प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ७/८ पृ. ५-७
  • परमेश्‍वरको स्वरूपमा या पशुको?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको स्वरूपमा या पशुको?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी पशुहरूभन्दा कुन कुन कुराहरूमा भिन्‍न छौं
  • आकास जमीनको भिन्‍नता?
  • ढलपलाउँदो सिद्धान्त
  • दुःखदायी परिणामहरू
  • सृष्टिलाई उपासना गर्ने या सृष्टिकर्तालाई?
  • विकासवादी सिद्धान्त पुर्पक्षमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • मानवहरू—हामी को हौं?
    ब्यूँझनुहोस्‌!—१९९८
  • के जनावरहरू स्वर्ग जान्छन्‌?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • जीवनमा अझ बढी केही छ!
    जीवनमा अझ बढी केही छ!
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ७/८ पृ. ५-७

परमेश्‍वरको स्वरूपमा या पशुको?

प्रथम पुरुष आदमलाई “परमेश्‍वरका छोरा” भनियो। (लूका ३:३८) अरू कुनै पनि पशुले त्यस्तो सम्मान पाएको छैन। तैपनि, बाइबलले पशु र मानिसबीच केही समानताहरू छन्‌ भनी देखाउँछ। उदाहरणका लागि, मानिस र पशु दुवै प्राणी हुन्‌। परमेश्‍वरले आदमलाई सृष्टि गर्नुहुँदा “मानिस जीवित प्राणी भयो” भनी उत्पत्ति २:७ ले बताउँछ। पहिलो कोरिन्थी १५:४५ ले सहमति जनाउँदै यस्तो भन्छ: “पहिलो मानिस आदम जीवित प्राणी भयो।” मानिस स्वयं नै प्राणी भएको हुँदा प्राण मृत्युपछि पनि जीवित रहिरहने कुनै अस्पष्ट वस्तु होइन।

पशुहरूको सन्दर्भमा उत्पत्ति १:२४ ले यसो भन्छ: “पृथ्वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु-पशुहरू, घस्रने जन्तुहरू र जात-जातका वन-पशुहरू उत्पन्‍न गरोस्‌।” त्यसैले मानिसलाई परमेश्‍वरकै स्वरूपमा सृजिएको प्रकाश पारेर सम्मान दिइए तापनि बाइबलले पशुहरूलगायत हामी पार्थिव प्राणीहरूको तल्लो दर्जाबारे पनि सम्झना दिलाउँछ। तैपनि मानव र पशुबीच अर्को एउटा कुरा पनि समान छ।

बाइबल भन्छ: “ती दुवैको एउटै दुर्दशा हुन्छ—अर्थात्‌ ती दुवैमाथि मृत्यु आइपर्दछ। . . . मानिसहरूको पशुहरूमाथि कुनै प्राधान्यता हुँदैन। किनभने सबै माटैले बनिएका हुन्‌, औ सबै माटैमा मिल्नेछन्‌।” हो, मृत्यु हुँदा मानिस र पशुको हालत एउटै हुन्छ। दुवै “माटैबाट” निकालिएका थिए र “माटैमा” जान्छन्‌।—उपदेशक ३:१९, २०; उत्पत्ति ३:१९.

तर मृत्यु हुँदा मानिसहरू किन अत्यन्तै शोकित हुन्छन्‌? हामी किन सधैंभरि बाँच्ने सपना देख्छौं? अनि हाम्रो जीवनमा किन उद्देश्‍य हुनुपर्छ? पक्कै पनि हामी पशुहरूभन्दा धेरै भिन्‍न छौं!

हामी पशुहरूभन्दा कुन कुन कुराहरूमा भिन्‍न छौं

यदि जीवनमा खाने, सुत्ने र सन्तान जन्माउनुबाहेक अरू कुनै उद्देश्‍य छैन भने के तपाईं खुसी हुनुहुनेछ? यस कुराले विकासवादका कट्टर समर्थकलाई पनि द्विविधामा पारेको छ। विकासवादी टि. डोबजान्स्की यस्तो लेख्छन्‌: “यस आधुनिक प्राणी अर्थात्‌ प्रबुद्ध शंकालु र अज्ञेयवादी मानिसले मनमनै भए पनि यो पुरानो प्रश्‍न सोधिरहेकै हुन्छ: के मेरो जीवनको अर्थ र उद्देश्‍य जीवित रहनु तथा मानवचक्र कायम राख्नु मात्रै हो? म बस्ने ब्रह्‍माण्ड सृष्टि हुनुमा कुनै अर्थ छ?”

