अप्रिल १-७
भजन २३-२५
गीत ४ र प्रार्थना | परिचय (१ मि.)
१. “यहोवा मेरो गोठालो हुनुहुन्छ”
(१० मि.)
यहोवा हामीलाई डोऱ्याउनुहुन्छ (भज २३:१-३; w०५ ११/१ पृ. १७ अनु. ९-१०)
यहोवा हामीलाई जोगाउनुहुन्छ (भज २३:४; w०५ ११/१ पृ. १८-१९ अनु. १३-१५)
यहोवा हामीलाई खुवाउनुहुन्छ (भज २३:५; w०५ ११/१ पृ. १९-२० अनु. १७-१८)
मायालु गोठालोले आफ्नो भेडाको ख्याल राखेजस्तै यहोवा पनि आफ्ना सेवकहरूको ख्याल राख्नुहुन्छ।
आफैलाई सोध्नुहोस्: ‘यहोवाले कसरी मेरो ख्याल राख्नुभएको छ?’
२. बहुमूल्य रत्न
(१० मि.)
भज २३:३—“असल मार्ग”-ले केलाई बुझाउँछ र यस मार्गबाट नतर्किन हामीलाई केले मदत गर्छ? (w११ २/१५ पृ. २४ अनु. १-३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज २३:१–२४:१० (th बुँदा ५)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। बिग्रँदो वातावरणबारे चिन्ता लागेको कुरा बताएका व्यक्तिलाई एउटा आश्वासनदायी बाइबल पद देखाउनुहोस्। (lmd पाठ २ बुँदा ५)
५. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका स्विकारेका व्यक्तिलाई बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्। (lmd पाठ ९ बुँदा ३)
६. चेला बनाउनुहोस्
(५ मि.) lff पाठ १४ बुँदा ४ (lmd पाठ ११ बुँदा ३)
गीत ५४
७. हामी अपरिचित मानिसहरूको स्वरलाई तिरस्कार गर्छौँ
(१५ मि.) छलफल।
भेडाहरू आफ्नो गोठालोको स्वर चिन्छन् र तिनको पछि लाग्छन्। अर्कोतर्फ, भेडाहरू अपरिचित मानिसको स्वर चिन्दैनन् र ऊदेखि भाग्छन्। (युह १०:५) त्यसैगरि, हामी पनि भरोसायोग्य अनि मायालु आध्यात्मिक गोठालाहरू यहोवा र येसु ख्रिष्टको स्वर सुन्छौँ। (भज २३:१; युह १०:११) तर “झूटा कुराहरू” गरेर हाम्रो विश्वास कमजोर बनाउन खोज्ने अपरिचित व्यक्तिहरूको स्वर भने तिरस्कार गर्छौँ।—२प २:१, ३
उत्पत्ति अध्याय तीनमा पृथ्वीमा पहिलो पटक अपरिचित व्यक्तिको स्वर सुनिएको विवरण पाउँछौँ। सैतानले आफ्नो पहिचान लुकाएर हव्वालाई बहकाउन खोज्यो। हव्वाको साथी भएको जस्तो देखाएर सैतानले यहोवाको कुरालाई बङ्ग्यायो र उहाँको मनसायमाथि नै शङ्का उब्जायो। दुःखको कुरा, हव्वाले सैतानको कुरा सुनिन्, जसले गर्दा उनी र उनको परिवारले अनेकन् दुःख अनि पीडा भोग्नुपऱ्यो।
आज सैतानले यहोवा अनि उहाँको सङ्गठनबारे नकारात्मक रिपोर्टहरू, अर्ध-सत्य कुराहरू अनि झूटा कुराहरू फैलाएर हाम्रो मनमा शङ्काको बिउ रोप्न खोज्छ। अपरिचित व्यक्तिको स्वर सुन्दा हामी तुरुन्तै भागिहाल्नुपर्छ! खुलदुली लागेर थोरै मात्र सुन्न खोज्छौँ भने पनि त्यसले ठूलो खतरा निम्त्याउन सक्छ। के सैतानले हव्वालाई बहकाउन धेरै शब्द बोल्नु परेको थियो र? (उत्प ३:१, ४, ५) तर यदि तपाईँले चिनेको व्यक्तिले, अझ भन्नुपर्दा तपाईँलाई माया गर्ने अनि तपाईँको हित चाहने व्यक्तिले यहोवाको सङ्गठनबारे नकारात्मक कुरा बताउन खोज्छ भने नि?
“अपरिचित मानिसहरूको स्वर”-लाई तिरस्कार गर्नुहोस् भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
यहोवाको सङ्गठनबारे आमाले नकारात्मक कुरा गर्न खोज्दा ग्रेसले त्यो अवस्था सम्हालेको तरिकाबाट तपाईँले के सिक्नुभयो?