ख्रिष्टियन जीवन
आफ्नो ध्यान सधैँ यहोवामा केन्द्रित गर्नुहोस्
काम पाउन गाह्रो हुँदा परमेश्वरको राज्यलाई र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिइरहन चुनौतीपूर्ण हुन सक्छ। यस्तो अवस्थामा हामी यहोवाको सेवामा लागिरहन गाह्रो बनाउने वा बाइबल सिद्धान्तहरूसित मेल नखाने काम स्विकार्ने प्रलोभनमा पर्न सक्छौँ। तर हामी यस कुरामा ढुक्क हुन सक्छौँ, “जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्, तिनीहरूको खातिर” उहाँ आफ्नो शक्ति प्रकट गर्नुहुन्छ। (२इ १६:९) हामीलाई मदत गर्न र आवश्यकताहरू पूरा गरिदिन हाम्रो मायालु बुबालाई कुनै कुराले रोक्न सक्दैन। (रोमी ८:३२) त्यसैले कामको विषयमा निर्णय गर्नुपर्दा हामी यहोवामा भर पर्नुपर्छ र उहाँको सेवामा आफ्नो जीवन केन्द्रित गर्नुपर्छ।—भज १६:८.
तनमनले यहोवाको सेवा गर्नुहोस् भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
जेसनले किन घूस लिन इन्कार गरे?
कलस्सी ३:२३ हामीलाई कसरी लागू हुन्छ?
जेसनको राम्रो उदाहरणले थोमसमा कस्तो प्रभाव पाऱ्यो?
यहोवामा ध्यान केन्द्रित गर्दै निर्णय गर्नुहोस् र कदम चाल्नुहोस्
मत्ति ६:२२ हामीलाई कसरी लागू हुन्छ?