ईश्वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति
निम्न प्रश्नहरू फेब्रुअरी २३, २०१५ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कुलमा छलफल गरिनेछ।
यहोवा आफ्ना सेवकहरूसित, विशेषगरि बेसहाराहरूसित कस्तो व्यवहार गर्नुहुन्छ? हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं? (यहो. १७:३-६) [जन. ५, w१३ ६/१५ पृ. ११ अनु. १५, १७]
यहोशू २३:१४ मा भएका शब्दहरू यहोशूले किन पूर्ण विश्वस्त भएर भन्न सके? यहोवाका प्रतिज्ञाहरूमा हामी किन पूर्ण भरोसा राख्न सक्छौं? [जन. १२, w०७ ११/१ पृ. २७ अनु. १९]
आफ्नो हिस्साको जग्गा अधिकार गर्ने पहिलो कुलको रूपमा यहूदालाई छानियो, किन? (न्याय. १:२, ४) [जन. १९, w०५ १/१५ पृ. २४ अनु. ५]
बाराकले अगमवादिनी दबोरा पनि युद्धभूमिमा सँगै जानुपर्छ भनेर किन जिद्दी गरे? (न्याय. ४:८) [जन. १९, w०५ १/१५ पृ. २५ अनु. ४]
गिदोनले वेदी बनाएर त्यसको नाम “यह्वे-शलोम” राखेको कुराले के देखाउँछ र हामी यसबाट के सिक्न सक्छौं? (न्याय. ६:२३, २४) [जन. २६, w१४ २/१५ पृ. २२-२३ अनु. ९]
एप्रैमका मानिसहरूले झगडा गर्न खोज्दा गिदोनले देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं? (न्याय. ८:१-३) [फेब्रु. २, w०५ ७/१५ पृ. १६ अनु. ४]
भाकल गर्दा के यिप्तहले मानवबलि चढाउने सोच राखेका थिए? (न्याय. ११:३०, ३१) [फेब्रु. ९, w०५ १/१५ पृ. २६ अनु. १]
न्यायकर्त्ता ११:३५-३७ अनुसार यिप्तहकी छोरीलाई आफ्नो बुबाको भाकल पूरा गर्न केले मदत गऱ्यो? [फेब्रु. ९, w११ १२/१५ पृ. २०-२१ अनु. १५-१६]
इस्राएलमा राजा नहुँदा र ‘हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्थ्यो त्यही गर्दा’ के त्यसले अराजकतालाई बढायो? बताउनुहोस्। (न्याय. १७:६) [फेब्रु. १६, w०५ १/१५ पृ. २७ अनु. ६]
इस्राएलीहरू अटेरी बिन्यामिनीहरूद्वारा लडाइँमा दुई पटक पराजित भएको विवरणबाट निरन्तर प्रार्थना गर्ने सन्दर्भमा हामी के सिक्न सक्छौं? (न्याय. २०:१४-२५) [फेब्रु. २३, w११ ९/१५ पृ. ३२ अनु. १-४]