प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जनवरी पृ. २
  • उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने सुअवसर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने सुअवसर
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस काममा कसरी मदत गर्न सकिन्छ?
  • हाम्रो उपासनास्थल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • हाम्रो सभाभवनको मर्मतसम्भार
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • उपासनास्थलको निर्माण तथा हेरविचार
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • यहोवाको आदर हुने निर्माणकार्य
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जनवरी पृ. २

ख्रीष्टियन जीवन

उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने सुअवसर

यरूशलेमको मन्दिर निर्माण गर्नु चानचुने काम थिएन। त्यसको लागि धेरै मेहनत अनि खर्च लाग्थ्यो। तर इस्राएलीहरूले आफ्नोतर्फबाट जे-जस्तो मदत गर्न सक्थे, त्यो सबै गरे। (१इ २९:२-९; २इ ६:७, ८) तिनीहरूले पछि मन्दिरको मर्मतसम्भार गर्छन्‌ कि गर्दैनन्‌, त्यसले तिनीहरूको आध्यात्मिक अवस्था कस्तो छ भन्‍ने कुरा देखाउँथ्यो। (२रा २२:३-६; २इ २८:२४; २९:३) आज पनि ख्रीष्टियनहरू राज्यभवन र सम्मेलनभवनको निर्माण, सरसफाइ अनि मर्मतसम्भारमा धेरै समय र शक्‍ति खर्च गर्छन्‌। यो हाम्रो पवित्र सेवाको एउटा भाग हो। यहोवासित मिलेर काम गर्न पाउनु कत्ति ठूलो सुअवसर!—भज १२७:१; प्रका ७:१५.

यस काममा कसरी मदत गर्न सकिन्छ?

  • राज्यभवनमा आफ्नो सिट वरपर भएको फोहोर टिप्दै

    सभापछि मेच मिलाउनुहोस्‌। शौचालय प्रयोग गरेपछि सफा गर्नुहोस्‌। सक्नुहुन्छ भने आफ्नो सिट वरपर भएको फोहोर टिपेर फाल्नुहोस्‌।

  • राज्यभवन सफा गर्दै

    राज्यभवनको सफाइ र मर्मतसम्भारमा भाग लिनुहोस्‌। सबै जना मिलेर काम गर्दा रमाइलो हुनुका साथै काम गर्न पनि सजिलो हुन्छ।—lv पृ. १०५ अनु. १८.

  • अनुदान बाकसमा अनुदान खसाल्दै

    आर्थिक सहयोग गर्नुहोस्‌। मनैदेखि दिइने “दुई साना सिक्का”-को पनि यहोवा कदर गर्नुहुन्छ।—मर्कू १२:४१-४४.

  • उपासनास्थल मर्मतसम्भार गर्दै

    सकिन्छ भने निर्माणकार्य र मर्मतसम्भारमा स्वयंसेवा गर्नुहोस्‌। यस काममा भाग लिन निर्माणसम्बन्धी अनुभव हुनै पर्छ भन्‍ने छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने