प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जुलाई पृ. ६-७
  • जुलाई २२-२८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २२-२८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जुलाई पृ. ६-७

जुलाई २२-२८

भजन ६६-६८

गीत ७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवा दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ

(१० मि.)

यहोवा हाम्रा प्रार्थना सुन्‍नुहुन्छ र जवाफ दिनुहुन्छ (भज ६६:१९; w२३.०५ पृ. १२ अनु. १५)

यहोवा दुःखमा परेकाहरूको आवश्‍यकता बुझ्नुहुन्छ (भज ६८:५; w११ ४/१ पृ. ३१ अनु. ५; w०९ ५/१ पृ. २२ अनु. १)

यहोवा हरेक दिन हामीलाई मदत गर्नुहुन्छ (भज ६८:१९; w२३.०१ पृ. १९ अनु. १७)

चित्रहरूको सँगालो: एउटी बहिनी धेरै चोटि प्रार्थना गर्छिन्‌। १. तिनी बिहान उठेपछि प्रार्थना गर्छिन्‌। २. तिनी छोराछोरी स्कुल जानुअघि सँगै प्रार्थना गर्छिन्‌। ३. तिनी काम गर्ने ठाउँमा प्रार्थना गर्छिन्‌।

मननका लागि: यहोवा हाम्रो बोझ उठाउन इच्छुक हुनुहुन्छ। त्यसोभए हामीले के गर्नुपर्छ?

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ६८:१८—पुरातन इस्राएलमा “वरदानको रूपमा पुरुषहरू” को थिए? (w०६ ६/१ पृ. ८ अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ६६:१-२० (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.)घरघरको साक्षीकार्य। घरधनीको भाषा, रहनसहन वा देश फरक छ। (lmd पाठ ५ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा छोडेको पर्चाबाट कुराकानी अघि बढाउनुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

६. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १५ परिचय र बुँदा १-३ (th बुँदा ८)

ख्रिष्टियन जीवन

गीत १०२

७. के तपाईँ कसैको बोझ हलुका बनाउन सक्नुहुन्छ?

(१५ मि.) छलफल।

परमेश्‍वरका सेवकहरूले जीवनमा थुप्रै कठिन परिस्थितिहरू भोग्छन्‌ तर हामी एक्लैले त्यसको सामना गर्नुपर्दैन। (२इ २०:१५; भज १२७:१) किन? किनभने यहोवा हामीलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ। (यसै ४१:१०) उहाँ हामीलाई के-कस्तो तरिकामा मदत गर्नुहुन्छ? आफ्नो वचन अनि सङ्‌गठन चलाएर उहाँ हामीलाई डोऱ्‍याउनुहुन्छ। (यसै ४८:१७) उहाँ हामीलाई पवित्र शक्‍ति दिनुहुन्छ। (लुका ११:१३) उहाँ हामीलाई प्रोत्साहन र व्यावहारिक मदत दिन भाइबहिनी पनि चलाउनुहुन्छ। (२को ७:६) यसको मतलब उहाँ हाम्रो बोझ हलुका बनाउन जो-कोही सङ्‌गी उपासकलाई चलाउन सक्नुहुन्छ।

“मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌​—वृद्धवृद्धाहरूलाई” भिडियोको एक दृश्‍य। पलिना सान्टिज गोमेज मुस्कुराउँदै आफ्नो घरबाहिर उभिरहेकी छिन्‌।

मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌—वृद्धवृद्धाहरूलाई भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • वृद्ध भाइ वा बहिनीको बोझ हलुका बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

“मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌​—पूर्ण-समय सेवकहरूलाई” भिडियोको एक दृश्‍य। जोसेफ र अनिता डेभिटो साक्षीकार्यमा भाग लिँदै छन्‌।

मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌—पूर्ण-समय सेवकहरूलाई भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • पूर्ण-समय सेवकको बोझ हलुका बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

“मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌​—विदेशीहरूलाई” भिडियोको एक दृश्‍य। बिल र म्यागी जेङ बाइबल अध्ययन गर्दा मुस्कुराउँछन्‌।

मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌—विदेशीहरूलाई भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • कठिन परिस्थिति भोगिरहेकाहरूको बोझ हलुका बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १३ अनु. १-७, भाग ५ को परिचय र पृ. १०३ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ८८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने