प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मे पृ. ६-७
  • मे २७–जून २

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २७–जून २
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मे पृ. ६-७

मे २७–जून २

भजन ४२-४४

गीत ८६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. ईश्‍वरीय शिक्षाबाट पूरापूर लाभ उठाउनुहोस्‌

(१० मि.)

अरूसित मिलेर यहोवाको उपासना गर्नुहोस्‌, सम्भव भएसम्म सभाभवनमै उपस्थित हुनुहोस्‌ (भज ४२:४, ५; w०६ ६/१ पृ. ७ अनु. ४)

परमेश्‍वरको वचन अध्ययन गर्नुअघि प्रार्थना गर्नुहोस्‌ (भज ४२:८; w१२ १/१५ पृ. १५ अनु. २)

जीवनको हर पक्षमा बाइबलको डोऱ्‍याइ खोज्नुहोस्‌ (भज ४३:३)

बहिनीहरू अधिवेशनमा ध्यान दिएर सुन्दै नोट लिइरहेका छन्‌।

ईश्‍वरीय शिक्षाले हामीलाई परीक्षाहरूको सामना गर्न अनि आफ्नो समर्पणअनुरूप जीवन बिताउन बल दिन्छ। —१प ५:१०; w१६.०९ पृ. ५ अनु. ११-१२

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ४४:१९—“स्यालहरूको ओडार”-ले केलाई बुझाएको हुनसक्छ? (it-1-E पृ. १२४२)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ४४:१-२६ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ५ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(५ मि.) घरघरको साक्षीकार्य। आउँदो जनभाषणको निम्तो दिनुहोस्‌। सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌। (lmd पाठ ७ बुँदा ५)

६. भाषण

(३ मि.) lmd अतिरिक्‍त लेख क बुँदा ४—विषय: सबै जना स्वस्थ हुनेछन्‌। (th बुँदा २)

ख्रिष्टियन जीवन

गीत २१

७. काम र शिक्षाको विषयमा बुद्धिमानी निर्णय गर्नुहोस्‌

(१५ मि.) छलफल।

तस्बिरहरूको सँगालो: एक जवान भाइ बाइबल पढ्‌दै छन्‌ र स्कुलको पढाइ सकेपछि के गर्ने भनेर मनन गर्दै छन्‌। १. तिनी स्कुलका करिअर परामर्शदातासित कुरा गर्दै छन्‌। २. तिनी ‘राज्य प्रचारकहरूका लागि स्कुल’-मा पढ्‌दै छन्‌। ३. तिनी विदेशमा सेवा गर्दै छन्‌।

जवानहरू हो, के तपाईँ स्कुलको पढाइ सकेपछि के गर्ने भनेर सोच्दै हुनुहुन्छ? सायद तपाईँले अग्रगामी गर्न सजिलो होस्‌ भनेर कुन काम गर्ने भन्‍नेबारे सोचिसक्नुभयो होला। अथवा त्यस्तो काम पाउन सजिलो होस्‌ भनेर कुनै सीप, लाइसेन्स वा सर्टिफिकेट लिन मिल्ने खालको थप प्रशिक्षण लिनेबारे पनि सोच्दै हुनुहुन्छ कि? यो साँच्चै तपाईँको जीवनको महत्वपूर्ण समय हो! तर धेरै अप्सन भएकोले ‘के गरूँ कसो गरूँ’ भनेर अलमलमा परिरहनुभएको छ कि? अथवा अरूलाई खुसी बनाउन आफ्नो इच्छाविपरीत निर्णय गर्न दबाब महसुस गर्दै हुनुहुन्छ कि? यस्ता कारणहरूले गर्दा तपाईँलाई सही निर्णय गर्न गाह्रो हुन सक्छ। त्यसोभए तपाईँ कसरी बुद्धिमानी निर्णय गर्न सक्नुहुन्छ?

मत्ति ६:३२, ३३ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • आफूले हासिल गर्न चाहेका आध्यात्मिक लक्ष्यहरूबारे पक्का छौँ भने काम अनि शिक्षाबारे निर्णय गर्न किन सजिलो हुन्छ?

  • आमाबुबाले छोराछोरीलाई मत्ति ६:३२, ३३ लागू गर्न कसरी मदत गर्न सक्छन्‌?—भज ७८:४-७

आफ्नो जीवन सुरक्षित बनाउन धेरै पैसा कमाउने अनि प्रख्यात बन्‍ने चाहनाले तपाईँको निर्णयलाई असर गर्न सक्छ; त्यसैले तपाईँ होसियार हुनुपर्छ। (१यु २:१५, १७) नबिर्सनुहोस्‌, धनसम्पत्ति धेरै हुनेहरूलाई परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिन गाह्रो हुन सक्छ। (लुका १८:२४-२७) धनसम्पत्तिको पछि लाग्दा आध्यात्मिक उन्‍नतिमा बाधा पुग्छ र यहोवालाई खुसी बनाउन सकिँदैन।—मत्ति ६:२४; मर्कु ८:३६.

अन्त भएर जाने कुरामा भरोसा राख्नदेखि होसियार हुनुहोस्‌!—धनसम्पत्ति भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • हितोपदेश २३:४, ५ ले बुद्धिमानी निर्णय गर्न तपाईँलाई कसरी मदत गर्न सक्छ?

सुझावहरू

  • छोटो समयमा अनि लामो समयमा हासिल गर्न सकिने आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌

  • आफूले छान्‍ने शिक्षा अनि पछि गर्ने कामले तपाईँका आध्यात्मिक लक्ष्यहरूमा बाधा पुऱ्‍याउँछ कि पुऱ्‍याउँदैन, विचार गर्नुहोस्‌

  • व्यावहारिक र लचिलो हुनुहोस्‌। तपाईँ कुनै थप तालिम वा शिक्षा लिनेबारे सोच्दै हुनुहुन्छ भने त्यो लिँदा पछि काम पाउन सकिन्छ कि सकिँदैन, पक्का गर्नुहोस्‌

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १० अनु. ५-१२

समापन टिप्पणी (३ मि.) | गीत ४७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने