बाइबलमा पाइने अनमोल धन | कलस्सी १-४
पुरानो व्यक्तित्वलाई फुकालेर मिल्काइदिनुहोस् अनि नयाँ व्यक्तित्व धारण गर्नुहोस्
के तपाईँले यहोवाको उपासक बन्न आफ्नो व्यक्तित्वमा आमूल परिवर्तन गर्नुभयो? त्यतिखेर तपाईँले गर्नुभएको मेहनत देखेर यहोवा पक्कै खुसी हुनुभयो। (इज ३३:११) तथापि, पुरानो व्यक्तित्वलाई फेरि प्रकट हुन नदिन र नयाँ व्यक्तित्व कायम राख्न निरन्तर मेहनत गर्नु आवश्यक छ। आफूले उन्नति गर्नुपर्ने क्षेत्र पत्ता लगाउन निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
मेरो चित्त दुखाउने व्यक्तिप्रति के मैले रिस पालिरहेको छु?
हतारमा हुँदा वा थकित हुँदा पनि के म धीरज देखाउँछु?
अनैतिक विचार मनमा आउँदा के म त्यसलाई तुरुन्तै हटाउँछु?
बेग्लै जाति वा राष्ट्रका मानिसहरूप्रति के मेरो मनमा नकारात्मक भावना छ?
के मैले हालै कसैसित रुखो बोली बोलेको थिएँ वा झनक्क रिसाएको थिएँ?