प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १२/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एड्‌स र एसिया
  • बाल दुर्व्यवहार र रोगप्रतिरोधक क्षमता
  • हात धुनुहोस्‌!
  • सांघातिक हेपाटाइटिस-बी
  • घरभित्र वायु प्रदूषण
  • स्वस्थ जीवनशैली प्रवर्धन गर्नु
  • परमेश्‍वरमाथि विश्‍वास गर्ने वैज्ञानिकहरू
  • निराश पीढी
  • विश्‍व भ्रमण गर्ने जीवाणुहरू
  • कच्याङकुचुङ खानु र दाँत कीराले खानु
  • सुक्दै गरेको गंगा
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९८
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १२/८ पृ. २८-२९

विश्‍वदर्शन

एड्‌स र एसिया

पश्‍चिमी मुलुकहरूमा जाँचपड्‌तालद्वारा पत्ता लागेका एड्‌स रोगीहरूको संख्या अलि कम हुन थालेको भए तापनि एसियाका कतिपय ठाउँहरूमा यो महामारीले विकराल रूप धारण गर्न थालिसकेको छ। एसियावीक-को प्रतिवेदनअनुसार भारतमा एड्‌स रोगीहरूको संख्या “१९९० दशकको मध्यतिर ७१ गुणा वृद्धि” भयो। सन्‌ १९९० ताक एड्‌स रोगी धेरै हुने मुलुकहरूमध्ये ५७ औं क्रममा पर्ने राष्ट्र थाइल्याण्ड १९९० दशकको बीचसम्ममा पाँचौंमा पुग्यो। कम्बोडिया १७३ औं स्थानबाट ५९ औं स्थानमा पुग्यो। यति नै समयभित्र फिलिपिन्समा पनि एड्‌स रोगीहरू १३१ प्रतिशतले बढे। यीमध्ये कतिपय मुलुकहरूमा बाल-यौन व्यापार फस्टाउँदै गएकोले नै यो संख्या बढेको हो भनेर धेरैलाई थाह छ। तर “पर्यटन व्यवसायमा भर पर्नुपर्ने” मुलुकका केही नेताहरू यसको विरोधमा “कुनै ठोस कदम चाल्न अनिच्छुक छन्‌” भनेर पनि एसियावीक उल्लेख गर्छन्‌।

बाल दुर्व्यवहार र रोगप्रतिरोधक क्षमता

जापानको मिया विश्‍वविद्यालयको अनुसन्धानअनुसार बालबालिकालाई लामो समयसम्म दुर्व्यवहार गरिएको छ भने उसको रोगप्रतिरोधक क्षमता ह्रास हुँदै जान्छ र सजिलै रोग लाग्नसक्छ। उक्‍त विश्‍वविद्यालयले मस्तिष्कको रक्‍तश्राव वा शारीरिक दुर्व्यवहारले गर्दा मरेको महिनादिनदेखि नौ वर्षभित्रका ५० जना बच्चाहरूको अध्ययन गरेको थियो। “रोगप्रतिरोधक प्रणालीका कार्यहरूलाई नियन्त्रण गर्ने” थाइमस ग्रन्थिहरू ती बच्चाहरूमा “सामान्यभन्दा आधा घटेको थियो” भनी माइनीची डेलि न्युज रिपोर्ट गर्छ। जति धेरै समयसम्म शारीरिक दुर्व्यवहार गरियो उति नै बढी थाइमस ग्रन्थिहरू सुक्ने गरेको भेटियो। उक्‍त पत्रिका भन्छ, वास्तवमा “छ महिनाभन्दा धेरै समयसम्म शारीरिक दुर्व्यवहार भोग्ने बच्चाहरूको ग्रन्थीको तौल दुर्व्यवहार नगरिएका बच्चाहरूको तुलनामा १६ भागको १ भाग मात्र भएको पाइयो।” मानसिक दुर्व्यवहार भोग्ने वा आमाबाबुले भोजन उपलब्ध गराउन नसकेकोले कुपोषणका शिकार हुने बच्चाहरूको यसरी नै थाइमस ग्रन्थिहरू सुकेको अनुसन्धानकर्ताहरूले पाए।

हात धुनुहोस्‌!

इटालेली समाचारपत्र कोरीरे डेल्या सेरा बताउँछ, “धेरैजसो संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी, सजिलो तथा किफायती तरिका हात धुनु हो।” यद्यपि, प्रत्येक १० इटालेलीमध्ये ३ जनाले शौचालय प्रयोग गरिसक्नेबित्तिकै खाना खाने भए तापनि हात नधोएको पाइयो।” यो सर्वेक्षणको नतिजा अन्य मुलुकहरूमा गरिएको यस्तै सर्वेक्षणबाट पत्ता लागेको नतिजासित झन्डै दुरुस्त मिल्छ। सूक्ष्मजीवविशेषज्ञ एन्रिको माल्यानो बताउँछन्‌, “कीटाणुहरू हातबाट खानामा सर्छन्‌ र त्यो खाना खाने जति सबैलाई यो कीटाणु पनि सर्छ।” यसरी कीटाणु सर्नदेखि कसरी रोक्न सकिएला? तातो वा मनतातो पानी र साबुनले कम्तीमा पनि ३० सेकेण्डजति (जीवाणु हटाउन कम्तीमा त्यति समय लाग्छ) हात र नङ राम्ररी धुनुहोस्‌। यसको अर्थ १० देखि १५ सेकेण्डसम्म हात माडेर धुनु हो। उक्‍त लेख भन्छ, हातदेखि सुरु गरेर औंलासम्म राम्ररी धुनुहोस्‌ र राम्ररी सुकाउनुहोस्‌।

सांघातिक हेपाटाइटिस-बी

विश्‍व स्वास्थ्य संघको अनुमानअनुसार वर्षेनी दश लाखभन्दा धेरै मानिसहरू हेपाटाइटिस-बीले गर्दा मर्छन्‌। भारतमा यस रोगको कारण मर्नेहरू लगभग १,५०,००० जना छन्‌ भनी बालविशेषज्ञ जगदीश चिनाप्पा बताउँछन्‌। भारतमा “साढे तीनदेखि ४ करोड मानिसहरू एच बि भि-द्वारा [हेपाटाइटिस-बी-भाइरस] ग्रसित भएको र यो संख्या विश्‍वभरि हेपाटाइटिस-बीले पीडित व्यक्‍तिहरूको १० प्रतिशत हो,” भनी औषधी उत्पादनसम्बन्धी बहुराष्ट्रिय कम्पनीद्वारा आयोजित सम्मेलनमा तिनले बताएको द टाइम्स अफ इण्डिया रिपोर्ट गर्छ। उक्‍त समाचारपत्र अझै यसो भन्छ, “कलेजोको दीर्घ रोगबाट सताइने दुइमध्ये एक र कलेजोको क्यान्सर हुन थालेका १० रोगीहरूमध्ये आठ जना हेपाटाइटिस-बीको संक्रमणले गर्दा नै बिरामी भएका हुन्‌।”

घरभित्र वायु प्रदूषण

वायु प्रदूषणसित सम्बन्धित रोगहरूको कारण भारतमा वर्षेनी २२ लाख मानिसहरू मर्छन्‌ भनी भारतको नयाँ दिल्लीस्थित टाटा उर्जा अनुसन्धान संस्थानले (टि इ आर आइ) हालै गरेको अध्ययनबाट देखिएको छ। दी इण्डियन एक्सप्रेस रिपोर्ट गर्छ, उक्‍त अध्ययनअनुसार यसो हुनुको मूल कारण घरभित्रको वायु प्रदूषण हो। घना आबादी भएको फोहर बस्तीमा गोल, दाउरा वा गुइँठा बालेर खाना पकाउने आइमाईहरू बढी खतरामा छन्‌। बाह्‍य वायु प्रदूषण नियन्त्रण गर्न कदमहरू चालिएका भए तापनि करोडौं मानिसहरूलाई घरभित्रै हुने प्रदूषणको खतराबाट जोगाउन त्यस्तो खास केही नगरिएको विशेषज्ञहरूले महसुस गरेका छन्‌। टि इ आर आइ-का सञ्चालक आर. के. पाचौरी भन्छन्‌, “तत्कालै कुनै समाधान होला जस्तो नदेखिएको यो संकटतर्फ अहिले सबैको ध्यान गएको छैन।”

स्वस्थ जीवनशैली प्रवर्धन गर्नु

मानिसजातिले अब बढ्‌दो “पीडाको संकट” सामना गर्नुपर्नेछ भनी विश्‍व स्वास्थ्य प्रतिवेदन १९९७-मा विश्‍व स्वास्थ्य संघले (डब्लू एच ओ) चेताउनी दिएको छ। क्यान्सर तथा हृदयरोगबाहेक दीर्घकालीन स्वास्थ्य समस्याहरूले गर्दा वर्षेनी झन्डै साढे दुइ करोड जति मानिसहरू मरिरहेका छन्‌ भने अन्य करोडौं यी रोगहरूबाट ग्रसित हुनसक्ने खतरा पनि उत्तिकै बढिरहेको छ। अबका २५ वर्षभित्र अधिकांश देशहरूमा क्यान्सर रोगीहरूको संख्या दुइ गुणा बढ्‌ने अनुमान गरिएको छ। अक्सर धनाढ्य राष्ट्रका जनताहरूमा देखिने हृदयरोग तथा पक्षघात अब गरिब मुलुकहरूमा पनि छ्यासछ्यास्ती बढ्‌नेछ। यस्तो हुनसक्ने सम्भावना बढी भएकोले विश्‍वभरि स्वस्थ जीवनशैली प्रवर्धन गर्न र अस्वास्थ्यकर भोजन, धूम्रपान, मोटोपन अनि कसरतको कमीले हुनसक्ने खतराहरू कम गर्न डब्लू एच ओले “व्यापक तथा निरन्तर” अभियान चलाउन आह्वान गरेको छ।

परमेश्‍वरमाथि विश्‍वास गर्ने वैज्ञानिकहरू

सन्‌ १९१६ मा अमेरिकी मनोचिकित्सक जेम्स लबाले विभिन्‍न १,००० वैज्ञानिकहरूलाई परमेश्‍वरमाथि विश्‍वास गर्छन्‌ कि गर्दैनन्‌ भनेर सोधे। अनि तिनीहरूले के जवाफ दिए? ती वैज्ञानिकहरूमध्ये ४२ प्रतिशतले परमेश्‍वरमाथि आफ्नो विश्‍वास भएको बताए भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। शिक्षाको ज्योति फैलदै गएपछि परमेश्‍वरमाथिको विश्‍वास घट्‌दै जाने लबाले पूर्वानुमान लगाए। अहिले ८० वर्षपछि हालै आएर जर्जिया विश्‍वविद्यालयका एड्‌वार्ड लार्सनले लबाले गरेको प्रसिद्ध सर्वेक्षण फेरि दोहऱ्‍याए। त्यही प्रश्‍न र त्यही तरिकामा लार्सनले जीवशास्त्री, भौतिकशास्त्री र गणितज्ञहरूलाई मानवजातिसित सक्रिय रूपमा सम्पर्क राख्नुहुने परमेश्‍वरमाथि विश्‍वास गर्नुहुन्छ भनी सोधे। आज पनि त्यसबेला जस्तै लगभग ४० प्रतिशत वैज्ञानिकहरूले परमेश्‍वरमाथि आफ्नो विश्‍वास व्यक्‍त गरेको प्राप्त नतिजाले देखाएको छ। डा. लार्सनको भनाइअनुसार “लबाले त्यतिबेला या त मानव मस्तिष्कको या विज्ञानले मानिसका सम्पूर्ण आवश्‍यकताहरू तृप्त गर्नसक्छ भनेर गलत अनुमान लगायो।”

निराश पीढी

आजका १५ देखि २४ वर्षबीचका युवाहरूको मनोवृत्ति दुइ पीढीअघिका युवाहरूसितको मनोवृत्तिसित तुलना गरेर हेर्दा हाल लागूपदार्थको दुर्व्यसन, अपराध तथा आत्महत्या दर बढेको दी अस्ट्रेलियन समाचारपत्रले रिपोर्ट गरेको छ। रणनीति विश्‍लेषक तथा विज्ञानसम्बन्धी लेखहरूका लेखक रीचर्ड एकरज्लीले आजका धेरैजसो युवाहरूको भावनालाई समेटेर यसो भने: “तरुण पीढीको विचारअनुसार जीवन रोमाञ्चक, रमाइलो, स्वाधीन हुनुपर्छ र आफूलाई मनलागेको जस्तो जीवन बिताउन पाउनुपर्छ। यसबाहेक तिनीहरू समाजमा भएका समस्याहरू समाधान गर्न सरकार असमर्थ भएको र स्वयं आफैले पनि सामाजिक अवस्थामा कुनै सुधार ल्याउन नसकेकोले लाचार महुसस गरेको बताउँछन्‌।” शानू नाउँकी १५ वर्षीया केटी भन्छिन्‌: “जनसंख्या बढ्‌दैछ र जागिर थोरै, बस्ने सुविधा थोरै, सबै कुरा थोरै हुँदै गएकोले हामीले संघर्ष गर्नु परिरहेको छ।”

विश्‍व भ्रमण गर्ने जीवाणुहरू

हवाईजहाजको दिसापिसाब जम्मा हुने ट्यांकीमा जीवाणु मार्न भनेर रासायनिक पदार्थहरू राखिएका हुन्छन्‌ तर केही जीवाणुहरू भने मर्दैनन्‌ भनी न्यु साइन्टिस्ट पत्रिका रिपोर्ट गर्छ। उत्तर क्यारोलाइना विश्‍वविद्यालयका वातावरणसम्बन्धी वैज्ञानिक मार्क सोब्सीले संयुक्‍त राज्य अमेरिकामा अवतरण गरिएका अन्तरराष्ट्रिय उडानहरूबाट निष्कासित झन्डै आधाजसो फोहरमैला परीक्षण गर्दा त्यसमा जीवाणुहरू जीवितै फेला पारे। संयुक्‍त राज्य अमेरिकामा हवाईजहाजबाट निष्कासित फोहरमैला अक्सर सार्वजनिक ढलमा हालिन्छ र पछि पानी वा माटोमा मिल्काइन्छ। यसो गर्दा ती फोहरमा रहेका केही जीवाणुहरूले हेपाटाइटिस ए र ई, मेनिन्जाइटिस र पोलियोजस्ता रोगहरू सार्नसक्छन्‌। सोब्सी अझै भन्छन्‌: “अन्तरराष्ट्रिय विमानहरूले सार्नसक्ने रोगहरूको सूची निकै चिन्ताजनक छ।”

कच्याङकुचुङ खानु र दाँत कीराले खानु

गुलियो खानेकुरा कम गरेर दाँतलाई सड्‌नदेखि जोगाउन सकिन्छ भनेर पत्ता लागेको निकै भइसक्यो। तथापि, तपाईं कहिले र कति समयको अन्तरालमा कच्याङकुचुङ खाइरहनुहुन्छ, त्यो विचार गर्नु सबैभन्दा महत्त्वपूर्ण छ भनी दाँतसम्बन्धी पारिवारिक निर्देशक आफ्नो परिवारको मुस्कानलाई कसरी जोगाउने-मा (अंग्रेजी) रिपोर्ट गर्छ। गुलियो भोजन वा प्रशोधित कार्बोहाइड्रेट्‌स दाँतको प्लेकसित सम्पर्क हुनेबित्तिकै त्यहाँ एसिड उत्पन्‍न हुन्छ र त्यसले दाँतको इनामेलमा लगभग २० मिनेटसम्म असर गर्छ भनी उक्‍त पुस्तिकामा उल्लेख गरिएको छ। यस्तो भइरहेको बेला दाँतहरूमा प्वाल पर्नसक्छ। त्यसबाहेक, “प्रत्येक पल्ट गुलियो वा स्टार्चयुक्‍त खानेकुरा खानुहुँदा त्यसो हुन्छ।” अतः कच्याङकुचुङ खान लाग्नुभएको छ भने “एकै चोटी ग्वाम्मै खानु बेस हुन्छ।” यसो गर्नुभयो भने दाँतमा एकै पटक मात्र एसिड उत्पन्‍न हुन्छ। नत्रता, धेरै समय लाएर त्यही खाना चुबुरचुबुर खाइरहनुभयो भने एसिडले गर्दा दाँतमा पुग्ने असर पनि लम्बिन्छ। दाँतलाई कीरा लाग्नबाट जोगाउन दिनमा कम्तीमा दुइ पटक दाँत माझ्ने सुझाउ दन्त विशेषज्ञहरू दिन्छन्‌। यसबाहेक, डेन्टल फ्लस प्रयोग गरेर दाँतहरूबीच पनि सफा गर्न नबिर्सनुहोस्‌।

सुक्दै गरेको गंगा

भारतको गंगा नदीलाई करोडौं हिन्दूहरू पवित्र मान्छन्‌। नदीको किनारहुँदो खेतबारीको निम्ति गंगा नदी जीवनस्रोत पनि भएको छ। तर अहिले गंगा नदीको पानी धमाधम घट्‌दैछ र नदी सुकेकोले बीचबीचमा सुक्खा जमीन देखा पर्नुका साथै पहिलेको किनारा पनि सुक्खा भएको छ भनी इण्डिया टुडे रिपोर्ट गर्छ। पर्याप्त मात्रामा पानी नपरेकोले र सिंचाइको निम्ति ठाउँ ठाउँमा प्रशस्तै नहरहरू खनिएकोले नै नदीको पानी यसरी अचानक घटेको हो भन्‍ने अनुमान छ। प्रान्तको कृषिजन्य उत्पादनहरू नष्ट हुनसक्ने डरको अतिरिक्‍त पानीको कमीले गर्दा माटो थुप्रिनाले कलकत्ता बन्दरगाह पनि बन्द हुनसक्छ भनी उक्‍त रिपोर्ट बताउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने