प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 सेप्टेम्बर पृ. ५-१६
  • सेप्टेम्बर १६-२२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १६-२२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 सेप्टेम्बर पृ. ५-१६

सेप्टेम्बर १६-२२

भजन ८५-८७

गीत ४१ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

राजा दाउद मनैदेखि प्रार्थना गर्दै छन्‌।

१. प्रार्थनाले सहनशील हुन मदत गर्छ

(१० मि.)

आनन्दित हुन यहोवासित मदत माग्नुहोस्‌ (भज ८६:४)

वफादार भइरहन यहोवासित मदत माग्नुहोस्‌ (भज ८६:११, १२; w१२ ५/१५ पृ. २५ अनु. १०)

यहोवाले प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌ (भज ८६:६, ७; w२३.०५ पृ. १३ अनु. १७-१८)


आफैलाई सोध्नुहोस्‌: ‘समस्याको सामना गर्नुपर्दा के म धेरै पटक र समय लगाएर प्रार्थना गर्ने गर्छु?’—भज ८६:३.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ८६:११—दाउदको प्रार्थनाबाट मानिसको हृदयबारे के थाह पाउन सक्छौँ? (w९२ १२/१ पृ. २६ अनु. ७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ८६:१–८७:७ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ३ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌।

(४ मि.) अनौपचारिक साक्षीकार्य। अघिल्लो भेटमा हालै घटेको कुनै घटनाबारे चिन्ता व्यक्‍त गरेको व्यक्‍तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ७ बुँदा ४)

६. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १५ बुँदा ५। तपाईँ अर्को हप्ता बाहिर जानुपर्ने भएकोले त्यतिबेला अध्ययन गर्न सकिने प्रबन्धहरूबारे विद्यार्थीलाई बताउनुहोस्‌। (lmd पाठ १० बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ८३

७. हार नमान

(५ मि.) छलफल।

भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:

  • कहिलेकाहीँ हामी किन सुसमाचार सुनाउनदेखि हार मान्‍न सक्छौँ?

  • हामीले किन हार मान्‍नु हुँदैन?

८. बाइबल अध्ययनको प्रस्ताव राख्न नछोड्‌नुहोस्‌!

(१० मि.) छलफल।

एक बहिनी ट्याक्सी बिसौनीमा साक्षी दिँदै छन्‌।
एक दम्पती “निश्‍शुल्क बाइबल अध्ययन” लेखिएको ट्रलीनेर उभिरहेका छन्‌ र एउटी स्त्री ट्रली हेर्दै छेउबाट जाँदै छिन्‌।
एक दम्पती घरघरको साक्षीकार्यमा एक पुरूषलाई “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” पुस्तिका दिँदै छन्‌।

के तपाईँले यस महिनाको विशेष अभियानमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका प्रयोग गरेर बाइबल अध्ययन सञ्चालन गर्नुभएको छ? छ भने तपाईँ पक्कै खुसी हुनुहुन्छ होला। तपाईँको सफलता देखेर अरूले पनि प्रोत्साहन पाए होलान्‌। तर यदि अध्ययन सञ्चालन गर्न सक्नुभएको छैन भने तपाईँलाई आफ्नो प्रयास खेर गयो जस्तो लागेको हुन सक्छ। त्यसले गर्दा निराश हुनुभएको छ भने के गर्न सक्नुहुन्छ?

‘हामी धीरज देखाएर आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ’—साक्षीकार्यमा भाग लिँदा भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌।

  • हामीले साक्षीकार्यमा गरेको प्रयास खेर गएको जस्तो लाग्दा २ कोरिन्थी ६:४, ६ ले कसरी मदत गर्न सक्छ?

  • तपाईँले एउटा पनि अध्ययन सञ्चालन गर्न नसक्नुभएकोले साक्षीकार्यमा आफ्नो प्रयास खेर गएको जस्तो लाग्छ भने कस्तो छाँटकाँट गर्न सक्नुहुन्छ?

यो कुरा मनमा राख्नुहोस्‌: हाम्रो आनन्द हामीले कति वटा अध्ययन सञ्चालन गर्न सक्यौँ भन्‍ने कुरामा निर्भर हुँदैन। बरु यहोवा हाम्रो प्रयास देखेर खुसी हुनुहुन्छ भन्‍ने कुरा बुझ्दा हाम्रो आनन्द बढ्‌छ। (लुका १०:१७-२०) त्यसैले “प्रभुमा . . . गरेको परिश्रम व्यर्थ हुँदैन” भन्‍ने कुरा मनमा राख्दै यस विशेष अभियानमा तनमनले भाग लिइरहनुहोस्‌।—१को १५:५८.

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १५ अनु. १३-१४, पृ. १२१ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ३९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने