प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 डिसेम्बर पृ. ३
  • ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१५
हाम्रो राज्य सेवा—२०१५
km15 डिसेम्बर पृ. ३

ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू डिसेम्बर २८, २०१५ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कुलमा छलफल गरिनेछ। प्रत्येक हप्ता स्कुलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस्‌ भनेर छलफल गरिने हप्ताको मिति कोष्ठक चिह्नभित्र दिइएको छ।

  1. १. पहिलो इतिहास २०:३ अनुसार के दाऊदले आफूले बन्दी बनाएकाहरूसित साँच्चै क्रूर व्यवहार गरे? [नोभे. २, w०५ २/१५ पृ. २७]

  2. २. दाऊदले किन उदार मनोभाव देखाए? हामी पनि कसरी यसो गर्न सक्छौं? (१ इति. २२:५) [नोभे. ९, w०५ १०/१ पृ. ११, अनु. ७]

  3. ३. सारा हृदयले यहोवाको सेवा गर्न हामी यथासक्दो गर्न चाहन्छौं, किन? (१ इति. २८:९) [नोभे. १६, w१२ ४/१५ पृ. १४, अनु. ५]

  4. ४. दोस्रो इतिहास १:१० मा राजा सुलेमानले गरेको बिन्तीबाट तिनी कस्तो व्यक्‍ति थिए भन्‍ने बुझिन्छ? यसबाट हाम्रो प्रार्थनाको विषयमा के सिक्न सक्छौं? (२ इति. १:११, १२) [नोभे. २३, w०५ १२/१ पृ. १९, अनु. ६]

  5. ५. दोस्रो इतिहास ६:२९, ३० अनुसार सुलेमान कुन कुरामा ढुक्क थिए? (भज. ५५:२२) [नोभे. ३०, w०८ ३/१ पृ. १८, अनु. ५]

  6. ६. के कारणले गर्दा आसाले ठूलो सैन्य दलमाथि विजय हासिल गर्न प्रार्थना गरे? हाम्रो आध्यात्मिक युद्धको विषयमा पनि कुन कुरामा हामी पक्का हुन सक्छौं? (२ इति. १४:११) [डिसे. ७, w१२ ८/१५ पृ. ८, अनु. ६-पृ. ९, अनु. १]

  7. ७. राजा यहोशापातले मूर्खतापूर्ण काम गर्दा पनि यहोवाले तिनीसित गर्नुभएको व्यवहारले उहाँको प्रेमबारे के सिकाउँछ र यसबाट अरूप्रति राख्नुपर्ने दृष्टिकोणबारे के सिक्न सक्छौं? (२ इति. १९:३) [डिसे. १४, w०३ ७/१ पृ. १७, अनु. १३]

  8. ८. अहिले हामी किन ‘दृढ भएर पर्खिबस्नुपर्छ’ अनि कसरी यसो गर्न सक्छौं? (२ इति. २०:१७) [डिसे. २१, w०५ १२/१ पृ. २१, अनु. ३; w०३ ६/१ पृ. २१, अनु. १५-१६]

  9. ९. दोस्रो इतिहास २१:२० मा दिइएको योरामको मृत्युसम्बन्धी विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? [डिसे. २१, w९८ ११/१५ पृ. ३२, अनु. ४]

  10. १०. दोस्रो इतिहास २६:५ अनुसार कसले जवान उज्जियाहमा राम्रो प्रभाव पारे? आज पनि मण्डलीका परिपक्व ख्रीष्टियनहरूबाट केटाकेटीहरूले कस्तो लाभ उठाउन सक्छन्‌? [डिसे. २८, w१० १०/१ पृ. २६, अनु. १, ३]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने