ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू डिसेम्बर ३०, २०१३ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ। हरेक हप्ता स्कूलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस् भनेर प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।
१. ओहदामा रहेकाहरूप्रति नम्रता देखाउन ख्रीष्टियनहरू लाई कुन कुराले मदत गर्नेछ? (ती. ३:२) [नोभे. ४, w०३ ४/१ पृष्ठ २५ अनु. १८-१९]
२. फिलेमोन ४, ५ र ७ मा पाइने पावलका शब्दहरूबाट हामी के सिक्न सक्छौं? [नोभे. ४, w०८ १०/१ पृ. ३१ अनु. २, ३; w१० ६/१ पृ. २९ अनु. ४]
३. हामी कसरी परमेश्वरको विश्राममा प्रवेश गर्छौं? (हिब्रू ४:९-११) [नोभे. ११, w११ ७/१५ पृ. २८ अनु. १६, १७]
४. “परमेश्वरको स्तर स्थापित” गर्ने शमूएल र अरू वफादार भविष्यवक्ता र न्यायकर्ताहरूबाट हामी के सिक्न सक्छौं? (हिब्रू ११:३२, ३३) [नोभे. १८, w११ ७/१ पृ. १७ अनु. ४, ५]
५. “माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम पवित्र हुन्छ, त्यसपछि शान्तिप्रिय” हुन्छ भनेर याकूबले लेख्नुको कारण के थियो? (याकू. ३:१७) [नोभे. २५, w११ ८/१५ पृ. ३०-३१ अनु. १५]
६. ‘सुसमाचार प्रचार गरिएका मृतकहरू’ को हुन्? (१ पत्रु. ४:६) [डिसे. २, w०८ ११/१ पृ. ३१ अनु. ६]
७. पहिलो यूहन्ना २:७, ८ मा यूहन्नाले कुन “पुरानो” र “नयाँ” आज्ञाबारे कुरा गर्दैथिए? [डिसे. ९, w०८ १२/१ पृ. ३० अनु. ६]
८. “अल्फा र ओमेगा” अनि “पहिलो र अन्तिम” पदवीले कसलाई बुझाउँछ? (प्रका. १:८, १७) [डिसे. १६, w०९ १/१ पृ. ३० अनु. ६]
९. स्वर्गमा किन सन्नाटा छायो र अन्ततः पृथ्वीमा के फ्याँकियो? (प्रका. ८:१-५) [डिसे. २३, w०९ १/१ पृ. ३१ अनु. ८]
१०. परमेश्वरको राज्य शासन अन्तर्गत प्रतिज्ञा गरिएका आशिष्हरू साँच्चै पूरा हुनेछन् भनेर हामी किन ढुक्क हुन सक्छौं र यस ज्ञानले हामीलाई कस्तो असर पार्नुपर्छ? (प्रका. २१:५, ६) [डिसे. ३०, re पृ. ३०३-३०४ अनु. ९]