बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३८-३९
यहोवाले युसुफलाई कहिल्यै त्याग्नुभएन
युसुफले विभिन्न परीक्षाको सामना गर्नुपरे तापनि यहोवाले ‘तिनको हरेक काम सफल तुल्याउनुभयो’ र तिनले “उहाँको आशिष्ले गर्दा . . . झ्यालखानाका हाकिमको निगाह पाए।” (उत्प ३९:२, ३, २१-२३) यो विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
हामीले परीक्षा भोग्नुको अर्थ यहोवाको निगाह गुमायौँ भन्ने होइन।—भज ३४:१९
यहोवा हामीलाई कसरी आशिष् दिँदै हुनुहुन्छ भनी विचार गर्नुपर्छ अनि त्यसको लागि धन्यवादी हुनुपर्छ।—फिलि ४:६, ७
हामीले यहोवाको मदत खोज्नुपर्छ।—भज ५५:२२