, अनुच्छेद १ देखि पृष्ठ १५१, अनुच्छेद १ सम्ममा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत ४७ र प्रार्थना