प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 सेप्टेम्बर पृ. १०-११
  • अक्टोबर ७-१३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ७-१३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 सेप्टेम्बर पृ. १०-११

अक्टोबर ७-१३

भजन ९२-९५

गीत ८४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवाको सेवा गर्नु नै जीवन जिउने सर्वोत्तम तरिका हो!

(१० मि.)

यहोवा हाम्रो उपासना पाउन योग्य हुनुहुन्छ (भज ९२:१, ४; w१८.०४ पृ. २६ अनु. ५)

उहाँ आफ्ना सेवकहरूलाई सही छनौट गर्न र खुसी हुन मदत गर्नुहुन्छ (भज ९२:५; w१८.११ पृ. २० अनु. ८)

यहोवा आफ्ना वृद्ध सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ (भज ९२:१२-१५; w२०.०१ पृ. १९ अनु. १८)

चित्रहरूको सँगालो: १. एक युवती प्रार्थना गर्दै छिन्‌। २. उनी बप्तिस्मा गर्छिन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘यहोवामा समर्पित हुन र बप्तिस्मा गर्न मलाई कुन कुराले रोकिरहेको छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ९२:५—यस पदले कसरी यहोवाको बुद्धिबारे बखान गर्छ? (cl पृ. १७६ अनु. १८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ९४:१-२३ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। कुराकानीको दौडान तपाईँ बाइबलको कुरा सिकाउने व्यक्‍ति हुनुहुन्छ भनेर बताउने मौका खोज्नुहोस्‌। (lmd पाठ ५ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। पहिला अध्ययनको प्रस्ताव अस्वीकार गरेका व्यक्‍तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ८ बुँदा ४)

६. चेला बनाउनुहोस्‌

(५ मि.) उन्‍नति नगर्ने बाइबल विद्यार्थीसित छलफल। (lmd पाठ १२ बुँदा ५)

ख्रिष्टियन जीवन

गीत ५

७. युवाहरूलाई अचाक्ली तनाव हुँदा कसरी मदत गर्ने?

(१५ मि.) छलफल।

एक किशोरी झोक्राएर भुईँतिर हेर्दै छिन्‌।

यहोवाका सेवकहरूले पनि तनावको सामना गर्नुपर्ने हुन्छ। उदाहरणको लागि, दाउदले पनि जीवनमा विभिन्‍न उकाली-ओरालीको सामना गर्नुपरेकोले तनाव महसुस गरेका थिए। आज हाम्रा भाइहरूले पनि त्यस्तै परिस्थितिको सामना गर्दै छन्‌। (भज १३:२; १३९:२३) दुःखको कुरा, युवाहरूले समेत तनावको सामना गर्नुपरेको छ। कहिलेकाहीँ तिनीहरूलाई नियमित रूपमा गरिने कामकुरा गर्नु, जस्तै: स्कुल वा सभाहरूमा जानु पनि तनावपूर्ण लाग्न सक्छ। यसले गर्दा असाध्यै अत्तालिने समस्या (प्यानिक अट्याक) हुन सक्छ वा आत्महत्या गर्ने सोचाइ समेत आउन सक्छ।

युवाहरू हो, तपाईँहरू तनावले गर्दा असाध्यै चिन्तित हुनुहुन्छ भने आमाबुबा वा कुनै परिपक्व व्यक्‍तिसित मदत माग्नुहोस्‌। प्रार्थनामा यहोवासित पनि मदत माग्न नबिर्सनुहोस्‌। (फिलि ४:६) उहाँले तपाईँलाई मदत गर्नुहुन्छ। (भज ९४:१७-१९; यसै ४१:१०) स्टिङको अनुभव विचार गर्नुहोस्‌।

यहोवाले मेरो ख्याल राख्नुभयो भिडियो देखाउनुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू सोध्नुहोस्‌:

• स्टिङलाई बाइबलको कुन पदले मदत गऱ्‍यो र किन?

• यहोवाले कसरी तिनको ख्याल राख्नुभयो?

अघिल्लो चित्रकी किशोरीले आमाबुबालाई आफ्नो भावना व्यक्‍त गर्दै छिन्‌। उनका आमाबुबा ध्यान दिएर कुरा सुन्दै छन्‌।

आमाबुबा हो, तपाईँ आफ्नो छोराछोरीको कुरा ध्यानपूर्वक सुनेर, माया व्यक्‍त गरेर अनि यहोवा तिनीहरूलाई धेरै माया गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क बनाएर तिनीहरूलाई तनावको सामना गर्न मदत दिन सक्नुहुन्छ। (ति २:४; या १:१९) छोराछोरीलाई मदत गर्न यहोवाले साथ र बल दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌।

हामीलाई मण्डलीमा कुनै भाइ वा बहिनीले अचाक्ली तनावको सामना गरिरहेको वा तिनलाई कस्तो महसुस भइरहेको छ भनेर थाह नहुन सक्छ। तैपनि तपाईँले मण्डलीमा सबैलाई माया पाएको महसुस गराउन सक्नुहुन्छ।—हित १२:२५; हिब्रू १०:२४.

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १६ अनु. ६-९, पृ. १३२ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ८१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने