प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मे पृ. ५-१६
  • मे २०-२६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २०-२६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मे पृ. ५-१६

मे २०-२६

भजन ४०-४१

गीत १०२ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. हामीले अरूलाई किन मदत गर्नुपर्छ?

(१० मि.)

अरूलाई मदत गर्दा हामी आनन्दित हुन्छौँ (भज ४१:१; w१८.०८ पृ. २२ अनु. १६-१८)

अरूलाई मदत गर्नेहरूलाई यहोवा पनि मदत गर्नुहुन्छ (भज ४१:२-४; w१५ १२/१५ पृ. २४ अनु. ७)

हामीले अरूलाई मदत गर्दा यहोवाको महिमा हुन्छ (भज ४१:१३; हित १४:३१; w१७.०९ पृ. १२ अनु. १७)

एक जवान बहिनी वृद्ध बहिनीलाई ट्याबलेट चलाउन सिकाउँदै छिन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘के मेरो मण्डलीमा JW लाइब्रेरी एप राम्रोसँग चलाउन मदत चाहिने कोही हुनुहुन्छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ४०:५-१०—दाऊदले जस्तै हामीले पनि यहोवा सार्वभौम परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकारेको कसरी देखाउन सक्छौँ? (it-2-E पृ. १६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ४०:१-१७ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। खुसी देखिने मानिससित कुराकानी थाल्नुहोस्‌। (lmd पाठ २ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। दुःखी देखिने मानिससित कुराकानी थाल्नुहोस्‌। (lmd पाठ ३ बुँदा ५)

६. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १४ बुँदा ६। सभामा भाग लिन हिचकिचाउने बाइबल विद्यार्थीसित “अझ धेरै जान्‍नुहोस्‌” भागमा भएको “सभामा यहोवाको प्रशंसा गर्नुहोस्‌” लेखबाट एउटा बुँदा छलफल गर्नुहोस्‌। (th बुँदा १९)

ख्रिष्टियन जीवन

गीत १३८

७. वृद्धहरूको भलाइ हुने काम गरौँ

(१५ मि.) छलफल।

वफादार वृद्ध भाइबहिनीले मण्डलीमा गर्ने सबै कामको यहोवा कदर गर्नुहुन्छ अनि हामी पनि कदर गर्छौँ। (हिब्रू ६:१०) वर्षौँको दौडान तिनीहरूले सङ्‌गी भाइबहिनीलाई सिकाउन, तालिम दिन अनि प्रोत्साहन दिन धेरै मेहनत गरेका छन्‌। सायद तिनीहरूबाट पाएको मदत तपाईँले पनि बिर्सनुभएको छैन होला। मण्डलीमा तिनीहरूले जे जति गरे र अहिले पनि गर्दै छन्‌, त्यसको कदर गरेको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?

“भाइबहिनीको भलाइ हुने काम गर्नुहोस्‌” भिडियोको एक दृश्‍य। भाइ हु-जिन काङ्‌गको घरबाहिर स्याहारसम्भार गर्न भाइबहिनी उहाँलाई सघाउँदै छन्‌।

‘भाइबहिनीको भलाइ हुने काम गर्नुहोस्‌’ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • जवान भाइ जि-हुन्‌ले वृद्ध भाइ हु-जिन काङ्‌गबाट के सिके?

  • तपाईँ मण्डलीका वृद्ध भाइबहिनीको किन कदर गर्नुहुन्छ?

  • दयालु सामरियालीको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

  • वृद्ध भाइलाई मदत गर्न ती जवान भाइले अरूलाई पनि सँगै लैजानु किन राम्रो थियो?

मण्डलीका वृद्धहरूलाई के-कस्तो मदत चाहिन्छ भनेर राम्ररी सोच्यौँ भने हामी तिनीहरूलाई थुप्रै तरिकामा मदत गर्न सक्नेछौँ। तिनीहरूलाई मदत चाहिएको कुनै पक्ष देख्नुभयो भने के गरिदिन सक्नुहुन्छ, विचार गर्नुहोस्‌।—या २:१५, १६.

गलाती ६:१० पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • तपाईँ आफ्नो मण्डलीका वृद्धहरूको ‘भलाइ हुने’ कस्ता कामहरू गर्न सक्नुहुन्छ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १० अनु. १-४, पृ. ७९ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने