कुराकानी थाल्ने उदाहरण
ब्यूँझनुहोस्! जुलाई-सेप्टेम्बर
प्रस्तुति १:
साना केटाकेटीले वयस्क मानिसहरूसित कुरा गर्दा आफ्नो प्रस्तुतिलाई सुनूँ-सुनूँ लाग्ने बनाउन यस्तै केही भन्न सक्छन्: “मेरो नाम . . . हो र म . . . स्कुलमा पढ्छु। मैले सिकेको कुरा म आफ्ना छिमेकीहरूलाई सुनाउँदै छु। तपाईंलाई थुप्रै कुरा थाह छ तर अहिले जतासुकै फैलिएको हिंसाको खास कारण तपाईंले बुझ्नुभएको छ? यो पत्रिकाले हिंसाको मुख्य स्रोत को हो भनेर बुझाएको छ। यो कुरा म तपाईंलाई छोटो समयमै देखाऊँ? [पत्रिकाको पृष्ठ १२ खोल्नुहोस् र माथिको दायाँपट्टिको अनुच्छेद पढ्नुहोस्।] म तपाईंलाई बाइबलबाट एउटा पद देखाऊँ कि? [घरधनी इच्छुक छन् भने यूहन्ना ८:४४ पढ्नुहोस्।]
प्रस्तुति २:
“हाम्रो छरछिमेकमा धेरै मानिस बिरामी छन्। त्यसैले हामी मानिसहरूसित केही सान्त्वनादायी कुरा बाँड्दै छौं। हामी कहिल्यै बिरामी भएनौं भने हाम्रो जीवन कस्तो हुन्छ होला? तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] धर्मशास्त्रमा गरिएको एउटा प्रतिज्ञा तपाईंलाई पढेर सुनाउन सक्छु कि? [घरधनी इच्छुक छन् भने यशैया ३३:२४क पढ्नुहोस्।] यो भविष्यवाणी पूरा हुने दिन नआएसम्म स्वस्थ हुन हामीले गर्न सक्ने पाँच वटा कुरा यो पत्रिकाले बताएको छ।”