प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जुलाई पृ. १२-१३
  • अगस्त १८-२४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १८-२४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जुलाई पृ. १२-१३

अगस्त १८-२४

हितोपदेश २७

गीत १०२ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. साँचो साथी कस्तो हुन्छ?

(१० मि.)

साँचो साथीले साहसी भएर हामीलाई चाहिने सल्लाह दिन्छ (हित २७:५, ६; w१९.०९ पृ. ५ अनु. १२)

साँचो साथीले आफन्तले भन्दा हाम्रो अवस्था अझ राम्ररी बुझ्न सक्छ (हित २७:१०; it-2-E पृ. ४९१ अनु. ३)

साँचो साथीले हामीमा राम्रो प्रभाव पार्छ (हित २७:१७; w२३.०९ पृ. १० अनु. ७)

एक जवान भाइ वृद्ध भाइलाई डाक्टरसित कुरा गर्न मदत दिँदै छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २७:२१—प्रशंसा पाउँदा हामीले देखाउने प्रतिक्रियाले कुन कुरा प्रस्ट पार्छ? (w०६ १०/१ पृ. ६ अनु. ७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित २७:१-१७ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। घरधनीले आफ्नै धार्मिक आस्था छ भनेर बताउँछन्‌। (lmd पाठ ६ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। शिक्षण सामग्रीबाट कुनै एउटा भिडियो प्रयोग गर्नुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

६. भाषण

(५ मि.) ijwyp लेख ७५—विषय: साथीले मेरो चित्त दुखायो भने के गर्ने? (th बुँदा १४)

ख्रिष्टियन जीवन

गीत १०९

७. “ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ”

(१५ मि.) छलफल।

यहोवाले हामीलाई विश्‍वव्यापी परिवारको भाग हुने सुअवसर दिनुभएको छ, जहाँ हामीले मायालु साथीहरू पाउन सक्छौँ। हुनत तपाईँ मण्डलीमा भएका सबैसित मित्रैलो व्यवहार गर्नुहुन्छ होला तर तपाईँ तिनीहरूमध्ये कति जनासित घनिष्ठ हुनुहुन्छ? कसैसित बलियो मित्रता गाँस्न एकअर्कालाई राम्ररी चिन्‍नुपर्छ, भरोसा गर्नुपर्छ, मन खोलेर कुराकानी गर्नुपर्छ र निःस्वार्थ भई एकअर्कालाई मदत गर्नुपर्छ। त्यसैले मित्रता गाँस्न र त्यसलाई बलियो बनाइराख्न समय र प्रयास दुवै चाहिन्छ।

हितोपदेश १७:१७ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • महासङ्‌कष्ट आउनुअघि नै भाइबहिनीसित घनिष्ठ मित्रता गाँस्नु किन बुद्धिमानी हो?

दोस्रो कोरिन्थी ६:१२, १३ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यी पदहरूमा पाइने सल्लाहले साथीहरू बनाउन कसरी मदत गर्छ?

“‘सबै कामको लागि उचित समय छ’​—⁠मित्रता गाँस्न समय लाग्छ” भिडियोको एक दृश्‍य। अगस्त र बेन बास्केटबल खेल्ने ठाउँको बेन्चमा बसिरहेका छन्‌। अगस्तले बेनलाई बास्केटबल दिँदै छन्‌।

“सबै कामको लागि उचित समय छ”—मित्रता गाँस्न समय लाग्छ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यस भिडियोबाट मित्रता गाँस्ने सन्दर्भमा तपाईँले के सिक्नुभयो?

तपाईँ मीठो मुस्कान दिएर वा न्यानो अभिवादन गरेर मित्रताको बिउ छर्न सक्नुहुन्छ अनि तिनलाई व्यक्‍तिगत चासो देखाएर त्यो बिउमा पानी हाल्न सक्नुहुन्छ। मित्रतालाई बलियो बनाउन समय लाग्छ, त्यसैले धीरजी हुनुहोस्‌। यसो गर्दा तपाईँले सधैँभरि रहिरहने मित्रता गाँस्न सक्नुहुनेछ।

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ १०-११

समापन टिप्पणी (३ मि.) | गीत ११८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने