जून १६-२२
हितोपदेश १८
गीत ९० र प्रार्थना | परिचय (१ मि.)
१. स्वास्थ्य समस्याको सामना गरिरहेकाहरूलाई प्रोत्साहन दिनुहोस्
(१० मि.)
आफ्नो बोलीमा परमेश्वरको बुद्धि झल्काउनुहोस् (हित १८:४; w२२.१० पृ. २२ अनु. १७)
अरूको अवस्था बुझ्ने कोसिस गर्नुहोस् (हित १८:१३; wp२३.१ पृ. १४ अनु. ३-६)
धीरजी हुनुहोस् र मदत गर्नुहोस् (हित १८:२४; wp२३.१ पृ. १४ अनु. ३-पृ. १५ अनु. १)
आफैलाई सोध्नुहोस्: ‘मेरो जीवनसाथीले शारीरिक वा मानसिक स्वास्थ्य समस्याको सामना गर्दै छन् भने म तिनलाई कसरी मदत गर्न सक्छु?’
२. बहुमूल्य रत्न
(१० मि.)
हित १८:१०—यस पदले यहोवाको नामलाई जादुको छडीको रूपमा प्रयोग गर्न मिल्छ भन्न खोजेको हो? (w१४ ११/१ पृ. ६ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) हित १८:१-१७ (th बुँदा ११)
४. कुराकानी थाल्नुहोस्
(१ मि.) घरघरको साक्षीकार्य। घरधनी बेग्लै भाषा बोल्छन्। (lmd पाठ २ बुँदा ५)
५. फेरि भेट्नुहोस्
(३ मि.) सार्वजनिक साक्षीकार्य। तपाईँले साक्षी दिइरहेको व्यक्तिले छोटकरीमा बताउन भन्छन्। (lmd पाठ ७ बुँदा ४)
६. फेरि भेट्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। परमेश्वरको राज्यबारे एउटा महत्त्वपूर्ण कुरा बताउनुहोस्। (lmd पाठ ९ बुँदा ५)
७. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(४ मि.) प्रदर्शन। ijwfq लेख २९—विषय: तपाईँहरू सबै कुरा छ दिनभित्रै सृष्टि भयो भनेर विश्वास गर्नुहुन्छ? (lmd पाठ ५ बुँदा ५)
गीत १४४
८. “विनावचन” आफ्नो प्रियजनहरूलाई यहोवाको नजिक हुन मदत गर्नुहोस्
(१५ मि.) छलफल।
हालै यहोवाको सेवा नगर्ने कसैकसैलाई हामीमध्ये धेरैले चिन्छौँ होला। जस्तै, हाम्रो विवाहित जोडी, हाम्रा छोराछोरी वा मण्डलीबाट टाढिएका प्रिय साथी। के तपाईँले कहिल्यै तिनीहरूलाई यहोवाको सेवा गर्न करकाप गर्नुभएको छ? वा रुखो वचन बोलेर तिनीहरूलाई यहोवाको उपासना गर्न पो लगाउनुभएको छ कि? हुनत हाम्रो मनसाय राम्रै छ होला तर हामीले बोल्ने शब्दहरूले परिस्थिति अझै बिगार्न सक्छ। (हित १२:१८) त्यसोभए हामी के गर्न सक्छौँ?
पहिलो पत्रुस ३:१ मा विश्वासमा नभएको पतिलाई “विनावचन . . . मनाउन” सकिन्छ भनिएको छ। यदि एक जना ख्रिष्टियन बहिनीको पतिले तिनीसँग बाइबलबारे कुरै गर्न चाहँदैनन् भने पनि तिनले पतिलाई यहोवालाई चिन्न मदत गर्न सक्छिन्। तिनले बाइबलबाट सिकेको प्रेम, दया र बुद्धिजस्ता परमेश्वरलाई खुसी बनाउने गुणहरू आफ्नो व्यवहारमा देखाउँदा त्यसले पतिको मन छुन सक्छ। (हित १६:२३) हाम्रो आचरण र गुणहरूले अहिले यहोवाको सेवा नगर्ने हाम्रा प्रियजनहरूमा राम्रो प्रभाव पार्न सक्छ।—w१० ६/१ पृ. २४ अनु. ४-६
विश्वासको खातिर सफलतासाथ लडिरहेकाहरू—यहोवाको सेवा नगर्ने जीवनसाथी हुनेहरू भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
तपाईँले बहिनी सासाकीको अनुभवबाट के सिक्नुभयो?
तपाईँले बहिनी इतोको अनुभवबाट के सिक्नुभयो?
तपाईँले बहिनी ओकादाको अनुभवबाट के सिक्नुभयो?