प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जनवरी पृ. १२-१३
  • फेब्रुअरी १९-२५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १९-२५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जनवरी पृ. १२-१३

फेब्रुअरी १९-२५

भजन ८-१०

गीत २ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. ‘हे यहोवा म तपाईँको प्रशंसा गर्नेछु’!

(१० मि.)

यहोवाले हामीलाई थुप्रै असल कुराहरू दिनुभएको छ (भज ८:३-६; w२१.०८ पृ. ३ अनु. ६)

यहोवाका आश्‍चर्यलाग्दा कामहरूबारे अरूलाई बताएर हामी उहाँको प्रशंसा गर्छौँ (भज ९:१; w२०.०५ पृ. २३ अनु. १०)

मनैदेखि गीत गाएर पनि हामी उहाँको प्रशंसा गर्न सक्छौँ (भज ९:२; w२२.०४ पृ. ७ अनु. १३)

तस्बिरहरूको सँगालो: यहोवाको प्रशंसा गर्न सकिने तरिकाहरू। १. एक वृद्ध बहिनी आफ्नो हेरचाह गर्न आउने व्यक्‍तिलाई साक्षी दिँदै छिन्‌। २. भाइबहिनीहरू सभामा गीत गाउँदै छन्‌। ३. एक सानो भाइ सभामा टिप्पणी दिन हात उठाउँदै छन्‌। ४. एक जवान भाइ सभाभवनको सरसफाइमा भाग लिँदै छन्‌। ५. एक जवान बहिनी आफ्नो सहपाठीलाई साक्षी दिँदै छिन्‌।

आफैलाई सोध्नुहोस्‌, ‘म अरू कस्ता तरिकाहरूमा यहोवाको प्रशंसा गर्न सक्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ८:३—यहाँ भजनरचयिताले परमेश्‍वरको औँला भनेर केलाई बुझाइरहेका थिए? (ijwbq लेख ८१ अनु. ९-१३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १०:१-१८ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। घरधनीले परमेश्‍वरमा विश्‍वास नभएको कुरा बताउँछन्‌। (lmd पाठ ५ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। गएको पटक तिनले परमेश्‍वरमा विश्‍वास नभएको कुरा बताए तापनि तिनी सृष्टिकर्ताको अस्तित्व छ भनेर प्रमाण केलाउन इच्छुक छन्‌। (th बुँदा ७)

६. भाषण

(५ मि.) w२१.०६ पृ. ६-७ अनु. १५-१८—विषय: बाइबल विद्यार्थीलाई यहोवाको प्रशंसा गर्न मदत गर्नुहोस्‌। (th बुँदा १०)

ख्रिष्टियन जीवन

गीत १०

७. स्वाभाविक तरिकामा अनौपचारिक साक्षी दिनुहोस्‌

(१० मि.) छलफल।

यहोवाको प्रशंसा गर्ने एउटा तरिका भनेको दैनिक जीवनमा भेटिने मानिसहरूलाई साक्षी दिएर हो। (भज ३५:२८) सुरुमा त हामीलाई अनौपचारिक साक्षी दिन डर लाग्न सक्छ। तर स्वाभाविक तरिकामा कसरी कुराकानी सुरु गर्ने र त्यसलाई अघि बढाउने भनेर सिक्यौँ भने हामी प्रभावकारी तरिकामा अनौपचारिक साक्षी दिन सक्नेछौँ अनि हामीलाई त्यो रमाइलो पनि लाग्नेछ।

“‘शान्तिको सुसमाचार’ सुनाउन तयार हुनुहोस्‌​— अग्रसर हुनुहोस्‌” भिडियोको एक दृश्‍य। एक बहिनी रेस्टुरेन्टमा आफ्नो टेबलनजिकै बसेकी एउटी स्त्रीसँग कुराकानी सुरु गर्छिन्‌।

“शान्तिको सुसमाचार” सुनाउन तयार हुनुहोस्‌—अग्रसर हुनुहोस्‌ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

अनौपचारिक साक्षीकार्यमा अझ प्रभावकारी हुन तपाईँले यस भिडियोबाट के सिक्नुभयो?

अनौपचारिक कुराकानी सुरु गर्न मदत गर्ने केही सुझावहरू:

  • हरेक चोटी घरबाट निस्कँदा कुराकानी सुरु गर्न सक्ने मौकाहरू खोज्नुहोस्‌। त्यसबारे प्रार्थना गर्नुहोस्‌ र यहोवालाई असल मन भएका मानिसहरू भेट्‌न सकूँ भनेर बिन्ती गर्नुहोस्‌

  • आफूले भेट्‌ने मानिसहरूप्रति मित्रैलो हुनुहोस्‌ र व्यक्‍तिगत चासो देखाउनुहोस्‌। तिनलाई कुन बाइबल सत्यले मन छुन सक्छ भनेर बुझ्न तिनीबारे केही कुरा थाहा पाउने प्रयास गर्नुहोस्‌

  • सम्भव छ भने सम्पर्क जानकारी आदानप्रदान गर्नुहोस्‌

  • साक्षी दिनुअघि नै कुराकानी टुङ्‌गियो भने पनि निराश नहुनुहोस्‌

  • कुराकानी सकिएपछि उक्‍त व्यक्‍तिबारे विचार गर्नुहोस्‌। तिनलाई बाइबल पद अथवा हाम्रो वेबसाइटबाट कुनै एउटा लेखको लिङ्‌क पठाएर व्यक्‍तिगत चासो राखेको देखाइरहनुहोस्‌

यसो गरे कसो होला? कसैले ‘शनिबार के गऱ्‍यौ?’ भनेर सोध्दा आफूले सभामा सिकेको कुनै कुरा बताउनुहोस्‌ वा बाइबल शिक्षकको रूपमा आफूले गरेको कुरा बताउनुहोस्‌।

८. स्थानीय आवश्‍यकता

(५ मि.)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ६ अनु. १-८ र भाग २ को परिचय

समापन टिप्पणी (३ मि.) | गीत ६५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने