प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मे पृ. २-३
  • मे ६-१२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ६-१२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मे पृ. २-३

मे ६-१२

भजन ३६-३७

गीत ८७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “दुष्टहरूको कारण निराश नहोऊ”

(१० मि.)

दुष्ट मानिसहरूले गर्दा हामीलाई दुःख र पीडा हुन्छ (भज ३६:१-४; w१७.०४ पृ. १० अनु. ४)

“दुष्टहरूको कारण” आफ्नो मनमा रिस पालिरहँदा हामी आफैलाई हानि हुन्छ (भज ३७:१, ७, ८; w२२.०६ पृ. १० अनु. १०)

यहोवाका प्रतिज्ञाहरूमा भरोसा गर्दा हामीले शान्ति पाउनेछौँ (भज ३७:१०, ११; w०३ १२/१ पृ. १३ अनु. २०)

एक बहिनी मोबाइलमा समाचार हेर्दा नराम्रा कुराहरू मात्रै भएकोले चिन्तित छिन्‌। तिनी आक्रोशित आन्दोलनकारीहरू, घुस लिइरहेको प्रहरी, गोली हानिरहेका सिपाहीहरू, पार्किङमा लुट्‌न बसेको हतियारधारी, लुटेराहरू, हुलदङ्‌गा मच्चाइरहेकाहरू र कार दुर्घटना हुनेबित्तिकै पुगेका मानिसहरूको दृश्‍य हेर्दै छिन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘समाचारमा दुष्ट मानिसका कर्तुतहरूबारे देखाइँदा के म त्यसमा बढ्‌तै ध्यान दिन्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ३६:६—भजनरचयिताले यहोवाको धार्मिकतालाई “विशाल पहाडहरूजस्तै [अर्थात्‌ “परमेश्‍वरका पहाडहरूजस्तै,” फुटनोट]” भन्‍नुको अर्थ के हुन सक्छ? (it-2-E पृ. ४४५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ३७:१-२६ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ १ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। पहिला अध्ययनको प्रस्ताव अस्वीकार गरेका व्यक्‍तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ९ बुँदा ४)

६. भाषण

(५ मि.) ijwbv लेख ४५—विषय: भजन ३७:४ को अर्थ के हो? (th बुँदा १३)

ख्रिष्टियन जीवन

गीत ३३

७. के तपाईँ “विपत्तिको” सामना गर्न तयार हुनुहुन्छ?

(१५ मि.) छलफल।

प्राकृतिक प्रकोपहरू र मानिसहरूले गर्दा हुने विपत्तिहरूको कारण संसारका विभिन्‍न ठाउँमा रहेका हाम्रा भाइबहिनीले भौतिक क्षति बेहोर्नुका साथै प्रियजनहरू गुमाएका छन्‌। (भज ९:९, १०) तर तीतो वास्तविकता के हो भने त्यस्ता ‘विपत्तिहरू’ जुनसुकै बेला हुन सक्छन्‌। त्यसैले ती सामना गर्न हामीले अहिल्यै तयारी गर्नुपर्छ।

विपत्ति आइपर्दा बच्नको लागि कस्ता सरसामानको बन्दोबस्त मिलाउने, कहाँ भाग्ने र कसलाई सम्पर्क गर्ने जस्ता कुराहरू पहिल्यै पक्का गर्नुको अलावाa हामीले अरू कस्तो तयारी पनि गर्नुपर्छ?

  • मनको तयारी गर्ने: विपत्ति जुनसुकै बेला जुनसुकै ठाउँमा पनि आउन सक्छ भन्‍ने कुरा स्विकार्नुहोस्‌। भौतिक सरसामानहरूप्रति सन्तुलित दृष्टिकोण राख्न सिक्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले विपत्ति आइपर्दा बुद्धिमानी र निर्णायक कदम चाल्न सक्नुहुनेछ। तपाईँले सरसामानहरू जोगाउन खोज्नुको साटो आफ्नो जीवन बचाउने र सुरक्षित रहने कुरालाई बढी महत्वपूर्ण ठान्‍नुहुनेछ। (उत्प १९:१६; भज ३६:९) साथै सरसामानहरू गुमाउँदा विचलित हुनुहुनेछैन र तपाईँलाई अचाक्ली भावनात्मक पीडा हुनेछैन।—भज ३७:१९

  • आध्यात्मिकता बलियो बनाउने: यहोवा तपाईँको ख्याल राख्न सक्नुहुन्छ र चाहनु पनि हुन्छ भन्‍ने कुरामाथिको भरोसालाई बलियो बनाउनुहोस्‌। (भज ३७:१८) साथै हामीले प्रकोप आउनुअघि नै आफूलाई यो कुरा सम्झाइरहनुपर्छ: प्रकोप आउँदा “लुटको मालसरह” सायद हाम्रो ज्यान मात्र जोगिएला तैपनि यहोवाले हामीलाई डोऱ्‍याउनुहुनेछ र थाम्नुहुनेछ।—यर्मि ४५:५; भज ३७:२३, २४

यहोवा आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भन्‍ने कुरामाथिको विश्‍वास बलियो छ भने ‘दुःखको समयमा उहाँ हाम्रो गढ हुनुहुनेछ।’—भज ३७:३९.

चित्रहरूको सँगालो: “के तपाईँ विपद्‌को सामना गर्न तयार हुनुहुन्छ?” भिडियोका दृश्‍यहरू १. एक भाइ बाइबल पढ्‌छन्‌। २. सुनामी। ३. कालो बादल। ४. बाढीग्रस्त इलाकाबाट मानिसहरू आफ्नो सामान बोकेर भोग्दै छन्‌।

के तपाईँ विपद्‌को सामना गर्न तयार हुनुहुन्छ? भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • विपद्‌को बेला यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

  • विपद्‌ आउँदा तयार रहन हामी कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छौँ?

  • विपद्‌को मारमा परेकाहरूलाई हामी कसरी मदत गर्न सक्छौँ?

लक्ष्य

  • बाइबल पढ्‌दा र अध्ययन गर्दा त्यस्ता पदहरूको सूची बनाउनुहोस्‌, जसले तपाईँ र अरूलाई सान्त्वना दिनेछ। त्यस्ता पदहरू JW लाइब्रेरी® एपमा ट्याग गर्न सक्नुहुन्छ। बाइबल पदहरूको सूचीको एउटा नमुनाको लागि jw.org मा “प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?” लेख हेर्नुहोस्‌।

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ९ अनु. ८-१६

समापन टिप्पणी (३ मि.) | गीत ५७ र प्रार्थना

a ब्यूँझनुहोस्‌! सङ्‌ख्या ५ २०१७, पृष्ठ ४-६ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने