प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ १/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • यी अनुभूतिहरूलाई म कसरी हटाउन सक्छु?
    ब्यूँझनुहोस्‌!—१९९५
  • “म यहोवाको लागि मूल्यवान्‌ छु!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • पाठकहरूको प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९५
ब्यूँझनुहोस्‌!—१९९६
g९६ १/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

कामकुरो पन्छाउनु “कामकुरो पन्छाउनु—समय चोर्नु हो” (अप्रिल-जून, १९९५) लेख व्यवहारिक र विनोदपूर्ण ढंगमा लेखिएको थियो। यो लेख पढ्‌दा मलाई आफैदेखि हाँसो उठ्यो। किनभने आध्यात्मिक कुरालाई पन्छाउने मेरो साह्रै नराम्रो आदत छ।

एफ. बी. एच., ब्राजिल

धेरै अघिदेखि मलाई कामकुरो पन्छाउने बानी परेको छ। त्यसर्थ यो मेरोलागि समयानुकूल जानकारी थियो। लेख राम्रो थियो। समयको सदुपयोग गर्न यस जानकारीलाई चलाउने मेरो योजना छ। अन्य लेखहरूको लागि धन्यवाद दिन चाहेर पनि सकेकी थिइनँ। अन्ततः त्यो अहिले पूरा गरेकी छु।

एम. एच., संयुक्‍त राज्य

सरसरती पत्रिका हेर्दा यो लेख देखें। यस लेखको परिचय मात्र पढेर बाँकी भाग पछि पढ्‌ने विचार गरेकी थिएँ। तर सुरुका शब्दहरूले यसो भन्यो: “एकछिन पर्खनुहोस्‌! यो लेखलाई पूरै नपढी त्यतिकै नछोड्‌नुहोस्‌!” अहिले म नियाल्छु, कामकुरो पन्छाएर मैले आफैलाई समयको चोर बनाएको रहेछु।

ए. इ., इटाली

म सुचिकार हुँ। कामकुरो पन्छाउनु मेरो जीवनपद्धति नै भइसकेको थियो। ठीक समयमा काम सिध्याउन र बाँकी समयको सदुपयोग गर्ने योजना बनाउनको लागि सूची तयार पार्न वास्तै गर्दिनथें। तर अहिले तपाईंहरूका सुझावहरूलाई प्रयोग गर्न सिकेको छु। र त्यसबाट प्राप्त राम्रा परिणामहरूको आनन्द उठाइरहेको छु।

एस. एन. नाइजेरिया

अन्तिम दिन एक पूर्ण-समय सुसमाचारकको हैसियतमा हाम्रा पत्रिकाहरूको लागि तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। अप्रिल २२, १९९५ को अंकमा “के यी अन्तिम दिनहरू हुन्‌?” भन्‍ने मुख्य विषयक पत्रिकामा प्रकाशित लेखहरू क्रमशः पढ्‌दै जाँदा मलाई के लाग्यो भने, ‘यी लेखहरू कति सुस्पष्ट, वास्तविक र राम्रोसित चित्रण गरिएका छन्‌! लेखको रूपरेखा, उत्कृष्ट चित्र तथा शीर्षकहरूले वास्तविक कुरा स्पष्टसित नियाल्न मानिसहरूलाई मदत दिएका छन्‌ र पत्रिकालाई पढ्‌न तथा बुझ्न सजिलो बनाएको छ। यस्तो पत्रिका छिमेकीहरूलाई प्रस्तुत गर्न पाउँदा आनन्द महसुस गरें।

जे. बी., संयुक्‍त राज्य

कम्मरमा निक्लने खटिरा “कम्मरमा निक्लने खटिराको—पीडालाई सामना गर्ने।” (अप्रिल २२, १९९५) लेख पढें। त्यसको तीन दिनपश्‍चात्‌ तपाईंहरूको लेखमा वर्णन गरिएको कम्मरमा निक्लने खटिरासित ठ्याक्क मिल्ने खटिरा मेरो शरीरमा देखा पऱ्‍यो। पक्कै पनि मलाई कम्मरमा निक्लने खटिरा निक्लेको हुनसक्छ भन्ठानेर चिकित्सकलाई भनें। साँच्चै मलाई त्यही रोग लागेको थियो। मैले रोग ठीकसित चिन्‍न सकेकीले तिनले मलाई “तिमी एकदमै ज्ञानी छौ” भने। समयमै रोग पत्ता लागेकोले यो रोग लागेको अधिकांश बिरामीहरूले जस्तो मैले पीडा भोग्नु पर्नेछैन भनेर तिनले भने। लेखको लागि तपाईंहरूलाई धन्यवाद!

के. बी., संयुक्‍त राज्य

माट्रेश्‍का “माट्रेश्‍का—कस्तो गुडिया!” (अप्रिल २२, १९९५) लेखको लागि धन्यवाद। यसको लेखनशैलीले म अति प्रभावित भएँ। चित्रहरू आकर्षक छन्‌! सानैदेखि म गुडिया भनेपछि हुरुक्क हुन्थें। तर यसको सुरुआतबारे मलाई केही थाह थिएन। अब कसैलाई मेरो लागि एउटा किन्‍न लगाउनुपऱ्‍यो!

एम. टी., इटाली

समलैंगिकता सहायक सेवक तथा अग्रगामीको हैसियतमा म पूर्ण-समय सुसमाचारक हुँ। समलैंगिकताबारे “युवा जनहरू सोध्छन्‌ . . . ” लेख मेरै लागि लेखिएको जस्तो लाग्छ! (फेब्रुअरी ८, फेब्रुअरी २२ र मार्च २२, १९९५) किशोरावस्था तथा त्यस अघि मैले समलैंगिक सम्बन्ध राखेको थिएँ। मैले त्यसलाई त्यागें। तापनि ती कुभावनाहरूको सामना गर्न कठिन परिरहेको छ। अन्ततः यी लेखहरूको मदतद्वारा म मेरा भावनाहरू बुझ्छु र यसको सामना गर्ने मदत प्राप्त गरेको छु।

नाउँ गोप्य राखिएको छ, डेनमार्क

बाल्यकालदेखि नै म यौन दुर्व्यवहारको शिकार भएँ। मलाई कसैले पनि प्रेम र सहानुभूति कहिल्यै देखाएन। मैले समलैंगिक सम्बन्ध राखें। तर समलैंगिकताको मनोवृत्तिले जगाउने लाज, पीडा, दुःख र निराशाहरूबारे जवान मानिसहरूलाई थाह हुँदो हो त तिनीहरू त्यसबाट अलग्ग बस्थे होलान्‌। धेरै जना यस विषयमा कुरा गर्न चाहँदैनन्‌ तर तपाईंहरूले यसलाई स्पष्टसित बुझाइदिनुभयो। यस्ता विषयहरू प्रकाशित गर्नुभएकोमा म आन्तरिक हृदयबाट धन्यवाद टक्राउँछु।

नाउँ गोप्य राखिएको छ, ब्राजिल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने