प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जुलाई पृ. ५
  • “कहिल्यै चिन्ता नगर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “कहिल्यै चिन्ता नगर”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • चर्चाका लागि बाइबल विषयहरू
    चर्चाका लागि बाइबल विषयहरू
  • चाँडै, कोही गरिब हुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • गरिबी मुक्‍त संसार नजिकै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • दरिद्रलाई आशाको सन्देश सुनाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जुलाई पृ. ५
छ जनाको एक गरिब परिवार आध्यात्मिक गतिविधिको लागि भाइबहिनीलाई भेट्‌न जाँदै छ।

ख्रिष्टियन जीवन

“कहिल्यै चिन्ता नगर”

यहोवाले पुरातन इस्राएलमा गरिबहरूलाई मदत गर्नुभयो। आज पनि उहाँ खाँचोमा परेका आफ्ना सेवकहरूलाई कस्ता तरिकाहरूमा मदत गर्नुहुन्छ?

  • उहाँले हामीलाई पैसाप्रति सन्तुलित दृष्टिकोण राख्न सिकाउनुभएको छ।—लुका १२:१५; १ति ६:६-८

  • उहाँले हामीलाई आत्मसम्मान विकास गर्न सिकाउनुभएको छ।—अयु ३४:१९

  • उहाँले हामीलाई मेहनत गर्न र खराब आनीबानीबाट अलग रहन सिकाउनुभएको छ।—हित १४:२३; २०:१; २को ७:१

  • उहाँले हामीलाई मायालु दाजुभाइ दिदीबहिनी दिनुभएको छ।—युह १३:३५; १यु ३:१७, १८

  • उहाँले हामीलाई आशा दिनुभएको छ।—भज ९:१८; यसै ६५:२१-२३

हाम्रो अवस्था जतिसुकै गाह्रो भए तापनि हामीले चिन्ता गर्नुपर्दैन। (यसै ३०:१५) उहाँको राज्यलाई पहिलो स्थान दिएसम्म उहाँले हाम्रो भौतिक आवश्‍यकता पूरा गरिदिनुहुनेछ।—मत्ति ६:३१-३३.

प्रेम कहिल्यै अन्त नहोस्‌—गरिबीको सामना गर्नुपर्दा—कंगो भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘प्रेम कहिल्यै अन्त नहोस्‌—गरिबीको सामना गर्नुपर्दा—कंगो’ भिडियोको एउटा दृश्‍य। भाइबहिनीहरू अधिवेशन स्थलमा जाँदै छन्‌। थुप्रैले मेच अनि आफ्ना सामानहरू बोकेर हिँडिरहेका छन्‌।

    अधिवेशन स्थलनजिकै बस्नुहुने भाइबहिनीहरूले टाढाबाट आउनुभएका पाहुनाहरूलाई कसरी अतिथिसत्कार देखाउनुभयो?

  • ‘प्रेम कहिल्यै अन्त नहोस्‌—गरिबीको सामना गर्नुपर्दा—कंगो’ भिडियोको एउटा दृश्‍य। एक भाइ टाढाबाट आएका भाइबहिनीहरूको लागि ओछ्यान मिलाउँदै हुनुहुन्छ।

    यहोवा गरिबहरूलाई माया गर्नुहुन्छ भनेर यस भिडियोबाट कसरी थाह पाउन सक्छौँ?

  • ‘प्रेम कहिल्यै अन्त नहोस्‌—गरिबीको सामना गर्नुपर्दा—कंगो’ भिडियोको एउटा दृश्‍य। भाइहरू अधिवेशनमा जान तयार हुँदै हुनुहुन्छ।

    हामीसित धेरै होस्‌ वा थोरै, यस सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने