प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr24 नोभेम्बर पृ. १-३
  • “जीवन र सेवा अभ्यास पुस्तिका”-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “जीवन र सेवा अभ्यास पुस्तिका”-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२४
  • उपशीर्षकहरू
  • नोभेम्बर ४-१०
  • नोभेम्बर १८-२४
  • डिसेम्बर २-८
  • डिसेम्बर ९-१५
जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२४
mwbr24 नोभेम्बर पृ. १-३

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

© 2024 Watch Tower Bible and Tract Society of Pennsylvania

नोभेम्बर ४-१०

बाइबलमा पाइने अनमोल धन भजन १०५

“उहाँले आफ्नो करार कहिल्यै बिर्सनुहुन्‍न”

it-2-E पृ. १२०१ अनु. २

वचन

सजीव र निर्जीव सबै सृष्टि परमेश्‍वरको वचनको अधीनमा छन्‌ अनि उहाँले आफ्नो उद्देश्‍य पूरा गर्न आफ्नो वचन प्रयोग गर्नुहुन्छ। (भज १०३:२०; १४८:८) उहाँको वचन भरपर्दो छ अनि उहाँ आफ्नो प्रतिज्ञा पक्कै पूरा गर्नुहुन्छ। (व्य ९:५; भज १०५:४२-४५) उहाँले आफ्नो “वचन सदासर्वदै रहिरहन्छ” भनेर आफैले ग्यारेन्टी दिनुभएको छ। त्यसैले उहाँको वचनले त्यसको उद्देश्‍य पूरा गरेरै छोड्‌छ; त्यो त्यसै फर्कँदैन।—यसै ४०:८; ५५:१०, ११; १प १:२५.

बहुमूल्य रत्न

w८६-E ११/१ पृ. १९ अनु. १५

युवाहरू हो, आनन्दित र एकताबद्ध परिवारमा आफ्नो भूमिका बुझ्नुहोस्‌

१५ “तिनीहरूले उसको [युसुफको] खुट्टा नेलले बाँधे, उसको घाँटीमा फलामको साङ्‌ला लगाइदिए; जबसम्म यहोवाको कुरा साँचो साबित भएन, उहाँको वचनले नै उसलाई खाऱ्‍यो।” (भज. १०५:१७-१९) युसुफले यहोवाको प्रतिज्ञा पूरा नभएसम्म १३ वर्ष दास र कैदीको रूपमा जीवन बिताउनुपऱ्‍यो। यस अनुभवले तिनलाई खारिन मदत गऱ्‍यो। हुनत यहोवाले नै ती समस्याहरू ल्याउनुभएको थिएन तर उहाँले आफ्नो उद्देश्‍य पूरा गर्न ती हुन दिनुभएको थियो। के युसुफले यस्तो कठिन परिस्थितिमा “यहोवाको कुरा साँचो” हो भनेर आफ्नो आशा कायम राख्न सक्ने थिए? के तिनले आफ्ना सद्‌गुणहरू अझ तिखार्ने थिए अनि गाह्रो जिम्मेवारी पूरा गर्न चाहिने धीरज, नम्रता, बलियो आध्यात्मिकता र कटिबद्धता विकास गर्न सक्ने थिए? तिनी धातु खार्ने आगोबाट निस्केको निखुर सुनजस्तै शुद्ध र यहोवाको नजरमा अनमोल साबित भए अनि यहोवाले तिनलाई अद्‌भुत तरिकामा प्रयोग गर्नुभयो।—उत्प. ४१:१४, ३८-४१, ४६; ४२:६, ९.

नोभेम्बर १८-२४

बाइबलमा पाइने अनमोल धन भजन १०७-१०८

बहुमूल्य रत्न

it-2-E पृ. ४२० अनु. ४

मोआब

पछि जब दाउद राजा भए, त्यतिबेला पनि इस्राएल र मोआबबीच युद्ध भएको थियो। मोआबीहरू पूर्ण रूपमा पराजित भएकाले तिनीहरूले दाउदलाई तिरो तिर्नुपऱ्‍यो। युद्धको अन्ततिर मोआबका दुई तिहाइ योद्धाहरू मारिए। दाउदले तिनीहरूलाई भुईँमा लहरै सुत्न लगाए र त्यस लहरको लम्बाइ नापे। तिनीहरूमध्ये दुई तिहाइलाई मार्ने अनि बाँकी एक तिहाइलाई जिउँदै छोड्‌ने हेतुले तिनले यसो गरेका थिए। (२स ८:२, ११, १२; १इ १८:२, ११) त्यसैबेलातिर यहोयादाका छोरा बेनायाहले “मोआबमा बस्ने अरिएलका दुई जना छोरालाई मारेका थिए।” (२स २३:२०; १इ ११:२२) मोआबीहरूमाथि दाउदको यो जित बालामले ४०० वर्षअघि गरेको यो भविष्यवाणीको पूर्ति थियो: “याकुबबाट एउटा तारा उदाउनेछ, इस्राएलबाट एउटा राजदण्ड उठ्‌नेछ। उसले मोआबको टाउको दुई फ्याक पार्नेछ, खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।” (गन २४:१७) यही जितको कुरा मनमा राख्दै भजनरचयिताले मोआबलाई परमेश्‍वरले आफ्नो “हातखुट्टा धुने बाटा” बनाउनुभएको कुरा बताए।—भज ६०:८; १०८:९.

डिसेम्बर २-८

बाइबलमा पाइने अनमोल धन भजन ११३-११८

हामी यहोवाको उपकारको साटो कसरी तिर्न सक्छौँ?

w०९-E ७/१५ पृ. २९ अनु. ४-५

कृतज्ञ भई स्विकार्नुहोस्‌, मनैदेखि दिनुहोस्‌

भजनरचयिताले यसो भने: “यहोवाले मेरो लागि गर्नुभएका सबै उपकारको साटो म उहाँलाई के चढाऊँ?” (भज. ११६:१२) यहोवाले तिनलाई कस्तो उपकार गर्नुभएको थियो? उहाँले तिनलाई “शोक र पीडा”-को दलदलबाट निस्कन मदत गर्नुभएको थियो। साथै उहाँले तिनलाई “मृत्युबाट छुटाउनुभएको” थियो। अबचाहिँ तिनले ती उपकारको साटो यहोवालाई केही चढाउन चाहन्थे। तर कसरी? तिनले भने: “यहोवासित गरेका भाकलहरू . . . म पूरा गर्नेछु।” (भज. ११६:३, ४, ८, १०-१४) तिनले यहोवासित गरेका सबै भाकल र उहाँको सेवकको रूपमा गर्नुपर्ने सबै कर्तव्य पूरा गर्ने अठोट गरे।

तपाईँ पनि त्यस्तै गर्न सक्नुहुन्छ। कसरी? परमेश्‍वरका नियम तथा सिद्धान्त सधैँ पालन गरेर। यहोवाको उपासनालाई जीवनमा पहिलो स्थानमा राख्नुहोस्‌ अनि जुनसुकै कामको लागि यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइ खोज्नुहोस्‌। (उप. १२:१३; गला. ५:१६-१८) वास्तवमा यहोवाले तपाईँको लागि गर्नुभएका सबै उपकारको साटो तपाईँले पूर्ण रूपमा कहिल्यै तिर्न सक्नुहुन्‍न। तैपनि तनमनले उहाँको सेवा गर्दा तपाईँले उहाँको “हृदयलाई खुसी” बनाइरहनुभएको हुनेछ। (हितो. २७:११) यसरी यहोवालाई खुसी बनाउन पाउनु हाम्रो लागि ठूलो सुअवसर हो!

डिसेम्बर ९-१५

बाइबलमा पाइने अनमोल धन भजन ११९:१-५६

“जवान मानिसले कसरी आफ्नो मार्ग स्वच्छ राख्न सक्छ?”

w८७-E ११/१ पृ. १८ अनु. १०

के तपाईँ जीवनको हरेक क्षेत्रमा पवित्र हुनुहुन्छ?

१० पावलले एफिसी ५:५ मा यस्तो चेतावनी दिए: “तिमीहरूलाई थाह छ अनि तिमीहरूले राम्ररी बुझेका पनि छौ कि अवैध यौनसम्बन्ध राख्ने वा अशुद्ध काम गर्ने वा लोभी, जसको अर्थ मूर्तिपूजक हुनु हो, यिनीहरूमध्ये कोही पनि ख्रिष्ट अनि परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” तैपनि प्रत्येक वर्ष हजारौँलाई “आफ्नै शरीरविरुद्ध पाप गरिरहेको” अर्थात्‌ अवैध यौनसम्बन्ध राखेको कारण बहिष्कार गरिन्छ वा अनुशासनमा राखिन्छ। (१ कोरिन्थी ६:१८) तिनीहरूले “होसियार भई [परमेश्‍वरको] वचन पालन” नगरेको हुनाले यस्तो नतिजा भोग्नुपर्ने हुन्छ। (भजन ११९:९) उदाहरणको लागि, थुप्रै भाइबहिनी लामो बिदामा कतै घुम्न जाँदा त्यस्तो प्रलोभनमा फस्ने गर्छन्‌। तिनीहरू आध्यात्मिक सरसङ्‌गतिलाई वास्ता नगरी सँगै घुम्न गएका सांसारिक व्यक्‍तिहरूसित मित्रता गाँस्छन्‌। कतिपय ख्रिष्टियनहरू ती मानिसहरू ‘राम्रै हुन्‌’ भनेर तर्क गर्दै तिनीहरूसित ख्रिष्टियनहरूलाई नसुहाउने गतिविधिमा भाग लिन्छन्‌। साथै कोही-कोही भने आफ्नो सहकर्मीसित बढ्‌तै घुलमिल हुने गर्छन्‌। एक एल्डर आफ्नी महिला सहकर्मीसित यत्ति नजिक भए कि तिनी आफ्नो परिवारलाई त्यागेर त्यही सहकर्मीसित बस्न थाले। त्यसैले तिनलाई बहिष्कार गरियो। बाइबलको यो कुरा कत्ति सत्य छ, “नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।”—१ कोरिन्थी १५:३३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने