प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 मे पृ. ३
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग २
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • आमाबाबुहरू हो, आफ्नो परिवारको पालनपोषण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 मे पृ. ३

प्रश्‍न पेटी

▪ छोराछोरीलाई परिपक्वतातर्फ अघि बढाउन आमाबाबुले के सिकाउनुपर्छ?

छोराछोरीलाई “यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउन आमाबाबुले निकै प्रयास गर्छन्‌। (एफि. ६:४) उदाहरणको लागि, हरेक दिन छोराछोरीसँगै दैनिक पद छलफल गर्नु लाभदायी भएको थुप्रै आमाबाबुले अनुभव गरेका छन्‌। पारिवारिक उपासनामा अनि अरू बेलामा पनि पूरै परिवार सँगै बसेर भिडियो हेर्न अनि त्यसबाट छलफल गर्न सक्छन्‌। साथै युवा जनहरूका प्रश्‍न-मा आधारित लेखहरू छलफल गर्न, बाइबल घटनाको अभिनय गर्न वा विभिन्‍न विषयमा अभ्यास गर्न सक्छन्‌। तर ‘परिपक्वतातर्फ अघि बढाउन’ छोराछोरीलाई बाइबलको गहिरो कुरा सिकाउनु पनि आवश्‍यक छ।—हिब्रू ६:१.

इलाकामा भेट्‌ने मानिसहरूलाई हामी के सिकाउँछौं, विचार गर्नुहोस्‌। हामी प्रायः पहिलो भेट वा पुनःभेटमा बाइबलले वास्तवमा के सिकाउँछ? किताबबाट अध्ययन सुरु गर्ने प्रयास गर्छौं। उक्‍त किताबबाट अध्ययन सकेपछि “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” किताबबाट अध्ययन गर्छौं। किन? किनभने बाइबलले सिकाउँछ किताबले विद्यार्थीलाई बाइबलको आधारभूत शिक्षा दिन्छ। अनि “परमेश्‍वरको प्रेम” किताबले बाइबलको सिद्धान्त दैनिक जीवनमा लागू गर्न सिकाउँछ। यी दुवै किताबले नयाँ व्यक्‍तिलाई येशूमा ‘जरा गाड्‌न’ अनि ‘विश्‍वासमा अटल हुँदै जान’ मदत गर्छ। (कल. २:६, ७) त्यसोभए यी किताबहरू के हाम्रा छोराछोरीलाई सिकाउन पनि उपयोगी हुँदैन र? उनीहरूले पनि फिरौतीको बलिदान, परमेश्‍वरको राज्य अनि मरेकाहरूको अवस्थाबारे बुझ्नु जरुरी छ। परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ अनि यस युगको आखिरी दिनलाई कसरी चिन्‍न सकिन्छ भनेर पनि छोराछोरीले सिक्नुपर्छ। यहोवाका साक्षीहरूसँग नै सत्य छ भनेर उनीहरू विश्‍वस्त हुनुपर्छ। उनीहरूले बाइबलको सिद्धान्त बुझ्नुपर्छ अनि आफ्नो ‘सोच्ने-बुझ्ने क्षमतालाई’ कसरी तालिम दिने भनेर सिक्नुपर्छ। (हिब्रू ५:१४) आमाबाबुले छोराछोरीको उमेर र उनीहरूको बुझ्ने क्षमता विचार गर्नुपर्छ। तर धेरैजसो केटाकेटी सानो उमेरको भए पनि बाइबलको गहिरो शिक्षा बुझ्न सक्ने हुन्छन्‌।—लूका २:४२, ४६, ४७.

आमाबाबुले छोराछोरीलाई सिकाउन सकून्‌ भनेर jw.org मा बाइबलले सिकाउँछ किताबमा आधारित अध्ययन निर्देशिका राखिनेछ। यसलाई अङ्‌ग्रेजी वेब साइटको BIBLE TEACHINGS > TEENAGERS अन्तर्गत हेर्न सक्नुहुन्छ। भविष्यमा “परमेश्‍वरको प्रेम” किताबमा आधारित अध्ययन निर्देशिका पनि राखिनेछ। छोराछोरीलाई सिकाउन बाइबलले सिकाउँछ र “परमेश्‍वरको प्रेम” किताबको छापिएको प्रति पनि प्रयोग गर्न सक्नुहुन्छ। आमाबाबुले यो अध्ययन निर्देशिका कति बेला प्रयोग गर्ने आफै निर्णय गर्न सक्छन्‌। जस्तै: पारिवारिक उपासना गर्दा, छोरा वा छोरीको अध्ययन गर्दा वा उनीहरूलाई व्यक्‍तिगत अध्ययन गर्न सिकाउँदा।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने