ख्रिष्टियन जीवन
युसुफजस्तै हुनुहोस्—अवैध यौनसम्बन्धदेखि भाग्नुहोस्
अवैध यौनसम्बन्ध राख्ने पासोमा पर्दा युसुफको राम्रो उदाहरण सम्झन सक्छौँ। हरेक पटक आफ्नो मालिककी पत्नीले आफूसित सुत्न लगाउँदा तिनी मान्दैनथे। (उत्प ३९:७-१०) तिनले आफ्नो विवाहित जोडीप्रति वफादार रहनुपर्नेबारे यहोवाको स्तर बुझिसकेका थिए। त्यसैले तिनले यसो भने: “यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्वरको विरुद्धमा पाप गर्न सक्छु र?” पछि झनै गाह्रो परिस्थिति आइपर्दा तिनले आलेटाले गरेनन् अनि त्यस स्त्रीलाई आफ्नो अठोट कमजोर बनाउने मौका दिएनन्। बरु तिनी त्यहाँबाट तुरुन्तै भागे।—उत्प ३९:१२; १को ६:१८.
अवैध यौनसम्बन्धदेखि भाग्नुहोस् भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्
जिनले कस्तो परिस्थितिको सामना गर्नुपऱ्यो?
मि-क्योङले म्याथको होमवर्क सिकाउन आग्रह गर्दा जिनले आफैलाई कस्तो महत्त्वपूर्ण प्रश्न सोधे?
मि-क्योङको प्रस्तावले जिनलाई कस्तो असर पाऱ्यो?
जिनले कहाँबाट मदत पाए?
जिनले अवैध यौनसम्बन्धदेखि भाग्न के गरे?
यो भिडियोबाट तपाईँले के सिक्नुभयो?