जून २२ को हप्ताको तालिका
जून २२ मा सुरु हुने हप्ता
गीत ६७ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २५, अनु. १४-२१ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: १ राजा १–२ (८ मि.)
न. १: १ राजा १:१५-२७ (३ मि. वा कम)
न. २: संसारबाट अलग रहनुहोस्—आँखा “निर्मल” राखेर —lv अध्या. ५, अनु. १६-१७ (५ मि.)
न. ३: मरेपछि वास्तवमा के हुन्छ?—bh अध्या. ६, अनु. ५-८ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: ‘उहिले-उहिलेका दिनको स्मरण गर्नुहोस्।’—व्यव. ३२:७.
१५ मि: हामीले के-कस्तो गर्न सक्यौं? छलफलका लागि केही प्रश्न सोध्दै सचिवद्वारा भाषण। स्मरणार्थको दौडान के-के गरियो, बताउनुहोस् र भाइबहिनीले गरेको मेहनतको प्रशंसा गर्नुहोस्। स्मरणार्थको निम्तो दिंदा बटुलेका राम्रा अनुभवहरू बताउन श्रोतालाई आग्रह गर्नुहोस्।
१५ मि: यहोवाले कसरी तपाईंको हात समात्नुभयो? (यशै. ४१:१३) लामो समयदेखि वफादार भई सेवा गरिरहेका एक वा दुई जना भाइबहिनीको अन्तरवार्ता लिनुहोस्। यहोवाको सेवा गर्दा आइपरेका चुनौतीहरूको सामना गर्न उहाँले कसरी मदत गर्नुभयो, सोध्नुहोस्।
गीत १०७ र प्रार्थना