जून ८ को हप्ताको तालिका
जून ८ मा सुरु हुने हप्ता
गीत ६ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २५, अनु. १-७, पृष्ठ २२७, २२८ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ शमूएल १९–२१ (८ मि.)
न. १: २ शमूएल १९:२४-३७ (३ मि. वा कम)
न. २: फिरौतीको बलिदानले तपाईंलाई के-के फाइदा हुन्छ? —bh अध्या. ५, अनु. १४-१७ (५ मि.)
न. ३: संसारबाट अलग रहनुहोस् - “संसारको मनोभाव”-को प्रतिरोध गरेर —lv अध्या. ५, अनु. ७-१० (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: ‘उहिले-उहिलेका दिनको स्मरण गर्नुहोस्।’—व्यव. ३२:७.
१० मि: उहिले-उहिलेका दिनको स्मरण गर्नुहोस्। यो महिनाको मुख्य विषयमा आधारित भाषण। व्यवस्था ४:९; ३२:७ र भजन ७१:१५-१८ पढ्नुहोस् र उपयोगिता बुझाउनुहोस्। हाम्रो ईश्वरतान्त्रिक इतिहासका मानिसहरू र घटनाहरू स्मरण गरेर आधुनिक समयका प्रचारकहरूले कसरी लाभ उठाउन सक्छन्, व्याख्या गर्नुहोस्। प्रकाशकहरूलाई साँझको पारिवारिक उपासनामा कहिलेकाहीं “हाम्रो अभिलेखालयबाट” भन्ने शृङ्खलाका लेखहरू छलफल गर्न सुझाव दिनुहोस्। यो महिनाको सेवा सभाका केही भागमा श्रोताको ध्यान खिच्दै यी विषयहरू यो महिनाको मुख्य विषयसित कसरी मेल खान्छन्, बताउनुहोस्।
२० मि: “प्रचारकार्यमा अझै उन्नति गर्ने—परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका प्रयोग गरेर ढोकैमा बाइबल अध्ययन सुरु गर्नुहोस्।” छलफलका लागि केही प्रश्न सोध्दै सेवा निरीक्षकद्वारा भाषण। अझ धेरै बाइबल अध्ययन सञ्चालन गर्न सकिने कुरालाई जोड दिंदै मण्डलीको क्षेत्र सेवा रिपोर्टबाट सम्बन्धित तथ्याङ्कहरू पुनरावलोकन गर्नुहोस्। पेटीमा दिइएको प्रस्तुति प्रयोग गर्दै कसरी ढोकैमा बाइबल अध्ययन सुरु गर्न सकिन्छ, एक जना अनुभवी प्रकाशकलाई प्रदर्शन देखाउन लगाउनुहोस्। सबैलाई ढोकैमा बाइबल अध्ययन सुरु गर्न प्रोत्साहन दिनुहोस्।
गीत २९ र प्रार्थना