जून ९-१५
हितोपदेश १७
गीत १५७ र प्रार्थना | परिचय (१ मि.)
एक इस्राएली दम्पतीले शान्त वातावरणमा बसेर खानेकुराको आनन्द उठाइरहेको छ।
१. वैवाहिक जीवनमा शान्ति कायम गर्नुहोस्
(१० मि.)
शान्ति कायम गर्न तपाईँले गर्नुभएको प्रयास खेर जानेछैन (हित १७:१; चित्र हेर्नुहोस्)
तिलको पहाड नबनाउनुहोस् (हित १७:९; g १०/१४ पृ. ९ अनु. २)
आफ्नो भावनालाई काबूमा राख्नुहोस् (हित १७:१४; ijwbq लेख १५२ अनु. १०)
२. बहुमूल्य रत्न
(१० मि.)
हित १७:२४—यस पदबाट हामी के सिक्न सक्छौँ? (w०६ १०/१ पृ. ६ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) हित १७:१-१७ (th बुँदा १०)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ ३ बुँदा ५)
५. कुराकानी थाल्नुहोस्
(४ मि.) सार्वजनिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ६ बुँदा ४)
६. भाषण
(५ मि.) ijwbv लेख ६०—विषय: हितोपदेश १७:१७ को अर्थ के हो? (th बुँदा १३)
गीत ११३
७. खुलस्त कुराकानी गर्ने बानी बसाल्नुहोस्
(१५ मि.) छलफल।
पारिवारिक जीवन आनन्दित बनाउन चाहिने एउटा महत्त्वपूर्ण कुरा भनेको खुलस्त कुराकानी हो। परिवारका सदस्यहरूले एकअर्कासित खुलस्त कुराकानी गर्दा तिनीहरू सँगै मिलेर काम गर्न सक्छन् र गाह्रो अवस्थामा पनि एकअर्कालाई मदत गर्न सक्छन्। (हित १५:२२) परिवारमा खुलस्त कुराकानी गर्ने वातावरण बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?
एकअर्कासित समय बिताउनुहोस्। (व्य ६:६, ७) पूरै परिवार एकअर्कासित मिलेर काम गर्दा, आध्यात्मिक गतिविधिमा भाग लिँदा अनि एकसाथ रमाइलो गर्दा तिनीहरूबीचको प्रेम र विश्वास बलियो हुँदै जान्छ। साथै सबैले एकअर्कासित मजाले कुराकानी गर्ने समय पनि पाउँछन्। हुनत तपाईँले कहिलेकाहीँ परिवारको खुसीको लागि आफ्नो इच्छा-आकाङ्क्षालाई त्याग्नुपर्ने हुन्छ। तर तपाईँले गर्नुभएका ती त्यागहरू खेर जानेछैनन्। (फिलि २:३, ४) पूरै परिवार सँगै हुँदा तपाईँ कसरी समयको पूर्ण सदुपयोग गर्न सक्नुहुन्छ?—एफि ५:१५, १६.
हामी कसरी परिवारमा शान्ति कायम गर्न सक्छौँ?—एकअर्कासित समय बिताउनुहोस् भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
इलेक्ट्रोनिक डिभाइसको दुरुपयोगले गर्दा परिवारसितको कुराकानीमा कस्तो असर पर्न सक्छ?
यस भिडियोबाट खुलस्त कुराकानी गर्नेबारे तपाईँले अरू के सिक्नुभयो?
ध्यान दिएर सुन्नुहोस्। (या १:१९) आमाबुबा आफूसित रिसाउने हुन् कि वा आफूले भनेको कुरा गलत तरिकाले बुझ्ने हुन् कि भन्ने डरले गर्दा छोराछोरीहरू अक्सर खुलस्त कुराकानी गर्नदेखि हिचकिचाउँछन्। त्यसैले छोराछोरीले कुनै चिन्ताजनक कुरा बताउँदा झनक्क रिसाउने नगर्नुहोस्। (हित १७:२७) बरु समानुभूति देखाउँदै छोराछोरीको कुरा सुन्नुहोस् अनि तिनीहरूको विचार र भावना बुझ्ने प्रयास गर्नुहोस्। यसो गर्नुभयो भने तपाईँले तिनीहरूलाई मायालु तरिकामा सिकाउन वा मदत गर्न सक्नुहुनेछ।
८. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. २७ अनु. १९-२२, पृ. २१२ मा भएको पेटी