पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा जून १
“हाम्रो सृष्टिकर्ता हामीमा चासो लिनुहुन्छ जस्तो के तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। बाइबलबाट छलफल गर्न चाहन्छन् जस्तो देखिएमा यशैया ४९:१५ पढ्नुहोस्।] बच्चाप्रति हुने एउटी आमाको ममतामा सृष्टिकर्ताको माया कसरी झल्कन्छ, यो लेखले बताएको छ।” पृष्ठ ८ मा भएको लेख देखाउनुहोस्।
प्रहरीधरहरा जुलाई १
“उहिलेको संसार विश्वव्यापी जलप्रलयले नष्ट भएको कुरा के तपाईंले सुन्नुभएको थियो? केही मानिस साँच्चै त्यो जलप्रलय भएको थियो भनेर विश्वास गर्छन्। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] रोचक कुरा के छ भने, येशूले त्यस जलप्रलय तथ्य घटना थियो भनेर संकेत गर्नुभयो। उहाँले के भन्नुभयो, म तपाईंलाई पढेर सुनाऊँ? [घरधनी राजी भएमा लूका १७:२६, २७ पढ्नुहोस्।] जलप्रलयसम्बन्धी विवरणलाई विश्वास गर्न सकिने कारण र त्यो प्रलयबाट सिक्न सकिने पाठ यस पत्रिकाले बताएको छ।”