प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जनवरी पृ. १४-१५
  • फेब्रुअरी २६–मार्च ३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २६–मार्च ३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जनवरी पृ. १४-१५

फेब्रुअरी २६–मार्च ३

भजन ११-१५

गीत १३९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. परमेश्‍वरले ल्याउनुहुने शान्तिमय नयाँ संसारमा आफू पनि भएको कल्पना गर्नुहोस्‌

(१० मि.)

अहिले संसारमा मानिसहरूले नियम कानुन उल्लङ्‌घन गरेकोले हिंसा मच्चिरहेको छ (भज ११:२, ३; w०६ ६/१ पृ. ४ अनु. १)

यहोवाले चाँडै हिंसाको अन्त्य गर्नुहुनेछ भनेर हामी भरोसा गर्न सक्छौँ (भज ११:५; wp१६.४-E पृ. ११)

यहोवाले उद्धार गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको कुरामा मनन गर्दा हामी धीरजी भई नयाँ संसारको प्रतीक्षा गर्न सक्नेछौँ (भज १३:५, ६; w१७.०८ पृ. ७ अनु. १५)

एउटी केटी राती जङ्‌गलमा रूखमुनि मस्त निदाइरहेकी छिन्‌। अनि त्यही रूखमा एउटा चितुवा आरामसँग बसिरहेको छ।

यसो गरे कसो होला? इजकिएल ३४:२५ पढ्‌नुहोस्‌ अनि आफू पनि त्यहाँ बताइएको शान्तिमय वातावरणमा भएको कल्पना गर्नुहोस्‌।—kr पृ. २३६ अनु. १६.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १४:१—ख्रिष्टियनहरू पनि यस्तो सोचाइ राख्नदेखि किन होसियार हुनुपर्छ? (w१३ ९/१५ पृ. १९ अनु. १२)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १३:१–१४:७ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। स्मरणार्थको निम्तो दिनुहोस्‌। (lmd पाठ ५ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(१ मि.) घरघरको साक्षीकार्य। स्मरणार्थको निम्तो दिनुहोस्‌। (lmd पाठ ३ बुँदा ४)

६. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। स्मरणार्थको निम्तो स्विकारेर चासो देखाएका व्यक्‍तिसित कुरा गर्नुहोस्‌। (lmd पाठ ७ बुँदा ४)

७. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १३ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”। झूटो धर्म देख्दा परमेश्‍वरलाई कस्तो लाग्छ भनेर विद्यार्थीलाई बुझाउन “अझ धेरै जान्‍नुहोस्‌” भागको कुनै एउटा लेख प्रयोग गर्नुहोस्‌। (th बुँदा १२)

ख्रिष्टियन जीवन

गीत ८

८. “हातहतियारभन्दा बुद्धि असल हो”

(१० मि.) छलफल।

“विश्‍वास देखाएकाहरूको अनुकरण गर्नुहोस्‌, नदेखाएकाहरूको होइन​—हनोकको, लेमेकको होइन” भिडियोमा देखाइएको एक जना बुबा बाइबलमा आफूले पढेको कुरा मनन गर्दै छन्‌। ती बुबा हातहतियार भिरेका मानिसहरूले खोज्दै हिँडेको बेला हनोक गुफामा लुकेको दृश्‍य कल्पना गर्दै छन्‌।

संसारभरि नै हिंसा बढिरहेको छ। हामीले देखिरहेको अनि भोगिरहेको हिंसाले हामीलाई असाध्यै चिन्तित बनाउँछ भनेर यहोवालाई थाह छ। अनि हामीलाई सुरक्षाको खाँचो छ भनेर पनि उहाँ बुझ्नुहुन्छ। यहोवाले हामीलाई सुरक्षा दिनुहुने एउटा तरिका भनेको उहाँको वचन बाइबलबाट हो।—भज १२:५-७.

बाइबलमा बुद्धिका कुराहरू पाइन्छन्‌, जुन ‘हातहतियारभन्दा असल’ छन्‌। (उप ९:१८) निम्न बाइबल सिद्धान्तहरूले हामीलाई हिंसाको सिकार हुनदेखि जोगिन कसरी मदत गर्छ, विचार गर्नुहोस्‌:

  • उप ४:९, १०—असुरक्षित इलाका अनि अवस्थाहरूमा एक्लै नहिँड्‌नुहोस्‌

  • हित २२:३—सार्वजनिक ठाउँहरूमा हुँदा आफू वरपर के भइरहेको छ भनेर सजग हुनुहोस्‌

  • हित २६:१७—आफूसित सम्बन्धित नभएको वादविवादमा नमुछिनुहोस्‌

  • हित १७:१४—हिंसा मच्चिन सक्छ जस्तो लागेमा त्यस ठाउँबाट निस्कनुहोस्‌ अनि विरोध गर्नेहरू जम्मा भएको भीडबाट टाढै रहनुहोस्‌

  • लुका १२:१५—सम्पत्ति जोगाउन कहिल्यै पनि आफ्नो ज्यान जोखिममा नपार्नुहोस्‌

विश्‍वास देखाएकाहरूको अनुकरण गर्नुहोस्‌, नदेखाएकाहरूको होइन—हनोकको, लेमेकको होइन भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

हिंसाको सामना गर्नुपर्दा हनोकको उदाहरणले एक जना बुबाको निर्णय अनि आचरणमा कस्तो प्रभाव पाऱ्‍यो?—हिब्रू ११:५

कुनै-कुनै अवस्थामा एक ख्रिष्टियनलाई आफ्नो अनि आफ्नो सम्पत्तिको सुरक्षाको लागि कुनै ठोस कदम चाल्नुपर्छ जस्तो लाग्न सक्छ। त्यस्तो अवस्थामा तिनी कसैको पनि ज्यान नलिन र रक्‍तदोषी नहुन सकेजति सबै गर्नेछन्‌।—भज ५१:१४; जुलाई २०१७ अङ्‌कको प्रहरीधरहरा-को “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

९. मार्च २ शनिबारदेखि स्मरणार्थ अभियान सुरु

(५ मि.) एल्डरद्वारा भाषण। विशेष भाषण, स्मरणार्थ र इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌। प्रकाशकहरूलाई मार्च अनि अप्रिल महिनामा १५ घण्टाको सहायक अग्रगामी गर्ने छनौट गर्न सकिन्छ भनेर सम्झाउनुहोस्‌।

१०. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ६ अनु. ९-१७

समापन टिप्पणी (३ मि.) | गीत ४० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने