मार्च २ को हप्ताको तालिका
मार्च २ मा सुरु हुने हप्ता
गीत ५ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २०, अनु. ८-१५, पृष्ठ १८३ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: रूथ १-४ (८ मि.)
न. १: रूथ ३:१४–४:६ (३ मि. वा कम)
न. २: अन्तस्करण सफा राख्दा हामीलाई कसरी लाभ पुग्छ?—lv अध्या. २, अनु. १७-२१ (५ मि.)
न. ३: भविष्यवाणीको किताब—bh अध्या. २, अनु. १३-१७ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: “असल कामहरूमा जोसिलो” हुनुहोस्।—तीतस २:१४.
१० मि: मार्च महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर मार्च महिनाको प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनेर सुरुमै एउटा प्रदर्शन देखाउन लगाउनुहोस्। पत्रिकाहरूसित राम्ररी परिचित हुन सबैलाई प्रोत्साहन दिनुहोस्।
१० मि: “जोसिलो भई एक-अर्कालाई सुकर्म गर्न उत्साहित बनाऔं।” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। फेब्रुअरी महिनाको सेवा सभाका भागहरूमा यो महिनाको मुख्य विषयलाई कसरी जोड दिइएको थियो, बताउनुहोस्।
१० मि: परमेश्वरको वचन प्रबल छ। नोभेम्बर १५, २००३, प्रहरीधरहरा, पृ. ११, अनु. १३-१७ मा आधारित भाषण दिनुहोस्। बाइबलमा भएका निर्देशनले मानिसको जीवनशैली परिवर्तन गर्न सक्छ भनेर देखाउने केही अनुभव बताउनुहोस्। प्रचारको विभिन्न पक्षमा कौशल अपनाउँदै बाइबलको प्रयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ८५ र प्रार्थना