निस्सन्देह, सृष्टिकर्ताको अस्तित्वलाई नकार्दैमा जीवनको अर्थ जान्‍ने मानिसको इच्छा ठप्प बन्द हुँदैन। इतिहासकार आर्नोल्ड टोइनबीलाई उद्धृत गर्दै रिचर्ड लिकिले यसो लेखे: “मानवमा हुने आध्यात्मिक क्षमताले गर्दा आफू यस ब्रह्‍माण्डमा जन्मिनुको यथार्थ बुझ्न मानिस जिन्दगीभर भौंतारिन्छ।”

तैपनि, मानव स्वभाव, हाम्रो सुरुआत र हाम्रो आध्यात्मिकताबारे आधारभूत प्रश्‍नहरू अझै खड्‌किरहन्छन्‌। स्पष्टतः मानिस र पशुबीच ठूलो भिन्‍नता छ। कति ठूलो भिन्‍नता?

आकास जमीनको भिन्‍नता?

विकासवादको सिद्धान्तको एउटा मुख्य समस्या नै मानिस र पशुबीच विद्यमान निकै ठूलो भिन्‍नता हो। साँच्चै यो कत्तिको भिन्‍न छ? विकासवादीहरूले नै यसबारे बताएका केही कुराहरू विचार गर्नुहोस्‌।

उन्‍नाइसौं शताब्दीमा विकासवाद सिद्धान्तका एक प्रख्यात समर्थक थोमस एच. हक्स्लीले लेखे: “मानिस र पशुबीच . . . अत्यन्तै ठूलो भिन्‍नता छ भनी मलाई जत्तिको विश्‍वास अरूलाई छैन होला . . .  किनभने मानिसमा मात्र अद्‌भुत बुद्धि र समझदार बोलीको गुन छ [र] . . . ती निमुखा पशुहरूभन्दा असाध्यै उच्च स्थानमा छन्‌।”

विकासवादी माइकल सि. कोर्बालिस यस्तो टिप्पणी गर्छन्‌, “मानव र अन्य नरवानरबीच उल्लेखनीय भिन्‍नता छ . . . ‘हाम्रो दिमाग ती नरवानरहरूको भन्दा तीन गुना ठूलो छ।’ ” अनि स्नायुविद्‌ रिचर्ड एम. रेस्टक यस्तो बताउँछन्‌: “यस ब्रह्‍माण्डमा [मानव] मस्तिष्क मात्र एउटा यस्तो अंग हो जसले आफ्नो अस्तित्वबारे बुझ्ने प्रयास गर्छ।”

लिकि स्वीकार्छन्‌: “सजगताले वैज्ञानिकहरूलाई समस्यामा पारेको छ र कसै कसैको विचारमा यो समस्या सुल्झाउनै सकिंदैन। आफ्नो व्यक्‍तित्वबारे सजग हुने ज्ञानेन्द्रिय यस्तो अद्‌भुत छ कि हाम्रो विचार र कार्य दुवैलाई यसले अझ तीक्ष्ण बनाउँछ।” तिनी यसो पनि भन्छन्‌: “भाषाले पक्कै पनि होमो सापियनस [मानव] र बाँकी प्राकृतिक संसारबीच ठूलो खाडल पैदा गर्छ।”

मानव मनको अर्को अद्‌भुत कुरा औंल्याउँदै पिटर रसल यसो लेख्छन्‌: “निस्सन्देह, स्मरणशक्‍ति मानव संकायको सबैभन्दा महत्त्वपूर्ण भाग हो। यो छैन भने साधारणतया मानवसित सम्बन्धित . . . कुनै पनि गुनको विकास हुँदैन। . . . कुनै बौद्धिक कार्य हुँदैन, भाषाको विकासै हुँदैन . . .।”

