बाइबलमा पाइने अनमोल धन | लूका ६-७
उदार हुनुहोस्
उदार व्यक्तिले अरूलाई मदत र प्रोत्साहन दिन आफ्नो समय, शक्ति र स्रोतसाधन राजीखुसीले खर्च गर्छ।
“दिने गर” भनी अनुवाद गरिएको ग्रीक क्रियाको जुन रूप यस पदमा चलाइएको छ, त्यसले निरन्तर चल्ने कार्यलाई बुझाउँछ
दिने बानी बसाल्दा अरूले हाम्रो पोल्टामा “प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिने गरी हालिदिनेछन्।” यस अभिव्यक्तिले त्यसबेलाका केही पसलेहरूको चलनलाई बुझाएको हुनुपर्छ, जसले ग्राहकहरूले किनेका सरसामान उनीहरूको पोल्टामा हालिदिन्थे