फेब्रुअरी १६ को हप्ताको तालिका
फेब्रुअरी १६ मा सुरु हुने हप्ता
गीत ८० र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १९, अनु. १२-२०, पृष्ठ १७४ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: न्यायकर्ता १५-१८ (८ मि.)
न. १: न्यायकर्ता १६:१३-२४ (३ मि. वा कम)
न. २: राम्रो सल्लाहले भरिएको किताब—bh अध्या. २, अनु. १०-१२ (५ मि.)
न. ३: अरूको अन्तस्करणलाई किन ध्यान दिनुपर्छ?—lv अध्या. २, अनु. १२-१६ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: “असल कामहरूमा जोसिलो” हुनुहोस्।—तीतस २:१४.
१५ मि: जोसिलो भई सुसमाचार सुनाउन तयार हुनुहोस्। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रचारको लागि तयारी गर्ने पहिलो कदम प्रार्थना हो, किन? (भज. १४३:१०; प्रेषि. ४:३१) प्रार्थनाका साथसाथै अरू के-कस्ता कुराहरू महत्त्वपूर्ण छन्? (एज्रा ७:१०) प्रचारका लागि लैजाने प्रकाशनहरूको सन्दर्भमा के-कस्तो तयारी गर्नुपर्छ? तयारी गऱ्यौं भने हामीलाई के फाइदा हुन्छ? (प्रहरीधरहरा, जुलाई १, २००८, को पृ. १५, अनु. ९ हेर्नुहोस्।) तपाईं कसरी प्रचारको लागि तयारी गर्नुहुन्छ? एक जना प्रकाशकले प्रचारमा आफूले चलाउने पर्चा, पत्रिका र पुस्तिकाहरूमा के-कस्ता विषयवस्तुहरू छन् भनी प्रचारमा जानुअघि तयारी गरिरहेको प्रदर्शन देखाउनुहोस्। प्रकाशकले झोला मिलाउँछन् र आफ्नो विद्युतीय उपकरण घरधनीलाई देखाउन तयारी अवस्थामा छ कि छैन भनेर पनि पक्का गर्छन्। प्रचारकार्यको लागि सबै जनाले राम्रो तयारी गर्नुपर्छ भन्ने कुरामा जोड दिनुहोस्। (२ तिमो. ३:१७)
१५ मि: “स्मरणार्थ उत्सवको दौडान यहोवा परमेश्वर र येशूको जोसको अनुकरण गर्नुहोस्।” प्रश्न-उत्तर। श्रोताहरू सबैलाई स्मरणार्थको निम्तोपर्चीको एक-एक प्रति दिनुहोस् अनि यसको विषयवस्तु छलफल गर्नुहोस्। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण चलाएर एउटा छोटो प्रदर्शन देखाउनुहोस्।
गीत ३० र प्रार्थना