यसबाहेक, कुनै पनि पशुले उपासना गर्दैन। अतः, एडवर्ड ओ. विल्सन भन्छन्‌: “मानव मनको सबैभन्दा जटिल तथा प्रभावकारी पक्ष धार्मिक झुकाउ हो र यो मानिसको अन्तरनिहित गुन हो भन्‍नु गलत नहोला।”

“मानव स्वभावमा अन्य थुप्रै डार्विन रहस्यहरू छन्‌” भनी विकासवादी रबर्ट राइट स्वीकार्छन्‌। “ठट्यौली र हँस्सी मिजासको उद्देश्‍य के हो? केही मानिसहरूले मृत्युशैय्यामा परेपछि किन पाप स्वीकार्छन्‌? . . . शोकले वास्तवमा के गर्छ? . . . मर्ने मान्छे त मरिसक्यो तर बाँकी मानिसहरूले शोक गर्दैमा उसको वंश चल्छ र?”

विकासवादी इलेन मोर्गन यो कुरा स्वीकार्छिन्‌: “मानिसहरूसम्बन्धी चार वटा सबैभन्दा उल्लेखनीय रहस्यहरू यसप्रकार छन्‌: (१) तिनीहरू किन दुई खुट्टाले हिंड्‌छन्‌? (२) तिनीहरूको भुत्ला किन नभएको? (३) किन तिनीहरूको त्यत्रो ठूलो दिमाग भएको? (४) तिनीहरूले किन बोल्न सिकेका?”

विकासवादीहरूले यसको जवाफ कसरी दिन्छन्‌? मोर्गन भन्छिन्‌: “यी प्रश्‍नहरूको सबैभन्दा सरल जवाफ हो: (१) ‘हामीलाई अझै थाह छैन’; (२) ‘हामीलाई अझै थाह छैन’; (३) ‘हामीलाई अझै थाह छैन’ र (४) ‘हामीलाई अझै थाह छैन।’ ”

ढलपलाउँदो सिद्धान्त

असन्तुलित वनमान्छे नामक (अंग्रेजी) पुस्तकका लेखकले तिनको उद्देश्‍य “बिस्तारै बिस्तारै मानव विकासबारे सामान्य विवरण दिनु मात्रै हो; थुप्रै निष्कर्षहरू शंकास्पद छन्‌ किनभने तिनीहरू मुख्यतः केही पुराना दाँत, हड्डी र ढुंगाहरूमा आधारित छन्‌” भने। वास्तवमा, डार्विनकै सुरुको सिद्धान्तलाई समेत थुप्रैले स्वीकारेका छैनन्‌। रिचर्ड लिकि भन्छन्‌: “केही वर्षअघिसम्म हाम्रो विकासबारे डार्विनको सिद्धान्त मानवविज्ञानमा आधारित थियो तर आज यो झूटा साबित भएको छ।”

इलेन मोर्गनका अनुसार थुप्रै विकासवादीहरूले “तीस वर्षअघि थाह पाएका जवाफहरू पत्याउन छोडेका छन्‌।” अतः कुनै कुनै विकासवादी सिद्धान्तहरूको नामोनिसान नरहेकोमा छक्क मान्‍नु पर्दैन।

दुःखदायी परिणामहरू

केही अध्ययनहरूअनुसार भाले पशुहरूले जतिवटा पोथीहरूसित यौनसम्बन्ध राख्छन्‌, त्यो तिनीहरूको शारीरिक बनौटअनुसार फरक फरक हुन्छ। यहीलाई आधार मानेर कसै कसैले मानिसहरूको यौन बानी पनि वनमान्छेको जस्तो हुनुपर्छ भन्छन्‌ किनभने पुरुषहरू स्त्रीहरूभन्दा अलि ठूलो भएझैं भाले वनमान्छे पनि पोथीभन्दा अलिकति मात्र ठूलो हुन्छ। यसकारण वनमान्छेले जस्तै मान्छेले पनि थुप्रैसित यौनसम्बन्ध राख्न पाउनुपर्छ भनी कोही कोही तर्क गर्छन्‌। अनि नभन्दै थुप्रै मानिसहरूले त्यसै गर्छन्‌ पनि।

तर जुन कुरा वनमान्छेहरूको निम्ति ठीकै जस्तो देखिन्छ, त्यही कुरा मानिसहरूको निम्ति वित्यासपूर्ण भएको छ। यस्तो छाडापनको नतिजा टुटेको परिवार, गर्भपतन, रोगबिमार, मानसिक र भावनात्मक आघात, डाह, पारिवारिक हिंसा र अस्तव्यस्त वातावरणमा हुर्केका अलपत्र बच्चाहरू हुन्‌, जसले अन्ततः त्यही चक्र दोहऱ्‍याउँछन्‌। पशुको जस्तो स्वभाव ठीकै हुँदो हो त किन यस्तो पीडा?

विकासवादी विचारले मानव जीवनको पवित्रतामाथि पनि शंका गर्छ। परमेश्‍वर छैन र मानिसहरू पशुहरूभन्दा उच्च प्राणी मात्र हुन्‌ भनी ठान्छौं भने कुन आधारमा मानिसको जीवन पवित्र छ भन्‍न सकिन्छ र? सायद हाम्रो बौद्धिक क्षमता पो पवित्र हो कि? त्यस्तै हो भने मानव भिन्‍नता (अंग्रेजी) भन्‍ने पुस्तकमा उठाइएको प्रश्‍न सोध्नु अत्यन्तै उपयुक्‍त हुनेछ: “[विकासवादीहरूले भनेका कुराहरू] सबै हामीमा पूरा भए भन्दैमा मानिसहरूलाई कुकुर तथा बिरालोहरूभन्दा मूल्यवान्‌ जस्तो व्यवहार गर्नु उचित हो त?”

विकासवादी सोचाइका नयाँ धारणाहरू फैलिन थालेपछि यसले “नैतिक विचारलाई अवश्‍य प्रभाव पार्छ” भनी नैतिक पशु नामक (अंग्रेजी) पुस्तकले बताउँछ। तर यस्तो कठोर नैतिकताको आधार “प्राकृतिक छनौट” हो जसको आधारमा “बलिया तथा धूर्तहरूले कमजोर अनि अरूलाई पत्याउने निर्दोषहरूको फाइदा उठाउँछन्‌” भनी एच. जि. वेल्सले बताए।

उल्लेखनीय कुरा के हो भने, नैतिकतालाई खस्काइरहेका थुप्रै विकासवादी सिद्धान्तहरू बुद्धिजीविहरूको नयाँ पुस्तासम्म पुग्नअघि नै हराए। तर दुःखको कुरा, त्यस्ता सिद्धान्तहरूले पुऱ्‍याएको क्षति यथावत्‌ छन्‌।

सृष्टिलाई उपासना गर्ने या सृष्टिकर्तालाई?

विकासवादीहरूले जवाफको निम्ति सृष्टिकर्तालाई नहेरी सृष्टिको मुख ताक्छन्‌। अर्कोतर्फ बाइबलले हाम्रो नैतिक मूल्य मान्यता र जीवनको उद्देश्‍यको निम्ति साँचो परमेश्‍वरतर्फ ध्यानकेन्द्रित गर्न प्रोत्साहित गर्छ। गलत कामहरू नगर्न हामीले किन संघर्ष गर्नुपर्छ र मानिसहरू मात्रै मृत्युदेखि किन चिन्तित हुन्छन्‌ भनेर पनि बताउँछ। गलत काम गर्न सकसक लाग्नुको कारणबारे बाइबलले दिएको जवाफ मानिसको मन अनि हृदयमा गुञ्जिरहन्छ। ती चित्तबुझ्दा जवाफहरू विचार गर्न हामी तपाईंलाई आमन्त्रित गर्छौं।

[पृष्ठ ७-मा भएको चित्र]

मानिस र पशुबीच कत्तिको भिन्‍नता छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने