अक्टोबर १९ को हप्ताको तालिका
अक्टोबर १९ मा सुरु हुने हप्ता
गीत ५४ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
ia परिचालक निकायको पत्र र परिचयको अनु. १-१५ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: १ इतिहास ८-११ (८ मि.)
न. १: १ इतिहास ११:१५-२५ (३ मि. वा कम)
न. २: किन यतिबिघ्न दुःखकष्ट?—bh अध्या. ११, अनु. ५-९ (५ मि.)
न. ३: यहोवा आफ्ना उपासकहरू किन सफा भएको चाहनुहुन्छ?—lv अध्या. ८, अनु. १-७ (५ मि.)
सेवा सभा:
यस महिनाको मुख्य विषय: ‘जरा गाडेर बढ्दै र विश्वासमा अटल हुँदै जानुहोस्।’—कल. २:६, ७.
२० मि: “बाइबल विद्यार्थीको मनसम्म कसरी पुग्न सक्छौं?” प्रश्न-उत्तर। दुइटा फरक प्रदर्शन देखाउन लगाउनुहोस्। घरधनीले आफ्नो बच्चाको मृत्यु भएको र ऊ अहिले स्वर्गमा भएको कुरा बताउँछिन्। पहिलो प्रदर्शनमा प्रकाशकले मृतकहरूको अवस्थाबारे उपदेशक ९:५ पढेर सुनाउँछन्। यस पदबाट सान्त्वना नपाएपछि घरधनीले नकारात्मक प्रतिक्रिया देखाउँछिन्। दोस्रो प्रदर्शनमा प्रकाशकले विवेकी हुँदै यूहन्ना ५:२८, २९ देखाएर पुनर्जीवनको आशाबारे बताउँछन् अनि घरधनीले राम्रो प्रतिक्रिया देखाउँछिन्।
१० मि: केटाकेटी होस् वा बुढापाका, उदाहरणीय हुनुहोस्। (फिलि. ३:१७; १ तिमो. ४:१२) वार्षिक पुस्तक २०१५ (अङ्ग्रेजी), पृष्ठ ७१, अनुच्छेद २ देखि पृष्ठ ७२, अनुच्छेद ४ सम्म र पृष्ठ ७६ देखि ७७ सम्ममा आधारित भाषण। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत ९० र प्रार्थना