प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr24 जुलाई पृ. १-२
  • “जीवन र सेवा अभ्यास पुस्तिका”-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “जीवन र सेवा अभ्यास पुस्तिका”-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२४
  • उपशीर्षकहरू
  • जुलाई ८-१४
  • जुलाई १५-२१
  • जुलाई २९–अगस्त ४
  • अगस्त ५-११
  • अगस्त २६-सेप्टेम्बर १
जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२४
mwbr24 जुलाई पृ. १-२

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

© 2024 Watch Tower Bible and Tract Society of Pennsylvania

जुलाई ८-१४

बाइबलमा पाइने अनमोल धन भजन ६०-६२

यहोवा हामीलाई जोगाउनुहुन्छ र स्थिर पार्नुहुन्छ

it-2-E पृ. १०८४ अनु. ८

पाल

लाक्षणिक अर्थमा “पाल”-ले आराम अनि सुरक्षा पाउने ठाउँलाई पनि बुझाउँछ। (उत्प १८:१) पुरातन समयमा पाहुनाहरूलाई आफ्नो पालमा बोलाउने चलन थियो। पाहुनाहरूले पालमा हेरचाह अनि आदर पाउने कुरामा ढुक्क हुन सक्थे। साथै प्रकाश ७:१५ को फुटनोटअनुसार परमेश्‍वरले ठूलो भीडमाथि “आफ्नो पाल फिँजाउनुहुनेछ।” यसले यहोवा तिनीहरूको ख्याल राख्नुहुन्छ र तिनीहरूलाई सुरक्षा दिनुहुन्छ भन्‍ने कुरालाई बुझाउँछ। (भज ६१:३, ४) यसैयाले यहोवाकी पत्नी सियोनले आफूले जन्माउने छोराछोरीको लागि ठाउँ तयार पार्नुपर्नेछ भनेर बताएका छन्‌। तिनलाई आफ्नो “पाल ठूलो बनाऊ” भनेर निर्देशन दिइयो। (यसै ५४:२) मतलब तिनले आफ्ना छोराछोरीको सुरक्षाको लागि पाल अझ ठूलो बनाउनुपर्ने थियो।

जुलाई १५-२१

बाइबलमा पाइने अनमोल धन भजन ६३-६५

बहुमूल्य रत्न

w०७-E ११/१५ पृ. १५ अनु. ६

के तपाईँ अरूको लागि स्फूर्तिदायी हुनुहुन्छ?

एउटा नयाँ घर बनाउनभन्दा भत्काउन सजिलो हुन्छ। हाम्रो बोलीको सन्दर्भमा पनि कुरा त्यस्तै हो। हाम्रो बोलीले कि त अरूको उत्थान गर्छ कि अरूलाई गहिरो चोट पुऱ्‍याउँछ। त्रुटिपूर्ण भएकोले हामी सबैमा कमीकमजोरी छन्‌ र गल्ती गर्छौँ। राजा सुलेमानले यसो भने, “सधैँ असल काम गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस पृथ्वीमा कोही छैन।” (उपदेशक ७:२०) अरू मानिसको कमीकमजोरी भेट्टाउन अनि घोच्ने बोली बोलेर निरुत्साहित पार्न त्यति गाह्रो छैन। (भजन ६४:२-४) तर आफ्नो बोली उत्थानदायी बनाउन सजिलो भने छैन, हामीले मेहनत गर्नुपर्छ।

जुलाई २९–अगस्त ४

बाइबलमा पाइने अनमोल धन भजन ६९

भजन अध्याय ६९ मा येसुबारे गरिएका भविष्यवाणीहरू

g९५-E १०/२२ पृ. ३१ अनु. ४

येसुको मृत्यु

येसु ख्रिष्टको मृत्युबारे यस्तो भविष्यवाणी गरिएको थियो: “अपमानको कारण मेरो मन छियाछिया भएको छ, त्यो घाउ निकै हुँदैन।” (भजन ६९:२०) कसै-कसैको भनाइअनुसार यस पदमा बताइएको ‘मन छियाछिया भयो’ भन्‍ने अभिव्यक्‍तिले शाब्दिक अर्थमै मुटुको नली फुटेर येसुको मृत्यु भएको कुरालाई बुझाउँछ। के त्यसो भएको हुन सक्छ? हुन सक्छ किनभने येसुको मृत्यु हुनुअघि उहाँले शारीरिक तवरमा मात्र होइन भावनात्मक तवरमा पनि अत्यन्तै पीडा भोग्नुभयो। (मत्ति २७:४६; लुका २२:४४; हिब्रू ५:७) बाइबल विवरणअनुसार येसुको मृत्यु भएपछि एक जना सैनिकले उहाँको कोखामा भाला घोप्यो अनि उत्तिखेरै त्यहाँबाट “रगत र पानी” निस्क्यो। मानिसको सबैभन्दा संवेदनशील अङ्‌ग मुटुको नली फुट्यो भने छातीमा वा मुटुको बाहिरतिर रगत जम्न सक्छ। रगत जमेका ती ठाउँहरूमा घोप्यो भने रगत र पानी निस्कन्छ।—युहन्‍ना १९:३४.

अगस्त ५-११

बाइबलमा पाइने अनमोल धन भजन ७०-७२

बहुमूल्य रत्न

it-1-E पृ. ७६८

युफ्रेटिस

इस्राएलको सिमाना। यहोवा परमेश्‍वरले अब्राहामसित तिनको सन्तानलाई ‘मिश्रको नदीदेखि महानदी युफ्रेटिससम्मको’ इलाका दिने करार गर्नुभयो। (उत्प १५:१८) यो प्रतिज्ञा उहाँले इस्राएल राष्ट्रलाई फेरि दोहोऱ्‍याउनुभयो। (प्रस्थ २३:३१; व्य १:७, ८; ११:२४; यहो १:४) पहिलो इतिहास ५:९ मा बताइएअनुसार दाउदको शासनकालअघि नै रुबेन कुलका केही सन्तानले “पूर्वपट्टि निर्जनभूमि सुरु हुने ठाउँसम्मको इलाका ओगटेका थिए,” जुन “निर्जनभूमि युफ्रेटिस नदीसम्मै फैलिएको थियो।” गिलादको पूर्वबाट यात्रा गर्ने हो भने युफ्रेटिस नदी ८०० किलोमिटर टाढा पर्छ। (१इ ५:१०) त्यसको मतलब रुबेनको कुलले गिलादको पूर्वबाट सिरियाली मरुभूमिको छेउसम्म आफ्नो इलाका फैलाएको हुनुपर्छ। पछि दाउद अनि सुलेमानको शासनकालमा इस्राएलीहरूले सिरियाको उत्तरी इलाका हुँदै अरामी राज्य जोबाहलाई पनि आफ्नो कब्जामा लिए। यसरी इस्राएलको सिमाना युफ्रेटिस नदीसम्मै फैलिएको थियो।—२स ८:३; १रा ४:२१; १इ १८:३-८; २इ ९:२६.

अगस्त २६-सेप्टेम्बर १

बाइबलमा पाइने अनमोल धन भजन ७८

इस्राएलीहरूको अवफादारी—हाम्रो लागि चेतावनी

w११-E ७/१ पृ. १० अनु. ३

के यहोवाको भावना छ ?

भजनरचयिताले इस्राएलीहरूबारे यसो भने: “तिनीहरूले निर्जनभूमिमा कत्ति चोटि उहाँको विद्रोह गरे . . . ! बारम्बार तिनीहरूले परमेश्‍वरको परीक्षा लिए।” (भजन ७८:४०, ४१) यहाँ तिनले इस्राएलीहरूको विद्रोह गर्ने बानी नै परिसकेको कुरा उल्लेख गरिरहेका थिए। यस्तो नराम्रो मनोवृत्ति तिनीहरूले मिश्रबाट निस्केर आएको केही समय नबित्दै देखाउन थाले। परमेश्‍वर हाम्रो ख्याल राख्न सक्नुहुन्‍न र उहाँ इच्छा पनि गर्नुहुन्‍न भनेर तिनीहरूले परमेश्‍वरविरूद्ध गनगन गरे। (गन्ती १४:१-४) एउटा सन्दर्भ सामग्रीअनुसार ‘तिनीहरूले विद्रोह गरे’ भन्‍नुको मतलब एक अर्थमा ‘तिनीहरूले परमेश्‍वरविरूद्ध आफ्नो हृदय कठोर बनाएका थिए’ अथवा ‘हामीलाई परमेश्‍वर चाहिँदैन’ भनिरहेका थिए। तर यहोवा कृपालु परमेश्‍वर हुनुहुन्छ। त्यसैले आफ्ना जनहरूले पश्‍चात्ताप गरेर फर्कँदा उहाँले तिनीहरूलाई क्षमा दिनुभयो। तैपनि तिनीहरू परमेश्‍वरको विद्रोह गरिरहन्थे।—भजन ७८:१०-१९, ३८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने