प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जुलाई पृ. १०-१६
  • अगस्त ५-११

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ५-११
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जुलाई पृ. १०-१६

अगस्त ५-११

भजन ७०-७२

गीत ५९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. परमेश्‍वरको शक्‍तिबारे “आउने पुस्तालाई” सुनाउनुहोस्‌

(१० मि.)

दाउदले ठिटो छँदा यहोवाको सुरक्षा महसुस गरे (भज ७१:५; w९९ ९/१ पृ. १८ अनु. १७)

दाउदले वृद्धावस्थामा यहोवाको साथ महसुस गरे (भज ७१:९; g०४ ११/८ पृ. १७ अनु. ३)

दाउदले आफूभन्दा कम उमेरकाहरूलाई आफ्नो अनुभव सुनाएर प्रोत्साहन दिए (भज ७१:१७, १८; w१४ १/१५ पृ. २३ अनु. ४-५)

गएको हप्ताको “पारिवारिक उपासनालाई सफल बनाउने सिद्धान्तहरू” भागमा देखाइएको परिवार। तिनीहरू पारिवारिक उपासनामा वृद्ध दम्पतीलाई बोलाउँछन्‌। ती वृद्ध दम्पतीले फोटोहरू देखाउँदा अनि विभिन्‍न अनुभव सुनाउँदा सबै जना दङ्‌ग परेर सुन्छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘के लामो समयदेखि यहोवाको सेवा गरिरहेका कुनै भाइ वा बहिनी मेरो मण्डलीमा हुनुहुन्छ? म उहाँहरूमध्ये कसलाई पारिवारिक उपासनामा बोलाएर विभिन्‍न प्रश्‍न सोध्न चाहन्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ७२:८—उत्पत्ति १५:१८ मा यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा सुलेमानको शासनकालमा कसरी पूरा भयो? (it-1-E पृ. ७६८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ७१:१-२४ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। घरधनीले वादविवाद गर्न खोज्दा सकारात्मक तरिकामा कुराकानी टुङ्‌ग्याउनुहोस्‌। (lmd पाठ ४ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। गएको पटक कुराकानी गर्दा बाइबल अध्ययन गर्न हिचकिचाएका आफन्तसित फेरि कुराकानी गर्नुहोस्‌। (lmd पाठ ८ बुँदा ४)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) भाषण। ijwfq लेख ४९​—विषय: यहोवाका साक्षीहरू बेला-बेलामा किन आफ्नो धारणा बदलिरहन्छन्‌? (th बुँदा १७)

ख्रिष्टियन जीवन

गीत ७६

७. पारिवारिक उपासनाका लागि सुझावहरू

(१५ मि.) छलफल।

अघिल्लो चित्रमा देखाइएको परिवार उभिरहेको छ र राज्य गीत गाउन अभ्यास गरिरहेको छ।
त्यो परिवार JW ब्रोडकास्टिङ हेर्दै छ।
कुनै एउटा खास अवस्थामा कसरी जवाफ दिने भनेर त्यस परिवारकी छोरी पारिवारिक उपासनाको बेला आमासित अभ्यास गर्दै छिन्‌।

यहोवा परमेश्‍वर हामीलाई डोऱ्‍याउन “अनुशासन अनि चेतावनी” दिनुहुन्छ भनेर छोराछोरीले बुझ्नुपर्छ। (एफि ६:४) यो सिक्ने राम्रो मौका पारिवारिक उपासनाको बेला हो। हुनत सिक्नको लागि परिश्रम गर्नुपर्छ। तर छोराछोरीले बाइबल सत्यको तिर्सना बढाउँदै लैजाँदा उनीहरूलाई सिक्न रमाइलो लाग्नेछ। (युह ६:२७; १प २:२) “पारिवारिक उपासनाका लागि सुझावहरू” भन्‍ने पेटीले आमाबुबालाई पारिवारिक उपासना शिक्षामूलक र रमाइलो बनाउन मदत गर्नेछ। कृपया पृष्ठ १६ मा भएको पेटी हेर्नुहोस्‌ र तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • पेटीमा दिइएका सुझावहरूमध्ये तपाईँ कुन लागू गर्न चाहनुहुन्छ?

  • पारिवारिक उपासनाको लागि तपाईँले अरू कस्ता तरिकाहरू लाभदायी पाउनुभएको छ?

पारिवारिक उपासनाका लागि सुझावहरू

बाइबल:

  • साप्ताहिक बाइबल पढाइका लागि छुट्ट्याइएका अध्यायहरूको अडियो रेकर्डिङ सुन्‍नुहोस्‌ वा पालैपालो ठूलो आवाजमा पढ्‌नुहोस्‌। प्रत्येक सदस्यले बाइबलका फरकफरक पात्रहरूको भाग पढ्‌न सक्छन्‌।

  • साप्ताहिक बाइबल पढाइका अध्यायहरूबाट केही प्रश्‍न तयार पार्नुहोस्‌। त्यसपछि परिवारका सदस्यहरूलाई एउटा प्रश्‍न छान्‍न र त्यसमा अनुसन्धान गर्न लगाउनुहोस्‌। तिनीहरूले सिकेका कुराहरू पारिवारिक उपासनामा बताउन सक्छन्‌।

  • एउटा प्रश्‍न सोध्नुहोस्‌ वा परिवारका सदस्यहरूले सामना गर्न सक्ने कुनै चुनौतीपूर्ण अवस्थाबारे बताउनुहोस्‌। त्यसपछि ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू-मा अनुसन्धान गर्नुहोस्‌।

  • बाइबलको कुनै विवरणको पुनःअभिनय गर्नुहोस्‌।

  • हरेक हप्ता पानाको एकापट्टि एउटा पद लेख्नुहोस्‌ र अर्कोपट्टी चाहिँ पदमा लेखिएको कुरा सार्नुहोस्‌। त्यसपछि त्यो पद कण्ठ पार्ने कोसिस गर्नुहोस्‌। अघिल्ला हप्ताहरूमा लेखेका पदहरू फेरि सम्झने कोसिस गर्नुहोस्‌। उदाहरणको लागि, मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌ पुस्तिकाको अतिरिक्‍त लेख क-मा भएका पदहरू प्रयोग गर्न सक्नुहुन्छ।

  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको कुनै भाग अध्ययन गर्नुहोस्‌।

  • परिवारका सदस्यहरूलाई हाम्रो वेबसाइटमा भएको “बाइबलको शिक्षा” भन्‍ने ट्याबअन्तर्गत “बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ” वा “शास्त्रपदको व्याख्या”-मा भएको कुनै लेखबाट बताउन लगाउनुहोस्‌।

सभा:

  • सभाको केही भाग सँगै मिलेर तयारी गर्नुहोस्‌।

  • टिप्पणी तयार पार्नुहोस्‌ र अभ्यास गर्नुहोस्‌। तोकिएको समयभित्र टिप्पणी सिद्ध्याउन ध्यान दिनुहोस्‌।

  • राज्य गीतहरू अभ्यास गर्नुहोस्‌।

  • सभाअघि र पछि भाइबहिनीलाई प्रोत्साहन दिन के भन्‍न सकिन्छ भनेर छलफल गर्नुहोस्‌ अनि अभ्यास गर्नुहोस्‌।

  • आफूले पाएको विद्यार्थीको असाइनमेन्ट अभ्यास गर्नुहोस्‌।

साक्षीकार्य:

  • घरघरको साक्षीकार्यको लागि तयारी गर्नुहोस्‌।

  • पुनःभेटको लागि तयारी गर्नुहोस्‌।

  • अनौपचारिक साक्षी दिन सकिने कुनै एउटा अवस्था कल्पना गर्नुहोस्‌। त्यसपछि मित्रैलो तरिकामा कुराकानी सुरु गर्ने अभ्यास गर्नुहोस्‌।

  • स्मरणार्थ उत्सवको दौडान अथवा स्कुल वा काममा छुट्टी भएको बेला क्षेत्र सेवामा अझ धेरै भाग लिन कस्ता लक्ष्यहरू राख्न सकिन्छ, छलफल गर्नुहोस्‌।

परिवारको आवश्‍यकता:

  • अहिले भोगिरहेको वा पछि आइपर्न सक्ने गाह्रो अवस्थाको कसरी सामना गर्न सकिन्छ, अभ्यास गर्नुहोस्‌। जस्तै: तटस्थता, दादागिरी, डेटिङ वा चाडपर्वसम्बन्धी।

  • छोराछोरीले कुनै विषयमा प्रश्‍न सोध्दा तिनीहरूलाई अनुसन्धान गर्न लगाउनुहोस्‌। त्यसपछि छोराछोरीलाई आमाबुबाको भूमिका खेल्न दिनुहोस्‌ अनि त्यस विषयमा कसरी राम्रोसित तर्क गर्न सकिन्छ, अभ्यास गर्नुहोस्‌।

थप सुझाव:

  • JW ब्रोडकास्टिङ हेर्नुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • हाम्रो वेबसाइटबाट कुनै लेख पढ्‌नुहोस्‌ वा भिडियो हेर्नुहोस्‌ अनि त्यसबाट छलफल गर्नुहोस्‌।

  • हाम्रो वेबसाइटमा भएको “बाइबलको शिक्षा” ट्याबअन्तर्गत “किशोरकिशोरी र युवायुवती” वा “केटाकेटी” भन्‍ने खण्डमा भएको कुनै विषय छलफल गर्नुहोस्‌।

  • अधिवेशन वा सम्मेलनमा लिएका नोटहरू पुनरावृत्ति गर्नुहोस्‌।

  • सृष्टिको कुनै पक्ष नियाल्नुहोस्‌ वा अनुसन्धान गर्नुहोस्‌ अनि त्यसले हामीलाई यहोवाबारे के सिकाउँछ, छलफल गर्नुहोस्‌।

  • कहिलेकाहीँ कुनै भाइबहिनीलाई तपाईँको पारिवारिक उपासनामा बोलाउनुहोस्‌ र तिनको अनुभव सुन्‍नुहोस्‌।

  • आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌ र त्यो कसरी हासिल गर्ने भनेर छलफल गर्नुहोस्‌।

  • कुनै कुराको नमुना बनाउनुहोस्‌, जस्तै: नुहको जहाज। अथवा नयाँ संसार अनुवाद र हाम्रा प्रकाशनहरूमा भएका नक्साहरू अनि चार्टहरूको अध्ययन गर्नुहोस्‌।

पारिवारिक उपासनालाई रमाइलो बनाउन प्रयास गरिरहनुहोस्‌ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • छोराछोरी आफूसँगै नहुँदा पनि पतिले आफ्नी पत्नीको लागि पारिवारिक उपासना कसरी रमाइलो बनाउन सक्छन्‌?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १३ अनु. १७-२४

समापन टिप्पणी (३ मि.) | गीत १२३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने