प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 नोभेम्बर पृ. ४-५
  • नोभेम्बर १८-२४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १८-२४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 नोभेम्बर पृ. ४-५

नोभेम्बर १८-२४

भजन १०७-१०८

गीत ७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ”

(१० मि.)

यहोवाले इस्राएलीहरूलाई बेबिलोनबाट छुटकारा दिनुभएझैँ हामीलाई सैतानको संसारबाट छुटकारा दिनुभएको छ (भज १०७:१, २; कल १:१३, १४)

यहोवाप्रति कृतज्ञ हुँदा हामी मण्डलीमा उहाँको प्रशंसा गर्न जुरमुरिनेछौँ (भज १०७:३१, ३२; w०७ ५/१ पृ. ८ अनु. २)

यहोवाले हाम्रो लागि गरिदिनुभएका कुराहरूमा मनन गर्दा हामी उहाँप्रति कृतज्ञ हुनेछौँ (भज १०७:४३; w१५ १/१५ पृ. ९ अनु. ४)

चित्रहरूको सँगालो: हामीले यहोवाको प्रशंसा गर्ने तरिकाहरू। १. भाइबहिनी सभामा गीत गाउँदै छन्‌। २. एक भाइ सभामा टिप्पणी दिँदै छन्‌। ३. दुई बहिनी घरघरको साक्षीकार्यमा भाग लिँदै छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १०८:९—मोआबलाई किन “हातगोडा धुने बाटा”-सित तुलना गरिएको छ? (it-2-E पृ. ४२० अनु. ४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १०७:१-२८ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ १ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

६. भाषण

(५ मि.) ijwyp लेख ९०—विषय: म कसरी नकारात्मक सोचाइ हटाउन सक्छु? (th बुँदा १४)

ख्रिष्टियन जीवन

गीत ४६

७. हामी गीत गाएर यहोवालाई धन्यवाद चढाउँछौँ

(१५ मि.) छलफल।

यहोवाले लाल समुद्रमा त्रसित भएका इस्राएलीहरूलाई शक्‍तिशाली मिश्री सेनादेखि जोगाउनुभएपछि तिनीहरूले गीत गाएर यहोवालाई धन्यवाद चढाए। (प्रस्थ १५:१-१९) त्यो नयाँ गीत गाउन पुरुषहरूले नेतृत्व लिए। (प्रस्थ १५:२१) येसु र प्रथम शताब्दीका ख्रिष्टियनहरूले पनि यहोवाको प्रशंसाका गीतहरू गाउनुभयो। (मत्ति २६:३०; कल ३:१६) हामीले पनि सभा, सम्मेलन र अधिवेशनहरूमा गीत गाएर यहोवालाई कृतज्ञता व्यक्‍त गर्न सक्छौँ। उदाहरणको लागि, हामीले भर्खरै गाएको “धन्यवाद छ, यहोवा” भन्‍ने गीत सन्‌ १९६६ देखि सभाहरूमा गाउँदै आएका छौँ।

कतिपय ठाउँका पुरुषहरू सार्वजनिक रूपमा गीत गाउन अप्ठ्यारो मान्छन्‌। कतिपय पुरुष र स्त्री भने आफूले राम्ररी गाउन जान्दिनँ भनेर गीत गाउनदेखि हिचकिचाउँछन्‌। तर हामीले सभाहरूमा गीत गाउनु उपासनाको एउटा भाग हो भन्‍ने कुरा बिर्सनु हुँदैन। यहोवाको सङ्‌गठनले गीतहरू तयार पार्न र प्रत्येक हप्ताको सभामा गाउने गीत छान्‍न धेरै मेहनत गर्छ। तर हामीले गर्नुपर्ने कामचाहिँ सजिलो छ। हामीले स्वर्गमा बस्नुहुने बुबाको मनैदेखि प्रेम र प्रशंसा गरेको देखाउन सबै जनासित स्वरमा स्वर मिलाउँदै गीत गाए पुग्छ।

इतिहासका पानाहरू—गीत—यहोवाले दिनुभएको उपहार, भाग २ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌:

    “इतिहासका पानाहरू​—गीत​—यहोवाले दिनुभएको उपहार, भाग २” भिडियोको एक दृश्‍य। भाइ एफ. डब्ल्यु. फ्रान्जले “राज्य सेवा गीत पुस्तक” विमोचन भएको घोषणा गर्नुहुन्छ।
  • सन्‌ १९४४ मा के भएको थियो?

  • “इतिहासका पानाहरू​—गीत​—यहोवाले दिनुभएको उपहार, भाग २” भिडियोको एक दृश्‍य। रातको समयमा साइबेरियाका एक भाइ अरू भाइबहिनीले गाएको गीतको रेकर्डिङ्‌ग कोटमा लुकाउँदै छन्‌।
  • साइबेरियामा हुनुभएका हाम्रा भाइहरूले राज्य गीतप्रतिको कृतज्ञता कसरी देखाए?

  • “इतिहासका पानाहरू​—गीत​—यहोवाले दिनुभएको उपहार, भाग २” भिडियोको एक दृश्‍य। वाद्य टोलीले अधिवेशनमा बजाएको वाद्य-यन्त्रको धुनमा भाइबहिनी गीत गाउँदै छन्‌।
  • यहोवाका साक्षीहरू गीत गाउनुलाई किन महत्त्वपूर्ण ठान्छन्‌?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १८ अनु. ६-१५

समापन टिप्पणी (३ मि.) | गीत ७३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने