प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जुलाई पृ. ८-९
  • जुलाई २९–अगस्त ४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २९–अगस्त ४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जुलाई पृ. ८-९

जुलाई २९–अगस्त ४

भजन ६९

गीत १३ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

येसु व्यापारीहरू र जनावरहरूलाई मन्दिरबाट लघार्नुहुन्छ।

१. भजन अध्याय ६९ मा येसुबारे गरिएका भविष्यवाणीहरू

(१० मि.)

येसुलाई विनाकारण घृणा गरियो (भज ६९:४; युह १५:२४, २५; w११ ८/१५ पृ. ११ अनु. १७)

यहोवाको घरको लागि येसु जोसले भरिनुभयो (भज ६९:९; युह २:१३-१७; w१० १२/१ पृ. १६ अनु. ७-८)

येसुले असह्‍य वेदना भोग्नुभयो र उहाँलाई तीतो मिसाइएको दाखमद्य पिउन दिइयो (भज ६९:२०, २१; मत्ति २७:३४; लुका २२:४४; युह १९:३४; g९५-E १०/२२ पृ. ३१ अनु. ४; w११ ८/१५ पृ. १५ अनु. १५)


मननका लागि: यहोवाले हिब्रू धर्मशास्त्रमा किन मसीहसम्बन्धी भविष्यवाणीहरू लेख्न लगाउनुभयो?

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ६९:३०, ३१—यी पदहरूले हाम्रो प्रार्थनाको गुणस्तर बढाउन कसरी मदत गर्छ? (w९९ १/१५ पृ. १८ अनु. ११)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ६९:१-२५ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. धीरजी हुनुहोस्‌​—येसुले के गर्नुभयो?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ८ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. धीरजी हुनुहोस्‌​—येसुको अनुकरण गर्नुहोस्‌

(८ मि.) lmd पाठ ८ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्‌”-मा आधारित छलफल।

ख्रिष्टियन जीवन

गीत १३४

६. स्थानीय आवश्‍यकता

(५ मि.)

७. पारिवारिक उपासनालाई सफल बनाउने सिद्धान्तहरू

(१० मि.) छलफल।

चित्रहरूको सँगालो: १. एक जना बुबा पारिवारिक उपासनाको लागि तयारी गर्छन्‌। २. पछि ती बुबा आफ्नी श्रीमती र तीन छोरीसित पारिवारिक उपासना गर्छन्‌।

जनवरी २००९ मा मण्डली पुस्तक अध्ययनलाई ईश्‍वरतान्त्रिक सेवा स्कुल र सेवा सभासँग गाभेर एउटै सभा बनाइयो। यसले गर्दा परिवारहरूले हप्ताको एक दिन आफ्नो परिवारको आवश्‍यकताअनुसार पारिवारिक उपासनाको लागि समय छुट्याउन सजिलो भयो। यस प्रबन्धको लागि धेरैले कृतज्ञता व्यक्‍त गरेका छन्‌ किनभने यसले गर्दा तिनीहरू यहोवासित र एकअर्कासित अझ नजिक हुन सकेका छन्‌।​—व्य ६:६, ७.

परिवारका शिरहरूले पारिवारिक उपासनालाई सफल बनाउन कस्ता सिद्धान्तहरू लागू गर्न सक्छन्‌?

  • नियमित रूपमा गर्नुहोस्‌। सम्भव छ भने हरेक हप्ता कुन दिन पारिवारिक उपासना गर्ने भनेर पहिल्यै तोक्नुहोस्‌। कुनै कारणवश त्यो दिन गर्न भ्याइएन भने अर्को दिन गर्न समय मिलाउनुहोस्‌।

  • तयारी गर्नुहोस्‌। आफ्नी श्रीमतीसित सरसल्लाह गर्नुहोस्‌ अनि कहिलेकाहीँ छोराछोरीसित पनि सुझाव माग्नुहोस्‌। तपाईँको परिवारलाई हरेक हप्ता फरकफरक तरिकामा पारिवारिक उपासना गर्न रमाइलो लाग्छ भने धेरै तयारी गर्नुपर्ने हुन सक्छ तर एउटै तरिकामा गर्दा पनि रमाइलो नै लाग्छ भने धेरै तयारी गर्नु पर्दैन।

  • आफ्नो परिवारको आवश्‍यकताअनुसार छाँटकाँट गर्नुहोस्‌। छोराछोरी हुर्कँदै जाँदा तिनीहरूको आवश्‍यकता र क्षमता पनि परिवर्तन हुन्छन्‌। नबिर्सनुहोस्‌, पारिवारिक उपासनाको उद्देश्‍य भनेको प्रत्येक सदस्यलाई यहोवासित अझ नजिक हुन मदत गर्नु हो।

  • सबैलाई सजिलो महसुस हुने मायालु वातावरण बनाउनुहोस्‌। मौसम राम्रो भएको बेला कहिलेकाहीँ बाहिर कतै गएर पनि अध्ययन गर्न सकिन्छ। आवश्‍यकताअनुसार बीचबीचमा ब्रेक पनि लिन सकिन्छ। आफ्ना छोराछोरीले भोगिरहेको कुनै खास समस्याबारे पारिवारिक उपासनाको बेला छलफल गर्नु राम्रो हो। तर त्यो तिनीहरूलाई गाली गर्ने वा अनुशासन दिने समयचाहिँ नबनाउनुहोस्‌।

  • फरकफरक तरिका अपनाउनुहोस्‌। उदाहरणको लागि, पारिवारिक उपासनाको बेला आउँदो सभाको कुनै भाग तयारी गर्न सक्नुहुन्छ, jw.org बाट कुनै भिडियो हेर्न अनि त्यसबाट छलफल गर्न सक्नुहुन्छ अथवा क्षेत्र सेवाको लागि अभ्यास गर्न सक्नुहुन्छ। हुनत पारिवारिक उपासनामा पूरै परिवार मिलेर छलफल गर्नु महत्त्वपूर्ण छ तर कहिलेकाहीँ त्यो समयमा प्रत्येक सदस्यले छुट्टाछुट्टै अध्ययन गर्न पनि सक्छन्‌।

यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • पारिवारिक उपासनामा तपाईँले माथि दिइएका सिद्धान्तहरू कसरी लागू गर्नुभएको छ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १३ अनु. ८-१६, पृ. १०५ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ११४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने